पछिल्लो चरणमा नेपालका घटना परिघटना

This image has an empty alt attribute; its file name is dana-kc-12.jpg


दाना केसी
रोल्पा
२०७८ असार ३०
नेपाल र नेपाली जनताले पछिल्लो समयमा नेपाली माटो र नेपाली जनताको जीवन परिवर्तनकालागि ठूलो बलिदान गरेकाछन् । यो विषयमा हामी जिबीतै छौ, ऐना झै छर्लङ्ग छ । नेपाली जनताका छोरा–छोरीले रगतको खोलो बगाएर आफ्नो जीवनको आहुती दिए । यसरी बलिदानी स्वारुपको जनयुद्ध भएको पनि धेरै भएको छैन । यो विषयमा वर्णनै गर्न खोज्ने हो भने रामायण हुन्छ । यसरी प्रसंगबस भन्नै पर्दा यो बलिदानी क्षेत्रबाट पनि जनताको प्रतिनिधी भएर दुइ चारजना सत्ता सञ्चालनमा जाँदा जनताले जुन आसा र अपेक्षा गरेका थिए त्यो पूर्ण हुन नसक्नु दुःखद हो, त्यो भन्दा पनि अझ ठूलो भुल त पार्टी फुटेर टुक्रा–टुक्रा हुनु महा दुःखद हो । यो कुरा नेलालका राष्ट्रवादीहरुले समय मै बुझ्नु पर्ने विषय हो । यसै प्रसंगमा नेपालको वर्तमान परिप्रेक्षमा भए गरेका घटना–परिघटनाकावारेमा समिक्षा गरौं ।
सत्य कुरा तितो भए पनि यथार्थ हुन्छ । पछिल्लो चरणमा राजनैतिक कुरा गर्ने हो भने पार्टी एकता र फेरी फुट, प्रतिनिधीसभा विघटन फेरी स्थापना यसमै हाम्रा नाइकेहरुले मजा लिईरहेको देखिन्छ । जनप्रतिनिधीलाई जनता चाहिने भनेको चुनाब बेला मात्र रहेछ भन्ने निष्कर्ष यसले गर्दछ । भ्रष्टचारले कुरा गर्नै व्यईजतको मर्नु भयो । आखिर के भैराछ हाम्रो देशमा दिन प्रतिदिन छोरीचेलीहरु घरबाट हिडेपछि बेलुका फर्कने कि नफर्कने भन्नेमा त्रास पैदा हुने समय यो कस्तो विडम्वना ! पहिले–पहिले सिमाक्षेत्र तिर खतरा हुन्छ भन्ने सुनिन्थ्यो तर अहिले हाम्रा चेलीहरु हाम्रै दाइ–भाइ, बाबा, ससुरा, सासु, नन्द, आमाजु लगायत बाट खतरामा भएको देखिनुकासाथै भोगिरहेको देख्दैछौ । कतै प्रेमीले प्रेमीकाको हत्या गरेकोछ, कतै आफ्नै भाइ–दाइले दिदी–बहिनीको हत्या गरेकोछ, कतै ससुराले अभद्र व्यवहार गरेर मर्नु पर्ने अवस्थामा पु¥याएकोछ, कतै घरपरिवार मिलेर हत्या गरेकाछन् त कतै अन्जान अपराधीहरुले एकान्त ठाउमा बलात्कार पछि हत्या गरी जंगल खोला नालाहरुमा फालिदएकाछन् र सडेगलेको अवस्थामा लास भेटिन्छ । यो समाजमा परिवर्तनकालागि नेपाली छोरीहरुले ठूलो बलिदानी गरेको छ, तर किन सुन्यमा विलायो सरकार हाम्रा अधिकार ? हिजोका दिनमा तेती मीठो भाषण गर्ने र जनताकालागि लड्ने जनप्रतिनिधीहरुले साँच्चै आज त्यो ठाउँमा पुगेर हाम्रा आस्था र अधिकारप्रति वास्ता नगरे कै हो त ! सत्ता र स्वार्थ मात्र ठूलो होईन । अब ख्याल गर्नु पर्ने समय आएकोछ । देशमा जनताको हित विपरित सत्ता स्वार्थ, विकृति र विसंगतिसहितको परिवर्तन मात्र भएको छ । यसरी हामी छोरी, बुहारीहरुको इज्यतमाथि खेलवाड गर्ने दावन र अपराधीहरुलाई कानुनको कठघरामा ल्याउने कुनै उपाय नै देखिदैन । किन यसो हुदैछ नेपालमा ? महिलाहरुलाई बाहिर त छदैछ अव यो परिवर्तित समाजमा घरभित्रै बुहारीहरुको इज्यतप्रति संङ्का गर्ने समय आयो यो कस्तो कन्तविजोग !
