जि.प्र.का. रोल्पा प्रमुखलाई विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

जि.प्र.का. रोल्पा प्रमुखलाई विदाई तथा स्वागत कार्यक्रम सम्पन्न
भाद्र २४ गते ।

जिल्ला प्रहरी कार्यालय रोल्पा, कार्यालय प्रमुखको विदाई तथा स्वागत कार्यक्रम मंगलबार लिबाङमा सम्पन्न भएको छ ।
यस कार्यालयबाट सरुवा भई जानु भएका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक चित्र बहादुर गुरूङलाई बिदाई गरिएको हो भने सरुवा भई कार्यालय प्रमुखको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीलाई स्वागत कार्यालयले गरेको हो । दुबै जनाको प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको निर्णयानुसार गत भदौ १५ गते एकैसाथ सरुवा भएको थियो । जसनुसार सरुवा भई जानुभएका प्रहरी प्रमुख गुरुंङको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवन सरुवा भएको छ भने नया आउनु भएका प्रहरी प्रमुख सुबेदी प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय काठमाण्डौंबाट यस कार्यालयमा सरुवा भएको हो । सो अवसरमा १ वर्षे कार्यकाल पूरा गरी विदाई हुनु भएका प्रहरी प्रमुख गुरूङले आफु रहँदासम्म सबै तह तप्काबाट राम्रो सहयोग र सहकार्य गर्ने अबसर मिलेका कारण आफ्नो कार्यकाल सफल रहेको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
त्यस्तै, नव आगन्तुक प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले प्रहरी संगठन नयाँ सोच र पद्वतिबाट अगाडि बढ्ने बताउनुभयो । उहाँले मातहत प्रहरी कर्मचारीहरूलाई अनुशाशित ढंगले कर्तव्य निष्ठ भएर काम गर्न समेत निर्देशन दिनुभएको छ ।

You may also like