कोरोनाको संकटमा प्रवासी सेवा समाज कतारद्वारा रोल्पा अस्पताललाई रु ५० हजार आर्थिक सहयोग

१४ गते, चत्रै
लिबाङ–रोल्पा


रोल्पा नगरपालिका–२ रेउघा रोल्पाका वैदेशिक रोजगारीको शिलसिलमा कतार पुगेका युवाहरुको गठन गरेको रेउघाली प्रवासी समाज कतारद्वारा आज रोल्पा अस्पताल रेउघा रोल्पालाई आर्थिक सहयोग स्वरुप रु ५० हजार रकम सहयोग गर्ने समाजले निर्णय गरेको छ । यस आर्थिक सहयोगले आर्थिक विपन्न भाइरस पीडित विरामीहरुको उपचारमा थप राहत पुग्ने भएको छ ।
रोल्पा अस्पताल रेउघा रोल्पाका प्रमुख डाक्टर धनमाया घर्तीले रेउघाली प्रवासी समाज कतारद्वारा रोल्पा अस्पताल रेउघा रोल्पालाई भाइरसबाट संक्रमित आर्थिक विपन्न व्यक्तिहरुको उपचारको लागि रु ५० हजार रकम जम्मा गर्ने निर्णय प्रति खुसि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘वैदेशिक रोजगारीमा रहेका रोल्पा नगरपालिका–२ रेउघा रोल्पा निबासीहरुद्वारा गठित रेउघाली प्रवासी समाज कतारबाट व्यक्तिगत खर्चबाट बचत गरी यस संकटको बेला रोल्पा अस्पताल रेउघा रोल्पालाई रु ५० हजार रकम जम्मा गर्ने निर्णयले राष्ट्रभक्ति, समाज सेवीको भावना प्रकट गर्दछ । यस निर्णयले कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरु आर्थिक अभावबाट उपचारमा भोग्नु पर्ने समस्या समाधानमा सहयोग पुग्नेछ । यस अस्पतालमा भाइरसको सम्भावित विरामीहरुलाई आइसोलेशनमा राखि उपचारको क्रममा उपचार सम्भव नभएको अवस्थामा बाहिर रिफर गर्दा उपचारका लागि आवश्यक पर्ने एम्बुलेसन सहित अन्य आधारभूत आवश्यकताहरु परिपूर्तिमा थप सहयोग पुग्ने छ । आगामी दिनमा यस सहयोगका लागि थप रकम जम्माका लागि यस्ता सहयोगी मनकारी मनहरु संघ संस्था र व्यक्तिहरुलाई म हार्दिक अपिल गर्दछु । भाइरसबाट बच्नको लागि आफ्नो आनीबानीमा विशेष ध्यान दिन समेत म हार्दिक अनुरोध गर्दछु ।’
त्यसैगरी छिमेकी विकसित राष्ट्र चीनकोे हुबेई प्रान्तको बुहानबाट फैलिएको कोरोना भाईरस (कोभिड १९) हालसम्म विश्वको विकसित र विकासन्मुख राष्ट्रहरुमा महामारीको रुप लिएको छ । रेउघाली प्रवासी समाज कतारको अध्यक्ष जितबहादुर परियारले भन्नुभयो,‘आर्थिक अभावको कारण कोरोना भाइसरको उपचारमा समस्याबाट उपचारमा आर्थिक अभावले आर्थिक विपन्न भएका व्यक्तिहरुले जीवन गुमाउनु पर्ने बाध्यत्मक अवस्था छ । समाजले त्यो समस्यालाई समाजले मध्येनजर गर्दै रोल्पा अस्पताल रेउघा रोल्पालाई ति व्यक्तिहरुको उपचारको लागि आर्थिक सहयोग स्वरुप रु ५० हजार रकम जम्मा गर्ने निर्णय गरेको हो । यो रकमले पक्कै पनि आर्थिक विपिन्न भाइरसबाट संक्रमित व्यक्तिहरुको उपचारमा थप सहयोग पुग्ने विश्वास समाजले गरेको छ ।’ ‘हालसम्म व्यक्तिगत आनीबानीमा ध्यान पु¥याउन नसक्दा नै कोरोना भाइरसले विश्वका शक्तिशालि राष्ट्रहरुलाई पनि निर्मुलिकरणमा कठीन भएको हुँदा विकासन्मुख राष्ट्रमा यो भाइरसले महामारीको रुप लियो भने त्योसको परिणाम कस्तो होला ? हामी कल्पना नै गर्न सक्दैनौं । त्यो भाइरसको महामारीबाट बच्नको निम्ति नेपाल सरकारले लागू गरेको लक डाउनलाई सबैले आ–आफ्नो ठाउँबाट कर्तव्य पूरा गर्नेपर्ने दायित्व हो । हामी सबैले आफ्नो आनीबानीमा विशेष ख्याल ग¥यौं भने पक्कै पनि यस भाइरसबाट सजिलै बच्न सक्छौं । त्यसैले यो भाइसरको भाइरसको महामारीबाट बच्नका लागि सम्पूर्ण नेपालीलाई आफ्नो आनीबानीमा विशेष ध्यान पु¥याउन उहाँले अनुरोध गर्नुभयो । समाज कतारमा हालसम्म १७ जना रेउघालीबासीहरु आवद्व रहेको समेत अध्यक्ष परियारले जानकारी दिनुभयो, जसमा सगार परियार, दिपेन्द्र सिह ठकुरी, खुमबहादुर थापा, जयबहादुर घर्तीमगर, कर्मसिङ सुनार, शेरबहादुर सुनार, बलबहादुर बि.क, तारा प्रसाद घर्तीमगर, सागर बुढामगर, प्रेम घर्तीमगर, सुन्दर बि.क, यामबहादुर बि.क, अर्विन बुढामगर, प्रशान्त कवर, बलबहादुर घर्तीमगर र दिपक बुढामगर उक्त समाजमा आवद्व भएको अध्यक्ष परियारले बताउनुभयो । यो आर्थिक सहयोगलाई प्रभावकारी कार्यन्वयनको लागि रोल्पा नगरपालिका–२ नं. वडा अध्यक्ष खिमबहादुर घर्तीमगर र रोल्पा अस्पताल रेउघा रोल्पाको प्रमुख डाक्टर धनमाया घर्तीमगरको संयुक्त बैंक खाता सञ्चालन गरेको रोल्पा अस्पताल रेउघा रोल्पाको सिनियर अहेब एवं समाज सेवी कुलबहादुर डाँगीले बताउनुभयो । आर्थिक सहयोग संकलनको लागि विभिन्न सरोकारवाला निकायहरुको व्यापक छलफलबाट यो अवधारणा लिएको उहाँले जानकारी दिनुभयो ।

भाइरसको संकटको बेला हामी सबैले आ–आफ्नो आनीबानीलाई विशेष ध्यान पु¥यौं भने पक्कै पनि यस भाइरसबाट सहजै बच्न सक्छौं । त्यसैले हामीले सबैले आनीबानीसँगै सरकारले सुरुवात गरेको लक डाउनलाई पनि प्रभावकारी कार्यन्वयन गर्नुपर्ने हामी सबैको कर्तव्य र दायित्व हो । यस प्रति सरकार सरकारले गर्नुपर्ने व्यवस्थामा पनि विशेष ध्यान पर्छ ।

You may also like