नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको जिल्ला समन्वय समितिकाे अध्यक्षमा डाँगी लिबाङ इकाईको अध्यक्षमा पुन निर्वाचित


समाचारदाता


लिबाङ, रोल्पा भाद्र १५ गते, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति लिबाङ, रोल्पाका पाँचौं साधारण सभा तथा चौथो अधिवेशन शुक्रबार लिबाङमा सम्पन्न भएको छ । अधिवेशनले होमबहादुर पुनमगरको अध्यक्षतामा नै पुन नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन लिबाङ इकाई समिति निर्वाचित गरेको छ । यस्तै अर्जन डाँगीको अध्यक्षतामा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको जिल्ला समन्वय तदर्थ समिति समेत गठन गरेको छ ।
शुक्रबार सम्पन्न अधिवेशनले नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको जिल्ला समन्वय समिति रोल्पाको अध्यक्षमा अर्जुन डाँगी निर्वाचित हुनुभएको छ । यसैगरी समितिको उपाध्यक्षमा भक्ति पिएम, सचिवमा यमप्रकाश बुढामगर, कोषाध्यक्षमा ऋषिराम पोख्रेल, सदस्यहरुमा मञ्जु आचार्य, अमराज वली, नरेन्द्र बुढामगर, शनिदेवल बुढामगर रहनुएको छ ।
यस्तै गरी नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको इकाई समिति रोल्पाको अध्यक्षमा पुन होमबहादुर पनुमगर नै निर्वाचिन हुनुभएको छ । इकाई समितिको उपाध्यक्षमा लिलाधर आचार्य, सचिवमा दिनेश आचार्य, सहसचिवमा बेगम बुढामगर, कोषाध्यक्षमा हिमाल डाँगी सहकोषाध्यक्ष रिता घर्ती रहनुभएको छ भने सदस्यहरुमा यामबहादुर गुरुङ, कालुराम डाँगी र सुकलाल घर्ती रहनुभएको छ ।


पाँचौ साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा सँस्थापक कोषाध्यक्ष इन्द्रबहादुर खत्री र बहुबृद्ध लेखापढी व्यावसायी दिवाकर आचार्यलाई सम्मान गरिएको छ ।
अधिवेशनको उदघाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन लुम्बिनी प्रदेशका कार्यवाहक संयोजक अर्जुनबहादुर क्षेत्रीले लेखापढी कानून व्यवसायीको हकहितका लागि संस्थाले नेतृत्वदायी भूमिका खेलिरहेको बताउँदै आगामी दिनमा पनि आफ्नो सँस्थालाई बलियो बनाउनु पर्ने बताउनुभयो । उहाँले कानून व्यवसायीहरुले आफ्नो पेशालाई बलियो जनताको सेव ागर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश का.वा.अध्यक्ष अर्जुन बहादुर क्षेत्री, केन्द्रीय सदस्य टंकमनी पाण्डे, प्रचार प्रशार विभागका संयोजक नेबबहादुर वली, सँस्थापक अध्यक्ष गोविन्द आचार्य, प्रदेश समिति सदस्य श्रीकुमारी रोका, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, सँस्थापक अध्यक्ष काशीराम डाँगी, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन घर्तीगाउँ इकाई समितिका अध्यक्ष गगन रोका लगायतको आतिथ्यता रहेको थियो ।

एसोसियसनको लिबाङ इकाई समितिका अध्यक्ष होमबहादुर पुनको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष लिलाधर आचार्यले स्वागत गर्नुभएको थियो । सचिव दिनेश आचार्यको सञ्चालन रहेको कार्यक्रमका सन्दर्भमा संस्थाका संस्थापक कोषाध्यक्ष इन्द्रबहादुर खत्रीलाई सम्मान गरिएको थियो ।

You may also like