वेरुजु किन ? नागरिक समाजद्धारा प्र..जि.अ. ढकाललाई ध्यानकर्षण पत्र

लिबाङ–रोल्पा
साउन ७,


रोल्पा जिल्लाको दश स्थानीयतहरुको वेरुजु सम्बन्धि नागरिक समाजको अगुवाईमा आज प्रमुख जिल्ला अधिकारी लक्ष्ण ढकाललाई आज ध्यानकर्षण बुझाएको छ ।
नागरिक समाजिको ध्यानकर्षण पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्ण्मण ढकालले वेरुजु भएका स्थानीयतह र सरकारी कार्यालयलाई कानुन बमोजिम कार्यन्वयको निर्देशित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विभिन्न कारणले वेरुजो भए सच्याउन सकिन्छ तर नियतबस वेरोज भए कानुनी दायरीमा ल्याउने उद्घोष गर्नुभएको छ । सरकारी कार्यालयको कार्य सम्पादन प्रति नागरिक, पत्रकार लगायत सरोकारवाला निकायहरुको चाँसो चिन्तान आम नागरिकरुको प्रतिनिधि भएकाले आगामी दिन समेत सोही अनुसार भूमिका निर्वाहका लागि उहाँले अनुरोध गर्नुभयो ।
रोल्पा जिल्लाका दश ओटा स्थानीयतहहरुबाट आर्थिक वर्ष २०७४÷२०७५ मा रु १२ करोड ५१ लाख १३ हजार वेरुजु भएको उक्त ध्यानर्कषण पत्र उल्लेख गरिएको छ । जस अनुसार माडी गाउँपालिकामा रु ४ करोड ५४ लाख ४६ हजार, लुङ्ग्री गाउँपालिकामा रु २ करोड ७० लाख ५५ हजार, रुन्टीगढी गाउँपालिकामा रु २ करोड १५ लाख ८७ हजार, गंगादेव गाउँपालिकामा रु १ करोड २३ लाख ६० हजार, त्रिवेणी गाउँपालिकामा रु ९० लाख ७८ हजार, सुनिल स्मृति गाउँपालिकामा रु ५० लाख ३८ हजार, रोल्पा नगरपालिकामा रु १८ लाख ४१ हजार, सुन्छहरी गाउँपालिकामा रु १६ लाख ४२ हजार, थबाङ गाउँपालिकामा रु ६ लाख ४१ हजार र परिवर्तन गाउँपालिकामा रु ४ लाख २० हजार वेरुजु देखिएको छ । यस जिल्लाको दश स्थानीयतहरुमा करौड बजेट वेरुजु आउनेका कारण विशेष गरी जथाभावी पेश्की लिएर पछ्र्यौट नगर्नु, बिल भपाई नलिएर नै भुक्तानी गर्नु, पाउनै नपर्नेलाई भुक्तानी दिएकोबाट असुल उपर नगरिनु जस्ता कारणहरुले ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । भर्खरै समापन आर्थिक वर्ष २०७५÷२०७६ मा यस जिल्लाको दश ओटै स्थानीयतहहरुमा वेरुजुको अवस्था सार्वजनिकको निम्ति ध्यानकर्षण पत्रमा माग गरिएको छ ।

वेरुजुको विषयमा नागरिकको चाँसो, कुन–कुन शीर्षकमा वेरुजु रकम कहिले फछ्र्याैटको निम्ति सम्बन्धित स्थानीयतहरु जवाहदेहीता बन्नु पर्ने माग गरेको छ । आगामी दिनमा वेरुजु निर्मुलको निम्ति असर मसान्तमा भुक्तानी दिने परिपाटीको अन्त्य गर्न जिल्ला स्थित अतिख्यार दुरपयोग अनुसन्धान आयोगबाट अख्तियार प्राप्त अधिकारी एव प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायत सम्बन्धित निकायहरुले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने जोड दिएको छ । जसलमा यस जिल्लामा सुशासन, पारर्दशिता र जवाफदेहीता काम गर्न सम्भव हुने कुरा समेत ध्यानकर्षण पत्र मार्फत सम्बन्धित निकायहरुको ध्यानकर्षण गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पाँचौ अधिवेशनका अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानेले ध्यानकर्षण पत्रको बाचन गर्नुभएको थियो भने गैर सरकारी संस्था महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष घनश्याम आचार्यले प्रमुख जिल्ला अधिकारी लक्ष्णम ढकाललाई प्रदान गर्नुभएको थियो । कार्यक्रम ( हरप्लेस) नेपाल रोल्पाको अगुवाईमा नागरिक समाज, पत्रकारहरुको सहभागिता थियो ।

You may also like