प्रथम परिवर्तन भर्चुअल टेक्वान्दो (आई.टि.एफ) राष्ट्रिय पुरूष/ महिला खुल्ला प्याट्रन प्रतियोगिता २०७७


प्रथम परिवर्तन भर्चुअल टेक्वान्दो (आई.टि.एफ) राष्ट्रिय पुरुष/महिला खुल्ला प्याट्रन प्रतियोगिता २०७७
कार्तिक २१ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is ITF-ROLPA.jpg


रोल्पा आई.टि.एफ. तेक्वान्दो संघले ‘प्रथम परिवर्तन भर्चुअल टेक्वान्दो आई.टि.एफ. राष्ट्रिय पुरुष/महिला खुल्ला प्याट्रन प्रतियोगिता २०७७’ आयोजना गरेको आज जारी प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ । कोरोना भाइरसले खेलकुद क्षेत्र पनि प्रभावित बनेको अवस्थामा यस प्रतियोगिताले खेलाडिहरुको क्षमता विकासमा थप सहयोग पुग्ने भएको छ ।
यस प्रतियोगिताको मुल आयोजक समिति तथा प्राविधिक उप समिति संयोजक विक्रम बाठा मगरले २०७७ साल पुष महिनाको ११ गतेदेखि १५ गतेसम्म पहेँलो बेल्ट र कालो बेल्ट तेस्रो दानका खेलाडिहरुले यस प्रतियोगितामा सहभागी हुन सक्ने उहाँले बताउनुभयो । यस प्रतियोगिताको प्रतियोगीले Rolpa ITF फेस बुकको म्यासेज बक्स वा [email protected] मा पठाउनका लागि उहाँले अनुरोध गर्नुभयो । यस प्रतियोगितामा पहेँलो बेल्टदेखि कालो बेल्टका तेस्रो दानसम्मका करीव १ हजारभन्दा बढि प्रतियोगीहरु प्रतियोगितामा सहभागी बन्ने आयोजकको अनुमान छ । यस प्रतियोगितामा पुरुष/महिला प्रथम १४ जना, पुरुष/महिला द्वीतिय १४ र पुरुष/महिला तृतिय २८ विजय प्रतियोगीहरुलाई आयोजकले उत्कृष्ट मेडल, प्रमाण पत्र र मायाको चिनो समेत व्यवस्था आयोजकले गरेको छ ।

यस प्रतियोगिता नेपालमा तेक्वान्दो खेललाई व्यवसायी तर्फ अगाडी बढाउने रोल्पा आई.टि.एफ तेक्वान्दो संघको आयोजित यो प्रतियोगिता नेपाली मार्सल आर्टसको क्षेत्रमा नै नौलो प्रतियोगिता हो । यस जिल्लाबाट सु–आरम्भ भएको यो प्रतियोगिताले नेपाली आई.टि.एफ. तेक्वान्दो खेललाई थप स्तरीय, उत्कृष्ट र विकासका लागि कोषेढुङ्गा साबित हुने कुरामा आयोजक विश्वष्ट भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

This image has an empty alt attribute; its file name is ITF-ROLPA.jpg

यस प्रतियोगिताले निश्चित् नेपाली मार्सल आर्टसको विकास र प्रर्वद्वनको लागि महत्वपूर्ण योग्दान पुग्ने प्रतियोगिताको संयोजक विक्रम बाठा मगरले बताउनुभयो । यो प्रतियोगिता आयोजनाको लागि नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघबाट अनुमति प्राप्त गरिसकेको उहाँले बताउनुभयो । विभिन्न निकायको आर्थिक सहयोग तथा प्रायोजन स्वरुप संकलित रकम रु ५ लाख रकम खर्च अनुमान गरेको जारी विज्ञप्तीमा आयोजकले सार्वजनिक गरेको छ । प्रतियोगितालाई व्यवस्थित रुपमा सञ्चालन र सम्पन्न गर्नका लागि संघका अध्यक्ष विक्रम बाठा मगरको संयोजकत्वमा मुल आयोजक समिति तथा प्राविधिक उप समिति संयोजक विक्रम बाठा मगर, आर्थिक उप समिति संयोजक कृष्णप्रसाद बाठा मगर, प्रचार प्रसार उप समिति संयोजक रमेश खड्कालाई जिम्मेवारी निर्धारण आयोजकले गरेको छ । प्रतियोगितालाई भव्य एवम् सफल्तापूर्वक सम्पन्नका लागि सम्पूर्ण सहयोगी निकायहरुबाट अमूल्य सहयोग र समर्थनको अपेक्षा जारी प्रेस विज्ञप्ती मार्फत आयोजकले अनुरोध गरेको छ । आयोजकले आफ्नो स्थापनादेखि विभिन्न प्रतियोगिता आयोजना गर्ने क्रममा विभिन्न राष्ट्रिय तथा प्रदेश स्तरको कार्यक्रमहरु र टेक्निकल सेमिनारहरु सफलताका साथ सम्पन्न गरिसकेको विज्ञप्तीमा जनाएको छ । कोरोना भाइरसको कारण महामारी फैलिरहेको बेला भाइरसको तीब्र संक्रमणबाट बच्न देशमा सम्पूर्ण शैक्षिक संघ संस्था, खेल सहित अन्य क्षेत्रहरु प्रभावित भएका छन् । यो जोखिमपूर्ण अवस्थामा खेलाडीहरुलाई मानसिक, सामाजिक, संवेगात्मक तथा शारिरीक रुपमा क्रियाशिल बनाई खेलकुदको माध्यमबाट आफ्नो जिल्ला, देश तथा राष्ट्रलाई चिनाउन उत्प्रेरित गर्ने उद्वेश्यले बढ्दो प्रविधिको युगलाई पछ्याउँदै आई.टि.एफ तेक्वान्दो भर्चुअल राष्ट्रिय प्याट्रन खुल्ला प्रतियोगिता चांैथो संस्करणसम्म महत्वपूर्ण सफलताका साथ सु–सम्पन्न गरिसकेको प्रतियोगिता संयोजक बाठा मगरले बताउनुभयो । पछिल्लो समय सबै खेलाडीहरु भाइरसको कारण घरमै बस्न बाध्य भएकोले सामन्य अभ्यासभन्दा अर्को विकल्प खेडालीहरुसँग नभएकोले बढ्दो प्रविधिको युगलाई पछ्याउँदै भर्चुअल प्रतियोगिता आयोजना गरेको आयोजकले बताएको छ । विश्व नै खेलकुदको व्यवसायिकतातर्फ लम्कि रहेको वर्तमान परिवेशमा नेपाली मार्सल आर्टस क्षेत्रमा पनि यसको तीव्र विकासको लागि नकार्न सकिदैन भन्ने तथ्य नेपालको मार्सल आर्टसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्राप्त गरेको सफलताले प्रमाणित गरेको आयोजकले विज्ञप्तीमा उल्लेख गरेको छ । नेपालमा मार्सल आर्टसको विकास र विस्तारको प्रचुर सम्भावना हुँदाहुँदै पनि व्यवसायिकतातर्फ भने अझै उन्मुख हुन नसकेको वास्तविकता हो । यस्ता प्रतियोगिताले नेपालको मार्सल आर्टसमा व्यवसायिकता, गुणस्तरीय र गुणात्मक विकास हुने आयोजक आयोजकले विश्व प्रेस विज्ञप्ती मार्फत व्यक्त गरेको छ ।

You may also like