“नेपालमा प्रशासनिक संघीयता आएको छैन ।” —जिल्ला समन्वय प्रमुख सीता आचार्य


समाचारदाता
भाद्र २२ गते लिबाङ


जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले ठूलो राजनीतिक परिवर्तनपछि नेपालमा राजनीतिक संघीयता आएपनि प्रशासनिक संघीयता नआएको बताउँदै यसले जनतामा सकरात्मक सन्देश दिन नसकेको बताउनुभयो । । उहाँले भन्नुभयोः–“नेपालमा राजनीतिक संघीयता आएको छ तर प्रशासनिक संघीयता आएको छैन । प्रशासनिक संघीयतामा सबैले जोड दिनु पर्दछ । होइन भने यसले राम्रो सन्देश जनतामा दिन सक्दैन । ”
यस्तो विचार समन्वय प्रमुख आचार्यले रोल्पा कर्मचारी मिलन केन्द्रको आयोजनामा भएको २० औ निजामति कर्मचारी सेवा दिबसको अबसरमा शुक्रबार लिबाङमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै बताउनुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सीता आचार्यले निजामति कर्मचारीहरु पनि देश विकासका लागि स्थायी शक्ति भएकोले सबै देश निर्माणका लागि लाग्नु पर्ने बताउनुभयो । आचार्यले हालसम्म प्रदेश निजामति कर्मचारी ऐन जारी नहुन पनि दुख पक्ष भएको बताउँदै प्रदेश निजामती ऐन आएमा मात्रै सफल हुने बताउनुभयो । उहाँले निजामति सेवा दिवसको अवसरमा सबैको कार्य क्षमतामा विकास र समृद्धिको कामना समेत गर्नुभयो ।


कार्यक्रममा बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी प्रमान्द घिमिरेले निजामति कर्मचारीहरु आफ्नो कतव्र्य निर्वाह गर्दा जनतालाई सेवा प्रदान गर्दा जनमैत्री भएर गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले कर्मचारीहरुको एकताले देश निर्माणमा ठूलो योगदान हुने समेत बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कर्मचारीहरुले आफ्नो जागिरे जीवन भन्दा पनि जनताको सेवालाई प्रदान गर्नका लागि सबै लाग्नका लागि अपिल गर्नुभयो ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, कर्मचारी मिलन केन्द्रका सल्लाहकार, पत्रकार लगायतको उपस्थिति रहेको थिया । निजामति सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र रोल्पा पुरस्कार २०८० बाट बाट रोल्पा इलाका प्रहरी खुंग्रीका प्रहरी निरीक्षक नारायण जिसि, रोल्पा अस्पताल लेखापाल मोतिराज न्यौपाने, सुनिल स्मृतिमा गाउँपालिका अधिकृत रनबिर बुढा सम्मानित हुनु भएको छ ।


दिबसको अबसरमा आयोजित डबल व्याडमिन्टनमा रबिन खड्का र भिषण डाँगी, द्वितीय भविन्द थापा र ओम प्रकास थापा, तृतिय तर्फ सुमन आचार्य, नरसिंह बुढा, हिमाल थापा, टेकबहादुर थापालाई प्रमाण—पत्र र मेडलबाट सम्मानित गरिएको थियो ।
यसैगरी महिला कर्मचारी चारिका लागि कुर्सी खेलमा रोल्पा जिल्ला अदालतका शारदा खड्का प्रथम, भेटनरि एबम् पशु बिज्ञ केन्द्रका आकृति वली द्वितीय, तृतीय घरेलु तथा साना उद्योग कार्यलय रोल्पाका मिरा रोकालाई प्रमाण—पत्र प्रदान गरिए छ ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नबिन लोचन मगरले समेत शुभकामना व्यक्त गर्नुभएको थियो । दिवसको अवसरमा राजनीतिक दल, कर्मचारी, पत्रकार लगायत उद्योग व्यावसायीहरुको सामूहिक मैत्रीपूर्ण फूटवल, हाजिरी जवाफ प्रतियोगिता लगायतको कार्यक्रम समेत सम्पन्न गरिएको थियो । रोल्पा कर्मचारी मिलन केन्द्र रोल्पाका अध्यक्ष भेषराज भुसालको अध्यक्षतामा भएको थियो । सञ्चालन सचिब शिबराज पोख्रेल गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष इन्दिरा आचार्यले स्वागत गर्नु भएको थियो ।

You may also like