नीजि शिक्षक हटाउनदेखि कक्षा ११ र १२ अध्ययनरत किशोरीहरुलाई निःशूल्क पढाउने

नीजि शिक्षक हटाउनदेखि कक्षा ११ र १२ अध्ययनरत किशोरीहरुलाई निःशूल्क पढाउने
असार १५ गते,
लिबाङ–रोल्पा


सुनिलस्मृति गाउँपालिकाको सुलिचौर रोल्पाले आगामी आर्थिक वर्ष २०७७÷२०७८को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयतर्फको निजि शिक्षक हटाउने सँगसँगै किशोरीहरुलाई कक्षा ११ र १२ सम्म निःशुलक अध्ययनको व्यवस्था गरेको छ ।
यस गाउँपालिकामा रहेका ४२ सामुदायिक विद्यालयहरुमा कार्यरत ५६ जना नीजि शिक्षकहरुको पुनः परीक्षा लिई गाउँपालिका शिक्षकमा परिणत गर्ने गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । उहाँको अनुसार नीजी शिक्षकहरुलाई तलवको लागि रु १ करोड बजेट समेत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विनियोजन भएको बताउनुभयो । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको आवश्यकता पहिचानका लागि गाउँ शिक्षा समितिको असार ३ गते बसेको बैठकबाट सामुदायिक विद्यालयहरुमा कार्यरत नीजि शिक्षक व्यवस्थापनको लागि वास्तविकता अध्ययन गरि श्रावण मसान्तसम्म प्रतिवेदन पेश गर्न सामाजिक विकास समिति संयोजक नमराज थापाको संयोजकत्वमा ५ सदस्य कार्यदल समेत गठन गरिएको शिक्षा शाखा प्रमुख यादव के.सीले जानकारी गराउनुभयो । कक्षा १२ सम्मको शिक्षालाई अनिवार्य शिक्षा भन्ने मुल नारा लिएको सुनिलस्मृति गाउँपालिकाले यसै आगामी आर्थिक वर्षदेखि कक्षा ११ र १२ मा गाउँपालिकाभित्र अध्यनरत किशोरीहरुलाई उपाध्यक्ष छात्रवृति कार्यक्रम ल्याइएको अध्यक्ष घर्तीले बताउनुभयो । कक्षा ११ र १२ मा अध्ययन गर्ने किशोरीलाई निःशूल्क अध्ययन गर्नका लागि यो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । गाउँपालिकाले यसको छिट्टै कार्य विधि तयार गरि आगामी आर्थिक वर्षमा अध्ययन गर्ने किशोरीहरुलाई निःशूल्क पढ्ने वातावरण तयार गर्नका लागि प्रकृयागत रुपमा अगाडि बढेको उहाँले भन्नुभयो । गाउँपालिकाको सानो सहयोगले पनि कसैले माध्यामिक शिक्षा पुरा गर्न सक्छ भने यसका लागि किन हामि अगाडि नवढ्ने घर्तीले बताउनुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like