रोल्पामा बम विस्फोटनबाट ४ जना बालबालिकाको घटना स्थलमै मृत्यु

मानसिंह विश्वकर्मा
बैशाख १८ लिबाङ रोल्पा
रोल्पा रोल्पामा बम विस्फोट हुदाँ ४ बालबालिको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँ दिउसो ६ बजे तिर भएको बम विस्फोटबाट ४ जना बालबालिकाको मृत्यु भएको हो ।


बाख्रा बनतिरबाट घर लिदै गर्दा भएको विस्फोटनमा त्रिवेणी गाउँपालिका ७ मा भएको सो बम विस्फोटनमा परी त्रिवेणी ७ का गैरीगाउँका ५ वर्षिय विजय केसी, ११ वर्षिय बिमला केसी, १३ वर्षिय गौरव नेपाली र १४ वर्षिय नोखिराम डाँगीको घटना स्थलमै मृत्यु भएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले बताउनुभयो । उहाँले बाख्राको गोठालोबाट फर्किदै गर्दा एक्कासी बम बिस्फोटनको आवाज आएको त्यस पनि स्थानीयले हेर्न जादाँ ४ जनाको घटना स्थलमै मृत्यु भएको बताउनुभयो । सो घटना बम हो भनिएपनि विस्फोट नभएको बाँकी रहेको स्थानमा एकासी एम.एम.मोटरको रहेको यस घटनाबारे के हो भन्ने बारे अझै निष्कर्षमा पुगि नसकिएको बताउनुभाये ।


यस विषयमा प्रहरी कार्यालय रोल्पाका प्रहरी चित्रबहादुर गुरुङले घटना भएको थाहाँ पाउँदा वित्तिकै नुवागाउँबाट प्रहरी तत्काल पुगेको घटना स्थललाई सुरक्षा गरीरहेको बताउनुभयो । सो अब घटनामा नेपाली नेपालीको टोली पुगेर बम विस्फोटन गर्ने समेत बताउनुभयो ।
यस विषयमा प्रमुख जिल्ला अधिकारीले घटनाथाहा पाउँदा वित्तिकै तत्काल नेपाली सेनाको टिम पठाई सकिएको बताउनुभयो । साथै घटना कसरी भएके भन्ने विषयमा अनुसन्धान सुरक्षा निकायले गरि रहेको बताउनुभो ।
सो स्थान पहिलो जनयुद्धकालमा लडाई भएको स्थान भएपनि सो बम तथा विस्फोटक पदार्थ नयाँ हो कि पुरानो भन्ने विषयमा अझै एकिन हुन सकेको छैन । ति बालबालिकाहरुलाई अmझै सब उठाई सकिएको छैन ।

You may also like