कोरोना भाइरसबाट बच्न आ–आफ्नो आनीबानीमा ध्यान दिऔं


                                                                             पुर्ण बहादुर भण्डारी
                                                        नेपाल प्रहरी जवान, हाल कारागार रोल्पा
कस्तो कठीन अवस्था रोगले हामीलाई चिन्दैन । तर, हामीले रोगलाई चिन्नु पर्ने । पक्कै पनि रोगले धनी, गरीव, सानो, ठूलो, मोटो, दुब्लो, अनि आफन्त, पराई, नाता सम्बन्ध भन्ने मात्रै चिन्दथ्यो भने उसलाई परिभाषित गर्ने र चिन्ने तरिका नै फरक हुन्थ्यो होला । नेपालको छीमेकी विकसित राष्ट्र चीनको हुबेई प्रान्तको बुहानबाट फैलिएको कोरोना भाईरस (कोभिड१९) हाल विश्वका १९० भन्दा बढी देशहरुमा फैलिसकेको भन्ने समाचार सुन्दैछौ । यो संख्या अझै बढ्दै छ । समाचारहरुले आम सञ्चार माध्यम सामाजिक सञ्जालहरु पुरै रङ्गिएका छन् यतिबेला ।

कोरोना भाइरसको कारण विश्वको करीव आधा जनसंख्या भएको देश चीनमा हजारौंको संख्यामा ज्यान गुमाउँदै अनि लाखौ संक्रमित हुँंदै गर्दा विश्व समुदायमा रहेका मानव जातिमा देखाई रहेको डर लाग्दो भयावह स्थिति र व्यहोर्नु परेको क्षति यति बेला निकै कहाली लाग्दो बनिसकेको छ । विज्ञान र प्रविधिमा सम्पन्नशाली मानिएका चीन, भारत, फ्रान्स, अमेरिका, इटाली, स्पेन जस्ता शक्तिशाली मुलुकहरुलाई त नियन्त्रण गर्न निकै कठीन भइरहेको छ भने नेपालले त कति सजगता अपनाउनु पर्छ त्यसको त कुरै नगरौं । यहि बेला हो, सचेत बन्ने अनि स्वार्थभन्दा माथी उठेर आफु र देशलाई बचाउने ।

रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम उपाय हो भन्ने सिद्धान्तलाई अनुसरण गर्दै अगाडि बढ्नु पक्कैपनि राम्रो हुने देखिन्छ । कोरोना भाइरस विरुद्ध विश्व समुदायले यति बेला आफुसँग भएका सम्पूर्ण शक्तिहरुलाई २४ घण्टा परिचालित गर्दै नियन्त्रणका विभिन्न उपायहरु खोजिरहेको छन् । रिङ्गटोन र संगितका धुनहरु बज्ने हाम्रो हातमा भएका मोबाईल फोनहरुमा आज कोरोना भाइरस विरुद्ध सचेतनाका आवाजहरु गुञ्जिन थालेका छन, जस्ले जानकारी गराउँदै सु–सुचित बनाउँदै पनि आएको छ । विकास, शान्ति र सुशासनका कुरा भइरहेको बेलामा सोच्दै नसोचेको यो कोरोना भाइरसको कारण अर्कै रुप लिन्छ भन्ने कसैले सोचेको थिएनन् होला । यस्तो अबस्थामा अझै झन दुःखद कुरा के छ भने यति बेला कालो बजारी बढ्नु, अपराधिक गतिविधीहरु हुनु, समस्याप्रति सम्वेदनशिल हुन नसक्नु पक्कै पनि दुःखत कुरा हो । आपतकालीन अवस्थामा अब हरेक नागरिक आ–आफ्नो ठाउँबाट व्यक्तिगत स्वार्थभन्दा माथी उठेर यो संकटको घडीलाई सहजतातिर लैजाने कोसिस गर्नु आम नागरिक सबैको दायित्व हो । कोरोना भाइरस (covid 19) विरुद्ध देशमा सीमित स्रोत साधनका बाफजुत पनि राज्यले आफ्नो देश र नागरिकहरुप्रति अहिलेसम्म देखाएको जुन किसिमको प्रयास छ । यो हामी सबैका लागी सह्रानिय सफलता मान्नुपर्छ, विकसित देशहरुको तुलनामा । हामी नागरिकहरु आफै सचेत हुनु पर्ने हो । तर, हामी आफैबाट लापरबाही भइरहेको छ, गरिरहेका छौं । यो निकै दुःखद कुरा हो । देश र आफ्ना नागरिकहरुप्रति राज्यले जुन किसिमको सदासयता चिन्तन देखाएको छ । त्यसरी नै आम नागरिकहरुले पनि राज्यप्रति सदासयता देखाउन सक्नुपर्छ । देश समाज राष्ट्र जे भनेपनी त्यही देश अनि समाजका नागरिकको हौ हामी ।
यही कोरोना भाईरस अझै महामारीको रुपमा फैलिदै विश्वका सबै देशहरुमा फैलिने र असर देखिने क्रम जारी नै छ । यति बेला विश्व समुदाय एक भएर नियन्त्रण गर्दै निर्मूलतर्फ लाग्नुपर्छ । प्रविधि र विकासको बाटोतर्फ अगाडि बढदै गरेको हाम्रो जस्तो सानो मुलूकमा महामारीकै रुपमा तीब्र गतिमा फैलिने हो भने र नियन्त्रणका कुनै पनि उपायसँगै तरिकाहरु छिटोभन्दा छिटो खोज्नतर्फ नलाग्ने हो भने भोलि आउन सक्ने डर लाग्दो भयानक स्थिति के हुन्छ कस्तो होला ?  त्यो निकै कहाली लाग्दो अबस्था बन्न नजाला भन्न सकिँदैन ।

