माडी–६ कोर्चाबाङमा ४६ जना क्वारेनटाइनमा, अबस्था सामान्य

रोल्पा समचारदाता
कोर्चाबाङ, मिनाही
चैत्र २३ गते

ऊर्जा मन्त्री वर्षमान पुनमगर र माडीगाउँपालि एवं वडापालिका कोर्चाबाङको समन्वयमा काठमाण्डौँबाट माडी गाउँपालिका वडा नं. ६ का ४६ जना नागरिकहरुलाई गाउँपालिका र वडा कार्यालयको पहलमा श्री शिद्ध कैलास माध्यमिक विद्यालयको मिनाहीमा क्वारेनटाइनमा राखिएको छ । अझैसम्म उनीहरु सुरक्षित नै रहेका छन् ।
रोजगारको सिललामा काठमाण्डौमा गएका मजदुरहरुलाई ऊर्जामन्त्री वर्षमान पुनमगरको पहल र माडी गाउँपालिकाको पहल एवं वडा कार्यालयको व्यवस्थापनमा काठमाण्डौँदेखि कोर्चाबाङको मिनाहीसम्म चैत्र १९ गतेदेखि सो विद्यालयमा राखिएको छ । कोराना भाइरसको संक्रमणले महामारी लिइरहेको बेलामा संक्रमण रोक्नका लागि संघीय सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । लक डाउनको बेलामा काठमाण्डौँमा आपतमा रहेको बेलामा उद्धार गरिएको हो । ति मजदुरहरुलाई काठमाण्डौँबाट बुधबार मिनाहीमा लिएपछि मा.वि.को भवनमा राखिएको छ । एउटा कोठामा करिव ५देखि ७ जनाको संख्यामा राखेको छ । १९ गतेदेखिदेखि आजसम्म दैनिक तापक्रम लिने अन्य चेक जाँच गर्दा स्वास्थ्यमा सामान्य रहेको स्वास्थ्य चौकी प्रमुख अफिम घर्तीमगरलेबताउनुभयो ।


गाउँपालिका भित्र रहेका अन्य वडाका नागरिकलाई उद्धार गरी समन्धित वडामै लिने भने पनि लिने प्रयास भइरहेको बताउनुभयो । उहाँले गाउँपालिकाले खान र वस्नको व्यवस्था गरिरहेको बताउनुभयो । गाउँपालिकाभित्र सबैलाई सजग र सतर्क रहनका लागि अनुरोध गर्नुभयो ।


सो ८ जना बालवालिका र १२ जना पुरुष र अन्य महिलाहरु गरी जममा ४६ जना रहेका छन् । सो कोरोनटाइनमा रहेको माडी ६ कोर्चाबाङका वडा अध्यक्ष खर्कबहादुर पुनमगर प्रकासले बताउनुभयो । आफूले तिनीहरुलाई १४ दिनसम्म सोही विद्यालयमै राखिने तिनको दैनिकी अध्ययन गर्ने बताउनुभयो । यसैगरी कोर्चाबाङ स्वास्थ्य चौकीका इन्चार्ज अफिम घर्तीमगरले ति व्यक्तिहरुको दैनिक तापक्रम नाप्ने र निरन्तर स्वास्थ्य परिक्षण गरिरहेका छन् ।
आफूहरुलाई घर आउँदा घर जान मन लागेपनि सरकारको नीति पालना गरेको क्वारेन्ट टाइनमा बस्दै आएका एक व्यक्तिले बताउनुभयो । आफूहरु संक्रमित नभएको भएपछि आपूmहरुले पनि सरकारको नीति पालना गरेको र दिन विताउनका लागि डाम्लो, कुचो बनाउने काम गरेर बस्ने बताउनुभयो ।

You may also like