कोरोना संक्रमण रोक्न सुरक्षामा ८० वर्षिय बृद्धदेखि महिलाहरु नाका चेकमा सक्रिय बन्दै

मानसिंह विश्वकर्मा
बैसाख ५ लिबाङ रोल्पा
विहानै अधेरीमै जब भालेको पहिलो डाका कानमा परेपछि उठेर गाउँको बारेमा सुरक्षा दिनका लुंग्री ५ का ८० वर्षीय मोहनसिंह विष्ट गाउँपालिकाको सिमाक्षेत्रमा दोमइको चेकपोष्टमा तैनाथ हुनुहन्छ । उहाँलाई आफू त अस्ताउँदाको सुर्य भइसकेको भएपनि उदाउँदा सुर्यहरुको लागि आफू दिभरीको तनतलापुर घाममै सुरक्षा गर्नुहुन्छ । विष्टले यो आफ्नो धर्मका लागि नै कारोना संक्रमण रोक्न गरिएको नेपाल सरकारको लक डाउनमा गाँपालिकामा कोरोणा नआवस् भनेर सुरक्षा दिएको बताउनुभयो ।

लामो सयम पञ्चायकालका बडाचौर गाउँ पञ्चायतको उपप्रधानपन्च बन्नु भएका मोहसिंह विष्ट पछिल्लो चरणमा राजनीतिमा त्यति चासो गाउँको समाज सेवामै लागेको बताउनुभयो । उहाँले आफ्नो जीवनकालसम्ममा यस्तो विश्वमै महामारी संकट पहिलो पटक सुनेको बताउँदै यसलाई सबैको सामूहिक प्रयासबाट मात्रै रोक्न सकिने बताउनुभयो । आफूले गाउँका नानी बाबुहरुको लागि यस्तो पहरा दिएको बताउँदै यो महामारीको संक्रमण रोक्न सकिएमा विश्वका मानिसले ठूलो युद्ध जित्ने भएकोले सबैको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो ।


उहाँहरुलाई लुग्री गाउँपालिकाले पनि जिम्मेवारी प्रदान गरेको छ । आफ्नो गाउँमा कसैलाई पनि छिर्न नदिन, अति आवश्यक काम परेपछि पासको माध्यमबाट आवतजात गर्न दिने व्यवस्था रहेको छ । त्यस गाउँपालिका प्रवेश गर्दा सबैलाई स्वास्थ्य परिक्षण गरेर मात्रै जान दिने व्यवस्था रहेको उहाँले बताउनुभयो । उहाँहरुको साथमा एक जना स्वास्थ्यकर्मीहरु रहेका हुन्छन् । गाउँपालिकामा अपरिचित मानिसको प्रवेशमा रोक नै लगाएको छ । उहाँकै सुरक्षामै रहेको बेलामा प्रदेश नं. ५ प्रदेश सभा सदस्य दिपेन्द्र पुनमगर अनुगमनमा जानुभएको थियो । उहाँले गाडी रोक्न सकेत गर्नुभयो अनि भन्नुभयो ः–‘पास छ कि नाई ? पास भएपछि मात्रै जान मिल्छ, के गर्ने हजुर जति ठूला भए पनि रोगले चिन्दैन, हाम्रो गाउँको सुरक्षाका लागि गरेका हौँ, कठिन न मान्नुहोला । माननीय ज्यू हुनुहुदो रहेछ देश र जिल्लाको लागि राम्रो काम गर्नुहोला ।”
८० वर्षिय बुवाको जोशिला कुरा सुनेर प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनमगरले भन्नुभयो–‘गाउँको सुरक्षाका लागि बृद्धहरुले पनि निकै सक्रिय छन्, यो त समुदायहरु नै आत्म अनुशासन नै हो, गाउँभरी नै सिल गरेर राखेरका छन्, यो राम्रो पक्ष हो, हरेक मानिस यसरी नै जागरुक भएमा त राम्रो हुन्छ ।’

यसरी गाउँमा बृद्ध, बृद्धाहरु पनि पनि आफ्नो सन्तनीहरुका लागि सुरक्षा पोष्टमा आफै बसिरहेका छन् ।

रोल्पा जिल्लाका आजकाल नाकाहरुमा आमा समूहका प्रतिनिधीहरुले पनि आफ्ना गाउँको बाटोहरुमा सबै काम छोडेर चेक गरिरहेका छन् । रोल्पा नगरपालिका लगायत रोल्पा जिल्लामा धेरै आमा समूहहरुले पनि यसरी नै काम गरिहेका छन् । रोल्पा नगरपालिका वडा नं. २ खाडबाङ सिमलबाङ स्वास्थ्य आमा समूहले पनि रोल्पाको सदरमुकाम प्रवेशको पश्चिम नाकामा पुरै सुरक्षा जाँच गरिरहेको छन् । आफ्नो बच्चाहरुसँगै आमा समूहका सदस्य सुनिता घर्तीमगर, बर्षा बुढामगरले आधा दिनको समयसम्म सडक सुरक्षा गर्दा पनि कुनै चिन्ता छैन । ति आमा समूहले आप्mनो गाउँमा कोरोना आउन नदिनु नै पहिलो प्रथामिकता भएको आमा समूहका सदस्य वर्षा बुढाले बताउनुभयो ।
यसरी आफ्नो गाउँलाई कोरोनाबाट सुरक्षित गर्न गरिएको नागरिकहरुको प्रयासलाई रोल्पाका जनप्रतिनिधी, प्रशासन, सुरक्षा निकाय एवं विभिन्न सरोकारवाला निकयले निकै प्रसंशनीय कामको रुपमा लिएका छन् । गाउँमा बालक, बृद्ध, बृद्धा, युवा, युवति, सबैको साझा लक्ष्य भनेको केरोना भाइरस आफ्नो गाउँमा आउन नदिनका लागि नै हो । रोल्पा जिल्लाका विभिन्न स्थानीयतहरुमा पनि निकै कडाईका साथ गाउँ सुरक्षा गरिएको छ । नागरिकहरुको सचेत पहलका साथ गरिएको अभियानले यो सिकाईको विषय हो । यस्तै विश्व भरीका जनताले अपनाइएको भए यस्तो महरामारीको रुप लिन पाउँदैन थियो । त्यसैले महामारीको सिकार बनेर जीवन गुमाउनु भन्दा आत्म अनुसासन नै पहिलो कुरा हो त्यसमा ध्यान दिनु पर्दछ ?

You may also like