भिडभाड हुने स्थानहरु, विमान स्थल, उद्योग कलकारखाना,मठ मन्दिर, अस्पताल, बसपार्क, सिनेमा हल, मेला पर्व, कार्यक्रम स्थल सहितका स्थानहरुमा नीग्रानी गर्नुपर्छ । सबै देशहरुका सीमना नाकाहरुमा मानिसहरुका जमघट, भोजभतेरमा हुने चहलपहल र गतिविधिहरु माथी पूर्ण रुपमा चेकजाँचको व्यवस्था हुनुका साथै रोक सरकारले लगाई सकेको छ । साथै सरकारले सीमना नाकाहरुमा मानिसहरुको आवतजावत गर्ने प्रत्येक मानिसहरूको अनिवार्य स्वास्थ परिक्षणको विभिन्न ठाउँमा व्यवस्था मिलाएको छ । सरकारले नेपालमा यो भाइरसबाट संक्रमितको संख्या न्यूनिकरणको निम्ति देशलाई लक डाउन लागू गरेको छ । यो धेरै जिल्लाहरुमा पूर्ण रुपमा कार्यन्वन भएको छ । तर, केही नगारिकहरुको गैर जिम्मेवारीको कारण लक डाउनमा प्रभाव परेको छ । तै पनि सरकारले लक डाउनलाई प्रभावकारी कार्यन्वयन गर्ने प्रतिवद्वता सहित कार्यन्वयनको चरणमा छ । आमा नागरिकको हितमा लागू गरिएको लक डाउनलाई प्रभावकारी कार्यन्वयनमा जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्ने दायित्व स्वयम नागरिकको दायित्व कर्तव्य हो । कोरोना भाईरस के हो त ? यसले मानिसमा पार्न सक्ने खतरा के हो ? कति जोखिम छ ? बच्ने उपायहरु सरकारकारी कार्यलय, स्वास्थ्य कार्यालय, विभिन्न सञ्चारमाध्यमहरु र सरोकारवाला निकायहरुबाट जनचेतना फैलाउन रहेका छन् ।

