जिबाङमा वन समूहहरूबाट ८६ घरधुरीलाई हात धुने साबुर र तेल प्रदान

जिबाङमा वन समूहहरूबाट ८६ घरधुरीलाई हात धुने साबुर र तेल प्रदान
बैसाख ६ रोल्पा ।


रोल्पा नगरपालिका–६ जिबाङ रोल्पा स्थित जिबाङ वन समूहको आर्थिक सहयोगमा ८६ घरधुरीलाई हात धुने साबुन र खाने तेल प्रदान गरेका छन् । यसले अति विपन्न परिवारहरुलाई दैनिक जीवनयापनमा सहयोग पुग्ने भएको छ ।
यस समूहले घरमा प्रति लिटर खाने तेल र एक ओटा ओखती साबुन बितरण गरिएको हो । वडा सदस्य दामोदर बुढाको अगुवाई विभिन्न संघ संस्थाहरुले समन्वय गरेर रातह बितरण गरिएको हो ।

गुरुवारे सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा अध्यक्ष गन्जबहादुर के.सी, सचिव ईमान के.सी, कोषाध्यक्ष रोशना बुढामगर प्रगतिशिल युवा क्लबका अध्यक्ष रोहित बुढा, उपाध्यक्ष हितकार के.सी, सदस्य रितु घर्ती, जनजागरण प्रा.वि.का अध्यक्ष लोकसिं बुढा, समाज सेवी यूवा क्लवका पदाधिकारीहरुको सहभागितामा उक्त सामाग्रीहरु वितरण गर्दै सरकारले गरेको लक डाउनको पालना गर्न र सचेतनामुलक सन्देश प्रवाहका लागि सबैले सक्रिय भूमिका निर्वाह गरेको गुरुवारे सामुदायिक बन उपभोक्ता समितिका सचिव ईमान के.सी.ले बताउनुभयो ।

You may also like