कोरोना विरुद्धको लडाईमा गाउँपालिकालाई सहयोग गरेकोमा अध्यक्ष वलीले धन्यवाद दिए

रोल्पा समाचारदाता
बैशाख १६ जुगार, रोल्पा


विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्नका लागि त्रिवेणी गाउँपालिकाले संघीय सरकारको निर्णयलाई कडाईका साथ पालना गर्दाै अनिवार्य क्वारेन्टाईनमा राखेको छ । तिनै नागरिकलाई खान एवं वस्नका लागि सहयोगका लागि विभिन्न सहयोगी निकायले त्रिवेणी गाउँपालिकालाई प्रदान गरेकोमा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले सबै सहयोगी निकायलाई धन्यवाद व्यक्त गर्नुभएको हा ।


त्रिवेणी गाउँपालिकाले नेपालका विभिन्न स्थान र भारतबाट आएकाहरुलाई पनि प्रत्येक वडा कार्यालयको सहजीकरण एवं व्यवस्थापनमा अनिवार्य सामुदायिक क्वारेन्टाइनमा राखेको छ । तिनै नागरिकलाई खान र बस्नको लागि गाउँपालिकाले एकद्वार प्रणाली मार्फत सहयोग गरिरहेको छ । त्रिवेणी गाउँपालिकाले मार्फत सहयोग निकायहरुलाई गरेको आह्वानमा घोराही सिमेन्ट प्रा.ली. घोराहीबाट २२ क्वीटल चालम, रोल्पा सिमेन्ट प्रा.ली. बुढागाउँ रोल्पाबाट नगद रु १ लाख, निरङ्कारी मन्डल जुगारबाट ४५ हजार ५ सय नगद रुपैया प्रदान गरिएको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले चालेको कोरोना विरुद्धको अभियानमा विभिन्न सामाजिक संघ संस्था, उद्योग, सामुदायिक बन समूह, क्लव तथा समूह, आमा समूहहरुले पनि चामल, दाल, साबुन, मास्क, वितरण गरी सहयोग गरेकोमा गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि सहयोग गरेर अगाडि बढ्नका लागि सबैलाई आह्वान गर्नुभएको छ । साथै गाउँपालिले चालेको सकरात्मक कदमप्रति समर्थन र सुधार गर्नुेपर्ने विषयमा रचात्मक सल्लाह समेत दिनका लागि अनुरोध गर्नुभएको छ ।

You may also like