सुनिल स्मृति गाउँपालिकाको प्रकोप कोषमा आर्थिक तथा भौतिक सामाग्रीको सहयोग संकलन तीव्रता पाउँदै

सुनिल स्मृति गाउँपालिकाको प्रकोप कोषमा आर्थिक तथा भौतिक सामाग्रीको सहयोग संकलन तीव्रता पाउँदै
१२ वैशाख, लिबाङ–रोल्पा


सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक तथा भौतिक सामाग्रीहरु जम्मा हुने क्रमले तीव्रता पाएको छ । यस सहयोगले गाउँपालिकालाई प्रकोप व्यवस्थापनमा सहज बन्ने भएको छ ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले प्रकोप व्यवस्थापन कोषमा आर्थिक तथा आर्थिक सामाग्री ग्रहण गर्दै भन्नुभयो,‘ नोबेल कोरोना भाइरस (कोभिड–१९)को विपतको घडिमा सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक तथा भौतिक सामाग्री सहयोग गरि दिनुभएको उर्जा प्रति गाउँपालिको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछ ।’ उहाँले आगामी दिनमा पनि प्रकोप व्यवस्थापन कोषमा आर्थिक तथा भौतिक सामाग्री सहयोगको लागि अनुरोध गर्नुभयो ।
यस गाउँपालिका–३ नं. वडा रुइनिबाङ अवस्थित न्यू योगेन्द्र एण्ड सुरेन्द्र किराना पसलका प्रोप्राइटर तथा रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका कोषाध्यक्ष निम बहादुर थापाबाट पर्मल चामल ३० के.जी.को १७ बोरा, मसुरो दाल २५ के.जी.को १ बोरा र आयोडिन नुन ५० के.जी.को १ बोरा गरि रु २७ हजार ८ सय ३५ बराबरको सामाग्री गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतलााई हस्तान्तरण गर्नुभएको छ ।
त्यसैगरि वुधबार बसेको स्थानीय युवा क्लव, बैंक, वित्तिय संस्था तथा सहकारीहरुसँगको बैठकबाट सृजनशिल युवा क्लव महेन्द्री रोल्पाका अध्यक्ष गेहराज घर्तीबाट क्लवको तर्फबाट रु १० हजार, सुनछहरी ड्राइभिङ सेन्टरका प्रोप्राइटर शंकर विष्टबाट रु ५ हजार ५ सय रकम गाउँपालिका अध्यक्ष घर्तीलाई हस्तान्तरण गर्नुभएको छ भने जनएकता बचत तथा ऋण सहकारी संस्था लि. सुलिचौर रोल्पाका अध्यक्ष कर्ण बहादुर गिरी (आकाश)ले संस्थागत रु १० हजार, सुलिचौर व्याटमिन्टन क्लवका अध्यक्ष साजन थापाले क्लवको तर्फबाट रु १० हजार, सुनछहरी छापाखाना गृहका प्रोप्राइटर दिपेश विष्टबाट रु ५ हजार र यूनाइटेट मिझिङ यूवा क्लवका अध्यक्ष धिरज घर्तीले क्लवका तर्फबाट रु ५ हजार कोष जम्मा गर्ने प्रतिवद्धता जनाउनुभएको छ भने अन्य क्लवहरुले क्लवको पदाधिकारी बैठक वसि कोषमा जम्मा गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like