लक डाउनकाे बेला उपभाेक्तालाई माक्सकाे समस्या

१३ गते चत्रै
लिबाङ, रोल्पा


कोरोना भाइरसको संक्रमित शुन्यतामा पु¥याउने उद्वेश्य सहित संघीय सरकारले लक डाउन लागू गरेको अवस्थामा लिबाङ बजार सहित अन्य ठाउँमा माक्सको माग बढेको छ । तर, उपभोक्ताहरुले खोजेको समयमा माक्स सहज उपलब्ध छैन ।
लक डाउनको बेला पसलहरु बन्द हुँदा उपभोक्ताहरुलाई आवश्यकता हुँदा सहज माक्स पाउने अवस्था छैन । धेरै पसलहरुमा भएका माक्सहरु विक्रि भैइैसकेका छन् । भने पसल बन्द हुँदा पसल व्यवसायीहरुसँग उपभोक्ताहरुको सम्पर्क नहुँदा पसलमा भएका माक्स उपलब्धमा उपभाेक्ताहरूलाई माक्स उलब्धमा समस्या भएको छ । माक्सको माग बढेपछि उपभोक्ताहरुको समस्यालाई माध्येनजर गर्दै सिलाई कटाई व्यवासीहरुले माक्स निर्माणमा ध्यान दिएका छन् ।

सोही क्रममा वन्दकै समयमा ३ सयभन्दा बढी माक्स निर्माण गरेको रोल्पा नगरपालिका–२ पाकिस्तान टोलमा सञ्चालित सिलाई कटाई व्यवसायी एवं नगरपालिका कार्यपालिका सदस्य राजेन्द्र परियारले बताउनुभयो । माक्सको धेरै माग छ । तर, आवश्यकता अनुसार माग पूर्ति हुन सकेको छैन । आगामी दिनमा माक्स निर्माणमा नहुने हो भने उपभोक्ताहरुलाई माक्सको समस्या नहोला भन्न सकिदैन उहाँले बतउनुभयो । प्रति माक्स रु ३० मूल्यमा माक्स विक्रि गर्दै आएको व्यवस्थापक परियारले जानकारी दिनुभयो । माक्स निर्माणका लागि आवश्यक पर्ने इलाष्टिकको अभाव भएको हुँदा माक्स निर्माणमा समस्या भएको उहाँले बताउनुभयो । यसरी नै अन्य सिलाई कटाई व्यवसायीहरुले पनि माक्स निर्माणमा ध्यान दिएका छन् ।

You may also like