नेपाल रेडक्रस सोसाइटी पोबाङ उपशाखा रोल्पाद्वारा क्वारेन्टाइनमा कोरोना भाइरसबाट बच्न अभिमुखिकरण

नेपाल रेडक्रस सोसाइटी पोबाङ उपशाखा रोल्पाद्वारा क्वारेन्टाइनमा कोरोना भाइरसबाट बच्न अभिमुखिकरण
२ वैशाख, पोबाङ–रोल्पा ।


नेपाल रेडक्रस सोसाइटी पोबाङ उपशाखा सुनछहरी रोल्पाले सुनछहरी गाउँपालिका भित्र क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुसँग भेटघाट गरेको छ । उपशाखाले ति व्यक्तिहरुलाई नोबेल कोरोना भाइरस (कोभिड–१९) बच्न थप ज्ञान अभिवृद्धि भएको छ ।
यस उपशाखाले ति व्यक्तिहरुलाई यस भाइरसबट बच्न व्यक्तिगत सरसफाइ, परामर्श तथा सरसफाइ सम्बन्धि सामाग्री समेत वितरण गरेको थियो । सुनछहरी गाउँपालिका–६ फगामको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा १३ जना, सुनछहरी गाउँपालिका–६ फगामको धुङसीको प्राथमिक विद्यालयको क्वारेन्टाइनमा ४ जना, सुनछहरी गाउपालिका–५ जैमाकसलाको नारबाङको क्वारेन्टाइनमा ९ जना र सुनछहरी गाउपालिका– ७ जेलबाङको रुलबाङमा क्वारेन्टाइनमा ४ जनालाई भेटेर व्यक्तिगत सरसफाइ सम्बन्धि सल्लाह सुझाव र परामर्श गरिएको हो । साथै व्यक्तिगत सरसफाइका लागि आवश्यक पर्ने सामाग्री पनि वितरण गरिएको छ । यस उपशाखा पोबाङले आफु पनि सुरक्षित बसौं समुदाय पनि सुरक्षित राख्न यो विषम परिस्थितिमा उल्लेखनीय कार्य गरेको सुनछहरी गाउपालिका–६ नं. वडा अध्यक्ष अमरजित पुनले बताउनु भयो । यस उपशाखाका सभापति खिमबहादुर विष्ट, सचिव चित्रबहादुर झाँक्री, कोषाध्यक्ष रणबहादुर घर्तीमगर, सहकोषाध्यक्ष धनलाल पुन, सदस्य जुनिश कुमार बिष्ट सहितको सहभागि टिमले कोरोना भाइरसबाट बच्न र बच्नाका लागि व्यक्तिगत सल्लाह सुझाव, परामर्श तथा सरसफाइ सामाग्री वितरण गरेको थियो । साथै भोलि यस गाउँपालिका– ४ नं. स्युरी र ३ नं. वडा बाहिर गामको क्वारेन्टाइनका राखिएकाहरुसँग भेटघाटको कार्य योजना उपशाखाले तय गरेको छ ।

You may also like