आज बाम गठबन्धनको लिबाङमा विशाल आमसभा

मानसिंह बिक
रोल्पा १ मंसिर लिबाङ
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्नका लागि बाम गठन्धनको चुनावी सभा आ रोल्पाको लिबाङमा हुने भएको छ ।
आज संयुक्त चुनाव प्रचार प्रसार एवं परिचालन समितिद्वारा आयोजना हुने कार्यक्रमलाई नेकपा माओवादीकेन्द्रका बरिष्ठ नेता एव कृष्णबहादुर महराले सम्वोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सदस्यका उमेद्वार दिपेन्द्र पुनमगर सिजलल जानकारी दिनुभयो ।
सो कार्यक्रममालाई प्रतिनिधिसभा सदस्यका उमेद्वार वर्षमान पुनमगर, महिला नेतृ एवं प्रतिनिधि सभाका समानुपातिक उमेद्वार जयपुरी घर्तीमगर, एमालेका पोलिट व्यूरो सदस्य गोकुल घर्तीमगर, प्रदेश सभा सदस्य १ का उमेद्वार कुलप्रसाद केसी ‘सोनाम’ प्रदेशसभका २ का उमेद्वार दिपेन्द्र पुनमगर ‘सिजल’, लगायतले सम्वोधन गर्ने संयुक्त बाम गठबन्धनका चुनाव परिचायलन समिति रोल्पाले बताएको छ ।

You may also like