देश संघीय संरचनामा प्रवेश गरी प्रारभिक अभ्यासको चरणमा रहेको कुरा सर्बबिदितै छ । यो बेलामा संघ, प्रदेश र स्थानीय सरकारहरु र सरकोरवाला निकायहरुले सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । आगामी दिनमा पनि यस भाइरसको संक्रमितको संख्या शुन्य बनाउन थप सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ । सीमा क्षेत्रमा मात्र होईन जिल्ला जिल्लाहरुसँग जोडिएका क्षेत्रहरूमा समेत निग्रानी हुनुपर्छ । विश्वलाई त्रसित बनाउँदै महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्नतर्फ विश्व समुदाय एक भएर जुटे मानवीय क्षेती हुनबाट जोगिन सकिन्छ । संकटको घडीमा सबै एक जुट भई लड्नु आजको आवस्यकता हो । यति बेला एकताको खाँचो छ । गौरवको अनि खुसीको कुरा हो आजका दिनसम्म आईपुग्दा कोरोना भाईरसको कारण कुनै एक जना नेपालीले ज्यान गुमाउनु परेको छैन । तर, संक्रमित व्यक्तिहरुको उपचार विभिन्न अस्पतालमा भैरहेको छ । ति व्यक्तिहरुको उपचार सहित अन्य व्यक्तिहरुको पहिचानामा संघीय, प्रदेश र स्थानीय सरकार सहित अन्य सरोकारवाला निकायहरु सक्रिय बन्न आवश्यक छ । संकट परेपछि वा कसैको मृत्यु भयो भने तयारी गरौला, सचेत बनौला भन्दै लापरबाही र अटेरी गर्नु राम्रो होइन । बरु राज्यले आफ्नो ठाउँबाट जे जति गरेरहेको छ । त्यसमा हामीले एक ढिक्का भएर साथ सहयोग र समर्थन गर्दै धैर्यता गर्नु नै अहिलेका लागि भलाई मानिएला । त्यो भन्दा ठूलो भलाई के छ भने स्व अनुशासन, अरुको मुख ताकेर वा अरुले के गर्छ भनेर पर्खेर बस्नुभन्दा पनि हामी आफुले सजकता सतर्कता अपनाउनु पर्ने बेला आएको छ । व्यक्तिगत सरसफाइदेखि सामाजिक दुरीसम्मको कुरामा हामी अनुशासित हुनु जरुरी छ ।
सार्वजनिक स्थान, सार्वजनिक यातायात भेला समारोह आदिमा सजकता कसरी अपनाउने भन्ने कुरा अरुको निर्देशनमा होईन आफ्नै विवेकको आधारमा निर्णय लिनुपर्दछ । सम्भव भएसम्म भिडभाडमा नजाने, यात्रा नगर्ने, भोजभतेरको आयोजना नगर्ने, सहभागी नहुने, घुमफिर नगर्ने, जमघट नगर्ने जस्ता कुराहरुमा हामी आफै सजग बन्न पर्ने जरुरी छ । स्व अनुशासन नै हाम्रा निम्ति सबैभन्दा उत्तम बिकल्प हुनेछ यो बेला । कोरोना भाइरसको संभावित संक्रमणबाट त्रसित बन्दै विशेष गरी विभिन्न वैदेशिक रोजगारीमा गएमा नेपालीहरु स्वदेश नेपाल धेरै जना भित्रिएका छन् । तर, ति व्यक्तिहरु क्वारेन्टाइन वा आइसुलेशनमा बसेको अवस्था छैन । त्यसैले ति व्यक्तिहरुको अवस्था पहिचान गरी आवश्यक उपचारमा ध्यान दिन तीन तहका सरकारको ध्यान पुग्न आवश्यक छ । भने ति व्यक्तिहरु पनि आफै नजिकको अस्पतालमा सम्पर्क गरी स्वस्थ्य परीक्षणमा ध्यान आवश्यक छ । होइन भने ग्रामीण क्षेत्रमा यस भाइरसले महामारी नलिन भन्न सकिदैन । त्यसैले सरकारको लक डाउनलाई प्रभावकारी कार्यन्वयन र विदेशबाट भित्रिएका व्यक्तिहरुले आफ्नो स्वस्थ्य अवस्थामा ध्यान दिन आवश्यक छ । केही जना विदेशबाट आएको नेपालीबाट यस भाइरसको संक्रिमत व्यक्तिरुको संख्या बढेको छ अवस्थामा हामी सबैले सुरक्षित आफ्नै घरमा बस्नु नै यस भाईरबाट बच्ने उपया हो । समान्य हाम्रो आनीबानीमा ध्यान नदिनु नै यस भाइरसको संक्रमित बन्नु पर्ने प्रमुख कारण भएको हुँदा अब हामीले आफ्नो व्यक्ति आनीबानी, सरसफाई, खानपीन जस्ता कुराहरुमा ध्यान पु¥याउन आवश्यक छ ।

