सुनछहरी गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट जनहितमा विभिन्न निर्णयहरु पारित

सुनछहरी गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट जनहितमा विभिन्न निर्णयहरु पारित
१६ वैशाख, पोबाङ–रोल्पा


सुनछहरी गाउँपालिका रोल्पाको गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठक आज पोबाङमा सम्पन्न भएको छ । बैठकबाट जनहितमा विभिन्न निर्णयहरु पारित भएका छन् ।
उक्त बैठकबाट गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा रहेका क्वारेन्टाइनको व्यवस्थापनमा मितव्यपी नदेखिएको हुँदा छरिएर रहेका क्वारेन्टाइनहरुलाई एकीकृत रुपमा स्थपना गर्ने, स्थापना गरिएका क्वारेन्टाइनमा प्रोटकल अनुसार नियमित स्वास्थ्य परीक्षण गर्ने त्यहाँ हुने अवाञ्छित क्रियाकलाप रोक्नको लागि नजिकको प्रहरी प्रशाससँग समन्वय गर्ने, प्रत्येक वडामा रहेका महामारी व्यवस्थापनमा सम्पूर्ण वडा सदस्यहरु निष्क्रिय रहेको गुनासो सम्बन्धमा सम्पूर्ण वडाहरुमा समितिका सदस्यहरुलाई सक्रियताजो लागि अनुगमन गरि आवश्यक निर्देशन दिने, क्वारेन्टाइन व्यस्थापन अनुगनमको लागि यस गाउँपालिकाको उपाध्यक्ष पवित्रा घर्तीमगरको संयोजकत्वमा क्वारेन्टाइन व्यस्थापन अनुगमन समिति गठन गर्ने, यस समितिमा सान्तु कामी, मतिराम नेपाली, निर्मला पुन, खिम बहादुर बिष्ट जुनिस कुमार बिष्ट र रमेश गिरी सदस्य सचीव रहने गरी गठन गर्ने, महामारी नोबेल कोरोना भाइरस र यसको रोकथामको लागि संघीय सरकारबाट लागू भएको लक डाउनका कारण हुन सक्ने खाद्य संकटलाई समयमा नै उचित व्यवस्थापन गर्नको लागि गाउपालिका स्तरीय खाद्य बैंक स्थापना गर्ने, प्रत्येक वडामा रहेका व्यापारीसँग रहेको हाल खाद्यन्न मौज्दात अवस्थाको तथ्याङ्क संकलन गरि तत्काल गाउँपालिकामा पठाउने, गाउँपालिपका अन्तर्गत विभिन्न स्थानमा रहेका आगन्तुकहरुको तत्काल ¥यापिड परीक्षणको लागि जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला अस्पताल रोल्पालाई सहयोगको लागि अनुरोध गर्ने, कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने तत्काल स्वास्थ्य सामाग्री खरिद गर्न गाउपालिकालाई सिफारिस गर्ने, कोरोना भाइरसको कारण भारत तथा तेस्रो मुलुकबाट यस गाउँपालिकामा घर फर्किएकालाई दुई वा तीन ठाउँमा क्वारेन्टाइन स्थापनाको लागि गाउँपालिकाले सिफारिस गर्ने, यस गाउँपालिकाको ३ र ४ नं. निबासी अग्नी पीडित सपना बुढामगर र ४ का सेमशर घर्तीमगरलाई रु २०÷२० हजार रुपैया राहत दिने, क्वारेन्टाइन व्यवस्थापनको लागि तपशिल बमोजिमको स्वयंसेवक खताउने एउटा क्वारेन्टाइनमा ६ देखि १५ जनासम्मको लागि एक जना, १६–३० जन्नासम्मको लागि दुई जना र ३० भन्दामाथि ३ जना खताउने निर्णय भएको छ । यस बैठकमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन, वडाका अध्यक्षहरु, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) प्रतिनिधि झने घर्ती, नेपाली काँग्रेस पार्टी प्रतिनिधि रेगबहादुर पुन, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सभापति खिमबहादुर बिष्ट, पत्रकार जुनिश कुमार विष्ट सहित सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like