रुन्टीगढी गाउँपालिकाले लागि शैक्षिक सुधारका लागि १३ बुदेँ प्रतिवद्धता पत्र

रोल्पा समाचार
भाद्र २२ गते


पश्चिम रोल्पाको रुन्टीगढी गाउँपालिकाको आयोजनामा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औँ राष्ट्रिय शिक्षा दिवस २०७६ को शिक्षा दिबशको अबसर पारेर बिबिध कार्यक्रमहरु सम्पन्न गरेको छ । औपचारीक कार्यक्रमसंगै शैक्षिक बहसको आयोजना गरेको गाउँपालिकाले १३ बुदेँ प्रतिबद्धता–पत्र समेत सार्बजनिक गरेको छ ।

गाउँपालिकाले अबका दिनमा शिक्षालाई पहिलो प्राथमिकता दिइ कुल बजेटको कम्तिमा २०% बजेट बिनियोजन गर्ने, बिद्यालय उमेरका सम्पुर्ण बालबालिकाहरुको शिक्षामा पहुचको सुनिश्चतता गरि टिकाइ राख्ने, शिक्षक कार्य सम्पादन सम्झौतालाई प्रभाबकारी कार्यान्वयन गर्ने, बिद्यालय सुधार योजनाका आधारमा बिद्यालय सहयोग र प्रभाबकारी अनुगमन गर्ने, बिषयगत सिकाइ सुधारका लागिशिक्षक बिषयगत समितिको गठन तथा परिचालन गर्ने, दण्डरहित शिक्षणका लागिशिक्षकहरुको क्षमताअभिबृद्धि कार्यक्रम संचालन गर्ने जस्ता बुदाहरुमा प्रतिबद्धता जनाएको छ ।


सेभ द चिल्ड्रेन र हुरेक रोल्पाको संयोजनमा सम्पन्न उक्त बहसमा सरोकारवालाले शैक्षिक सुधारका लागिसुझाब दिनुका साथै जिज्ञासा समेत राखेका थिए । साक्षरता दिबश समेतलाई जोडेर गाउँपालिका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा सम्पन्न औपचारीक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नबराज शर्मा, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, शिक्षक, बिद्यालय ब्यबस्थापन समिति पदाधिकारी, शिक्षामा सरोकार राख्ने स्थानीबासीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यष बालाराम बुढाले शैक्षिक सुधारमा लाग्ने प्रतिबद्धता ब्यक्तगर्दै शिक्षक, अभिभाबक र बिद्यार्थिहरु मिलेर शिक्षा सुधार गर्न सकिने बताउनुभयो । उहाँले शिक्षालाई सुधारपछि समाजका अन्य क्षेत्र सुधार हुने कुरामा पनि विश्वास व्यक्त गर्नुभयो । सो अबसरमा उत्कृष्ट बिद्यार्थी, शिक्षकहरु, पत्रकार, हरेक नेपाल, सेभ द चिल्डेनलाई पुरस्कृत साथै सम्मान गरिनुका साथै बक्तिृव कलामा बिजयीहरुलाई पुरस्कार तथा प्रमााण–पत्र दिईएको थियो ।

You may also like