काठमाण्डौबाट जोखिम र अनिश्चितताकोे यात्रा गर्दै रोल्पाली मजदुरहरु

मानसिंह विश्वकर्मा
रोल्पा लिबाङ
बैशाख २


नेपाल सरकारको लकडाउनको निर्णय क्रशस लम्बिदै गर्दा उपत्यकाका विभिन्न इट्टा भट्टामा रहेका रोल्पाका श्रमिक तथा मजदुरहरु वाध्य भएर हिड्न थालेका छन् । लकडाउनको समय बढ्दै जादा काठमाण्डौँको इट्टाभत्तामा रहेका मजदुरहरुलाई खानाको समस्या भएपछि मर्नुभन्दा बौलानु बेस भनेर हिड्न थालेका हुन् ।
धेरै काठमाडौमा रहेका मजदुरहरुलाई चैत्र २५ गतेपछि जसरी पनि सरकारले रोल्पा पठाउँछ भन्ने मनसाय थियो । तर नेपालमा कोरोना संक्रमित बढ्दै जादाँ लकडाउन बैशाख ३ गतेसम्म थपेपछि वाध्य भएर हिडेर आउन थालेका छन् ।
रोल्पा रुन्टीगढी गाँउपालिका वडा नम्बर–७ का २७ जना आज होलेरी आईपुगेका छन् । भक्तपुरको सुँडालमा रहेको चारपाटे इट्टा उद्योगबाट ३१ जनाको समूह हिडेकोमा ४ जना भने दाङ झरेका थिए । २७ जना होलेरी नै पुगको छन् ।
सरकारले व्यवस्था गरेर रोल्पा पुगिएला भनेका मजदुरहरुको आशा पुरा हुन नसकेपछि तिनीहरु भक्तपुरबाट कलंकीसम्म पैदल हिँडेका थिए । त्यसपछि चितवनको रामनगरसम्म ट्रकमा गएका थिए । रामनगरदेखि नवलपुरको गैंडाकोटसम्म हिडेर पुगेका थिए ।
पश्चिम नवलपुरमा अलपत्र रुपमा रहेको मजदुरलाई गैंडाकोटमा हरियाली समूहले खाना खुवाएर रुपन्देहीको देवदह नगरपालिकासम्म पुराएको थियो । प्रदेश नं. ५ का आन्तरिक आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीको समनवयमा देवदह नगरपालिकाका प्रमुख हिरा के.सी., रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरको सहजीकरणमा रोल्पा पु¥याइएको हो । मन्त्री केसीले भन्नुभयोः–‘रोल्पाबाट विभिन्न स्थानमा गएका मजदुरलाई समस्या पर्न थालेको छ, धेरै रोल्पालीहरु अन्य स्थानमा पनि अलपत्र रहेका छन् । तिनीहरुलाई उद्दार गर्नु हामी सबैको कतव्र्य हो । मलाई देवदह नगरप्रमुखले खवर गर्नुभयो अनि मैले गाउँपालिका अध्यक्षलाई खवर गरे अनि समन्वयमा लगियो ।’
यस विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल ले कानूनमन्त्री ज्यूको समन्वयमा रोल्पा लिइएको जानकारी दिदै तिनीहरुको आर.वी.टी. टेष्टका लागि चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको टोली पठाई सकिएको बताउनुभयो ।
चैत्र २ गते विहान होलेरीमा आई पुगेको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले बताउनुभयो । उहाँले रोल्पामा आएका तिनै नागरिहरुलाई गाउँपालिकाले खाना र वस्नसहित गाउँपालिका कै वडा नं. ७ चिन्नेखर्क सामुदायिक वनको भवनमा राखिएको जानकारी गराउनुभयो । उहाँले अझै पनि आउने क्रमम जारी रहेको व्यवस्थापना गर्नका लागि तिवरुपमा लागि परेको बताउनुभो ।
यस्तै गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश पुनमगरले जिल्लाबाट आउने चिकित्सकहरुको टोली आज बास आउने र भोली आर.वि.टी, (¥यापिट डाइगोनिस टेष्ट गरिने बताउनुभयो ।
रोल्पामा जनशक्तिको अभावले भनेको बेलामा क्वारेनटाईनमा बसेकाहरुको स्वास्थ्य परिक्षण हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारीले पनि थोरै जनशक्तिका कारणमा पनि काम तिव्रतामा अगाडि बढाएको बताउनुभो । यस्तै अस्पतालका प्रमुख डा. धनमाया घर्तीमगरले प्राविधिक जनशक्तिको अभावका कारणले छिटो टेष्ट गर्न नसकिएको बताउनुभयो । गाउँपालिकाले अन्य व्यवस्थापन गरी राखिएको रुन्टीगढी गाँउपालिकाका पर्यटन फोकल पर्सन दीपक डाँगीले बतानुभयो ।
रोल्पा जिल्लाका लक डाउनको समय लम्बिदै जादाँ करिव १५ दिनको यात्रा तय गरेर भए पनि रोल्पाका लागि हिड्ने तयारीमा रहेका छन् । त्यसैले अब उपत्यका रहेका मजदुरलाई सरकारले आफ्नो स्थानमा पठाउने व्यवस्था गर्ने, खान बस्नको व्यवस्थापनमा सहयोग गर्ने सोच्नै पर्दछ कि ?

You may also like