लुंग्री ४ मा वडाचौरका आमाहरुलाई पौष्टिक आहार उत्पादन गर्ने सामाग्री प्रदान

खुमबहादुर वि‍श्वकर्मा
जेठ २८ लिवाङ रोल्पा

This image has an empty alt attribute; its file name is lungri-1024x485.jpg


लुङ्ग्री गाउँपालिका बडाचौर रोल्पाको बहुक्षेत्रीय पोषण योजना कार्यक्रम तर्फ बार्षिक ०७७/०७८ को स्वीकृत कार्यक्रम अनुसार कृषि शाखाबाट सुनौलो हजारौं दिने भित्र पर्ने ३० जना आमाहरुलाई पौष्टिक आहार उत्पादनका लागि कृषि सामाग्री वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको सहजीकरणमा शुक्रबार वितरण गरिएको हो ।
नबजात शिशुहरूलाई आमाको दूधबाट ताजा तरकारीबाट पाइने हुदाँ र बीउबिजन, हजारी, स्प्रे टंकी, जैविक बिषादी युक्त सामाग्रीहरू प्रदान गरिएको हो । लुङ्ग्री गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शिबप्रसाद के.सि.को विशेष उपस्थितिमा कोरोना भाइरस कोरोना भाइरसको विषम परिस्थितिमा स्वास्थ्यको मापदण्ड अपनाई सुनौला हजार दिनका आमा हरुलाई विभिन्न सामग्रीहरु बितरण गर्नुभएको छ ।
वडा कार्यालयमा गरिएको कार्यक्रममा सबै अनुशासित पूर्वक सामाग्री ग्रहण गरिएको थियो । वडा अध्यक्ष शिवराम केसीले जीवनलाई स्वस्थ्य राख्नका लागि प्रदान गरिएको सामानबाट उत्पादन बढाएर खानपानमा ध्यान दिनका लागि अनुरोध गर्नुभएको थियो । केसीले गर्भवती महिलाले पनि हरियो सागपात खाने वेलामा सफा पानीले पखाली खानका लागि अनुरोध गर्नुभयो ।
ताजा तरकारी उत्पादनका लागि सामग्री पाएपछि स्थानीयबासीहरु खुशी व्यक्त गर्दै आगामी दिनमा पनि त्यस्तै सेवा प्रदान गर्नका लागि अनुरोध गर्नुभयो ।

You may also like