सबै आ–आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी र दायित्व पूरासँगै उच्च मनोबल राख्दै यो संकटको घडिमा निस्वार्थले लाग्नु सबै भन्दा राम्रो काम हुनेछ । परीक्षण गर्न प्रयाप्त जनशक्ति र उपकरणको व्यवस्था तथा भाइसरको लक्षणको संकास्पद व्यक्तिलाई अलग राखेर थप जाँच गर्ने व्यवस्था हुनु जरुरी देखिन्छ । यो भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या शुन्य नहुँदासम्म लक डाउन निरन्तरताको आवश्यक छ । भोली ढिलो हुन सक्छ आजै र अहिल्यै गरौं । अहिलेसम्म छिट्पुट घटना देखिनु सामान्य मान्नु पर्छ अरु देशको तुलनामा अझै केही भएको छैन हुने त्यस खालको वातावरण सृजना पनि नहोस् । यो सबैका लागी राम्रो हुनेछ । राज्यलाई निरन्तर सुझाव र खबरदारी गर्नु ठीक हो । तर, जसरी भएपनी संक्रमित देखाउ भनेर दबाब दिनु र समस्या माथी समस्या थुपारिदिनु ठीक होइन यो संकटको अबस्थामा । कम्जोरी भएका ठाउँमा सुधार गर भन्न सकिन्छ र गर्नुपनि नागरिकको दायित्व हो । बाहिरी मुलुकहरूबाट नेपाल भित्रिएका मानिसहरुमा बाहेक नेपाल भित्रै अहिलेसम्मको स्वस्थ्य परीक्षणमा कोरोना भाइरसका संक्रमितहरु नभेटिनुलाई सकारात्मक रुपमा लिनुपर्दछ ।
खुल्ला भारत र चीन जस्ता धेरै जनसंख्या भएका देशका बीचमा रहेको नेपालले जति सतर्कता अपनाउनु पर्ने हो त्यति सतर्कता अपनाउन नसक्ने हो भने यसको परीणाम कस्तो आउला भनेर सोच्न पनि सकिदैन । जे होस हिजो छिमेकी राष्ट्रको अनिश्चित नाकाबन्दीको अवस्थामा पनि नेपालीहरुले दुःख कष्ट भोग्दै राज्यलाई सक्ने सहयोग गरेकै हुन् । नेपालीको कठोरता, सहनशिलता र धैर्यताले सु–सज्जित नेपालीहरुले बिगतमा आफ्नो देश र जनताका लागि खाली हात अनि नाङ्गो तरबारसँगै एक छाक भात नखाएर भए पनि भोक भोकै युद्ध लडेर मातृभूमी बचाएको इतिहास जीवितै छ । अब कोरोना भाइरस विरुद्धको युद्धमा पनि नेपालीले राज्यलाई दरिलो साथ दिई रहेका छन् र अझै दिदै जानेछन् ।

पक्कै पनि आम नागरिकले देखाएको साहस, क्षमता, इमान्दारिता र धैर्यतालाई राज्यले प्रशंसा गर्ने नै छ र भोलिको त्यो सहज अवस्था नै हामी चढ्दै गरेको सफलताको शिखर बन्नेछ । त्यसैले कोरोना भाइरस विरुद्ध सबै एक जुट भई व्यक्तिगत निजी स्वार्थभन्दा माथी उठेर हरेक नागरिकले आ–आफ्नो स्थानमा सुरक्षित बन्दै, रहँदै सहनशिलता र धैर्यताको त्यो उपस्तिथि देखाउनु र राज्यलाई सहयोग गर्नु सबैको साझा कर्तव्य र दायित्व हो ।

You may also like