शहीद परिवार, घाइते÷अपाङ्ग सम्मान तथा एकल महिला र पुरुषलाई प्रोत्साहन कार्यक्रम
फागुन २१ गते

रोल्पा, गंगादेव गाउँपालिकाद्वारा शहिद परिवार, घाइते, अपांगलाई सम्मान तथा एकल महिला र एकल पुरुषलाई प्रोत्साहन कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यक्रममा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले शहीदको उच्च सम्मान गर्नुपर्ने बताउनु भएको छ । उहाँले दश वर्षे जनयुद्व र जनाआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न सबै सचेत हुनु पर्ने बताउनु भएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेत, २ नं. वडा अध्यक्ष भुपाल दमाई, ३ नं. वडा अध्यक्ष जलेश कुमार के.सी, ४ नं. वडा अध्यक्ष राम बहादुर वली, ५ नं. वडा अध्यक्ष मान बहादुर डाँगी, कार्यपालिका सदस्यहरु धनमाली खड्का, लक्ष्मी बुढा, टीका बि.क, शाखा प्रमुखहरु भरत बस्नेत, पुष्पा पनेरु देवकोटा, प्रेम प्रकाश वली, रमेश डाँगी, सुशील वली, कमलराज पुन, रनमाया चौधरी, राजनीतिक दल, गाउँ सभा सदस्यहरु, भातृ सङगठनका प्रमुख तथा प्रतिनिधि लगायत सहिद परिवार, एकल महिला तथा पुरुषहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहिद परिवार, घाइते÷अपाङ्गलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यसैगरी एकल महिला तथा पुरुषलाई प्रोत्साहन पत्र र दोसल्ला ओढाएर प्रोत्साहित गरिएको छ । गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिका प्रेस संयोजक अशोक वली ‘पपरिवर्तन’ गर्नुभएको थियो भने स्वागत गाउँपालिका उपाध्यक्ष रीता घर्तीले गर्नुभएको थियो ।