जिल्ला कारागारका कैदीबन्दी, सुरक्षा निकाय र कर्मचारीहरुलाई कोरोना खोप

जिल्ला कारागारका कैदीबन्दी, सुरक्षा निकाय र कर्मचारीहरुलाई कोरोना खोप
माघ २१ गते ।

This image has an empty alt attribute; its file name is k1-1024x768.jpg


स्वास्थ्यको दृष्टिकोणले कारागार पनि उच्च जोखिम भएकाले जिल्ला कारागार रोल्पामा रहेका कैदी, सुरक्षा निकाय र कर्मचारीहरुलाई आज कोरोना भाइरसको खोप लगाएका छन् । कोरोना भाइरसको त्रास न्यूनिकरणमा सहयोग पुग्ने भएको छ ।
जिल्ला कारागारमा कैदीबन्दी जीवन बिताइरहेको समयमा संघीय सरकारले हामी कदैहरुको लागि कोरोना भाइरसको खोपको व्यवस्थाप्रति अर्जुन पुनले बताउनुभयो । हामी कैदीहरु कोरोना भाइरसको कारण त्रासपूर्ण वातावरणमा जीवन बिताउनुपर्ने बाध्यात्मक अवस्थामा खोप लगाएपछि भाइरसको त्रास कम हुने उहाँको भनाइ छ । खोप अभियानमा सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै पुनले खुसी व्यक्त गर्नुभयो । कारागारमा हालसम्म ९४ जना कैदी, ३० जना सुरक्षाकर्मी, ८ जना कर्मचारीहरुलाई कोरोना भाइरसको खोपको व्यवस्थाप भएको कार्यालय प्रमुख मनोज कुमार शैनीले बताउनुभयो । विश्वमा कोरोना भाइरसको जोखिम दैनिक बढ्दो क्रममा रहेको अवस्थामा खोप अभियानमा कारागारलाई पनि पहिलो प्राथमिकताले कार्य सम्पादनमा सहज बन्ने उहाँले बताउनुभयो । खोप कारागारका लागि प्रयाप्त भएकोले आगामी दिनमा भाइरसको त्रास न्यूनिकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ । यस अस्पतालबाट डाक्टर सहितको एक टोलिले कारागारमा आएर खोप प्रदान गरेको कार्यालय प्रमुख शैनीले जानकारी दिनुभयो ।

You may also like