रोल्पामा ‘चिहानमाथी महल बनाई रहेको मान्छे’ कविता सङ्ग्रहको वाचन तथा बहस


रोल्पा समाचारदाता
पौष १४ गते

This image has an empty alt attribute; its file name is bahas-1024x473.jpg


रोल्पामा ‘चिहानमाथि महल बनाई रहेको मान्छे’ वाचन तथा बहस कार्यक्रम शनिबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ । लामो समय कविताद्वारा देशमा भएको विकृति, विसंगती, विरुद्धमा गद्य कवितामा कलम चलाउनु भएका कवि घनश्याम अस्तित्वद्वारा प्रकाशित कविता सङ्ग्रह ‘चिहानमाथी महल बनाई रहेको मान्छे’ कृति बारेमा वाचन बहस एवं चर्चा परिचर्चा भएको हो ।
शनिबार जिल्ला समन्वय समितिको नयाँ हलमा भएको वाचन तथा बहस कार्यक्रममा प्रतिनिधि सभा सदस्य इश्वरी घर्ती, साहित्यकार डी.वि. टुहुरो, पत्रकार खेम बुढा, कवि तथा सर्जक घनश्याम अस्तित्व लगायतले कृतिका बारेमा बहस गर्नु भएको हो ।
बहस कार्यक्रममा प्रतिनिधी सभा सदस्य ईश्वरी घर्तीले आफूलाई पाठक बनेर अध्ययन गर्दा भइरहेको विकृति विसंगतिका बारमो अरुलाई प्रहार गरेकोमा चित्त बुझे झै लागे पनि आफ्नो जिम्मेवारीबाट अध्ययन गर्दा निकै समीक्षा गर्न लायक भएको बताउनुभयो । उहाँले महिलाहरुको सामाजिक जीवन परिवर्तनका लागि शिक्षित बनाउनुपर्ने बताउनु भयो । उहाँले समाबेशी र समानुपातिक सवालबाट अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई अगाडि बढाउनको लागि सबैको सोचमा परिवर्तन आवश्यक रहेको बताउँदै पनि अझै महिलालाई बिश्वास नगरेको बताउनु भयो ।
कवि घनश्याम अस्तित्वले मानिसका कारणले पृथ्वीको अन्त्यतिर लागि रहेको बताउँदै त्यसका लागि फेरी मानिसहरुले आफ्नो भावि पुष्ताका लागि सम्पत्ति जोहो गर्नेतिर लागेको बताउनुभयो । उहाँले कसैले पनि यो सिंगो र पवित्र पृथ्वी आफ्नो पुस्ता एवं सन्तानलाई बुझाउनको लागि चिन्चित नभएको बताउनुभयो । उहाँले यो देश विश्व राजनीतिक दलले चलाइ रहेको झै लागे पनि यो त विश्वका पुंजीपतिहरुले चलाई रहेको बताउनुभयो । साथै उहाँले रोल्पाको विद्रोह सिंगो देशको आमूल परिवर्तनका लागि भए पनि पछिल्लो समयमा रोल्पाले क्षतिपूति नपाएकोप्रति आफू पनि दुखित बनेको बताउनुभयो ।
कार्यक्रममा बक्ता खेम बुढाले परिवर्तनका लागि रोल्पाले अहम भुमिका निर्वाह गरेको र कृतिमा पनि रोल्पाका बारेमा बढि उल्लेख गरिएको बताउनुभयो । रोल्पाको भूमिका योगदानको बारेमा बढी कृतिमा चर्चा गरिएको बताउँदै साच्चिकै मानिसहरुले चिहानबाट नै फेरी किन महल बनाई रहेको होला भन्ने विषयमा निकै गहिरो ढंगले चिन्तन गरिएको बताउनुभयो ।
कार्यक्रममा साहित्यकार डी.वी. टुहुरोले चिहानमाथि घर बनाइ रहेको मान्छे गद्य कविताले देशका विकृति बिसङतिको बिरुद्धमा बोलेको बताउनुभयो । उहाँले साधानाका साथ प्रकाशित भएको कविता संङ्ग्रहले निकै ओझिलो रहेका बताउनुभो । उहाँले पाठकको विचार दृष्टिकोणमा फरक—फरक अनुभुती भएपनि कृतिले दिन खोजेको सन्देश निकै विचारीय भएकोसमेत बताउनुभयो ।
कार्यक्रममाको सहजकर्ता पे्रम प्रकाशले एउटा कविले वोल्नु पर्ने आफ्नो दायित्व र लेख्नु पर्ने आफ्नो कर्तव्यलाई वफादार भएर लेख्नु भएको बताउनुभएको थियो । उहाँले विभिन्न विषयमा बक्ताहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।
कवि घनश्याम अस्तित्वले देश र समय पस्थिति अनुसारको कृति प्रकाशित गरेपछि उहाँको कृतिको चर्चा परिर्चा भइरहेको छ । रोल्पामा भएको कार्यक्रममा जनप्रतिनिधी, राजनीतिक दल, साहित्यकार र पत्रकारहरुको सहभागीता रहेको थियो ।

You may also like