नेपालका चेलीहरु बलत्कार पछि हत्या भएका निर्मला,सम्झाना,भागरथी,सुजिता जस्ता कलिला मुनाहरु अझै कति मर्नु पर्नेहो ? यस्ता विक्रिति र पासविक समाचार कति सम्म सुन्नु पर्ने हो । किन यस्ता अपराधहरु दिनप्रतिदिन बढिरहेकाछन् । किन हाम्रा चेलीहरु सुरक्षित हुन सकेनन् । यसको कारण र यस पछिका प्रक्रियाहरु किन मौन राखिएको सरकार ? यो देशको कानुन किन अन्धो भएको छ ? किन अपराधीलाई कारवाही गर्न सक्दैन ? किन यस्तो लाचारपन देखाएको ? हत्यारा र वलात्कारीहरु यो समाजमा ठाडो सीर बनाउदै हिड्दा हामी पीडितहरुले किन सिर निहुराउने अवस्था आयो ? के नेपालीले गरेको बलिदान यसैकालागि हो ? सरकारले किन अवराधीलाई कानुनको कठकरामा उभाउन सकिरहेको छैन ! अवराधी र बलात्कारीलाई राजनैतिक संरक्षण दिएर नेतृत्व पंङ्तीले गर्न खोजेको के हो कहिले सम्म बचाउने अपराधीलाई ? पीडित लुकेर बस्नु पर्ने अनि अपराधी अखुलेआम छाती फुल्याउदै हिड्ने कहिले सम्म हो सरकार ?
दिनदहाडै चेलीहरुको अस्मितामाथि जघन्य त्रियाकलाप बढ्दै गईरहेको छ । सरकारले खै के कदम चाल्दैछ अहिले सम्म कुनै पनि संङ्केत पाइएन । हिजो तराई की चेली निर्मला पन्त, हेटौडा कि बुहारी सुस्मीता केसी लगायतलाई अनाहक मै मर्नु परेकोछ । भर्खरै यहि आषाढ २० गते किडन्याप भएकी राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु भएको छ । सानालाई ऐन ठूलालाई चैन भन्थे वुढापाकाले सत्य रहेछ । ठूलाले जे गरे पनि हुने यो नेपालमा, सानालाई मात्र ऐन हुन्छ ! वुद्धको देश हो एकपटक जनताप्रतिको उत्तरदायित्वलाई बुझ्नु पर्ने हुन्छ । यस्ता पासविक र अपराधिक घटना घटाउनेलाई हदै सम्मको कारवाही हुनु पर्दछ । हामी नेपाली जनतालाई नेपालमा पनि सरकार छ भन्ने खालको वातावरण बनाईदिए फेरी चुनावमा गाउँ पस्न सजिलो हुनेछ । भर्खरै काठमाडौंको दक्षिणकालीमा सन्तोषी सुब्बाको विभत्स हत्या भयो । समाजमा दिनहु यौन हिंसा पछिको पासविक घटनाको समाचारले छाती पोल्दछ । जातिय विभेद, हत्या, हिंसा जस्ता व्यवहारले समाज कतातिर धकेलिदैछ भन्ने कुरामा समिक्षा समयमै गर्नु पर्ने आवश्यक छ ।
अहिलेको समाजिक संरचना विभेद, उत्पीडन, हत्या हिंसा प्रति उनमुख भएको देखिन्छ । यसले समाजमा कहिल्यै पनि समाजिक एकाताको कार्य गर्न सक्दैन, खाली विभेद, हिंसा मात्र हुने गर्दछ । समाजमा घट्ने यस्ता घतनाहरुमा अधिकांश पीडित पक्ष उत्पीडित वर्ग र समुदाय हुनुले नेपालको राज्य व्यवस्था र सामाजिक संरचना विभेदकारी र उत्पीडनकारी भएको कुरालाई अभिव्यक्त गर्दछ । नेपाली जनजीवनमा मानव भनिने प्राणीबाट गरिने जस्ता अमानविय जघन्य अपराधका घटनाहरुलाई हामीले क्रुर रुपमा लिनुपर्दछ । यस्ता घटना घटाउनेहरुलाई हदै सम्मको कारवाही हुनु पर्दछ । हामी पीडितहरुको स्थानमा रहेर जोडदारले यहि माग गर्दछौ कि नेपालमा कानुन रहेछ भन्ने आभाष जनतालाई हुनुपर्दछ ।

You may also like