ऊर्जा मन्त्री पुनद्वारा आज प्राकृतिक श्रोत व्यवस्थापन (कृषि) क्याम्पसको उद्घाटन

मानसिंह विश्वकर्मा
माडीचौर रोल्पा
२०७६ माघ २० गते


रोल्पा जिल्लामा पहिलो कृषि क्याम्पस सञ्चालनसंगै अब यसै वर्षदेखि वाली विज्ञानमा स्नातकतहको पढाई हुने भएपछि रोल्पा जिल्लाको शैक्षिक क्षेत्रमा एउटा महत्वपूर्ण क्रान्ति छेडिएको निष्कर्ष निकालिएको छ । औपचारिक रुपमा आजदेखि क्यापस ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनगरले उद्घाटन गर्नु हुनेछ । आफ्नै पहल एवं सक्रियतामा कृषि क्याम्पस सञ्चालनका लागि सबै तयारी भएपछि आज उद्घाटन हुने भएको हो ।
केन्द्रीय कृषि क्याम्पस चितवन रामपुरबाट सम्बन्धन प्राप्त कृषिको बाली तथा पुशु क्षेत्रमा अध्यापन गराउने गरी प्राकृतिक श्रोत व्यवस्थापन कलेज माडिचौरको साउन १४ गते बृहत कार्यक्रम गरी सञ्चालनको लागि केन्द्रीय कृषि क्याम्पस चितवनका उपकुलपति डा. इश्वरीप्रसाद ढकालले घोषणा गरेपछि रोल्पा लगायत रोल्पामा देश विदेशबाट पनि बाली विज्ञानमा अध्यापन र अनुसन्धानका लागि आउने ढोका खुलेको थियो । रोल्पा जिल्लामा पहिलो पटक सञ्चालन हुने क्याम्पसको विहान ११ बजे माडीचौरमा ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रीको हेलीबाट अबतरण भई गर्नुहुने हुनेछ । त्यसका लाग सम्पूर्ण तयारी भइ सकेको समेत क्याम्पस सञ्चालन समितिका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले बताउनुभयो । उद्घाटन कार्यक्रममा आई दिनका लागि सम्पूर्ण अभिभावक, पत्रकार एवं सबैलाई सहभागिताका लागि अनुरोध गर्नुभयो ।


पूर्व सभामुख तथा प्रतिनिधीसभा सदस्य ओनसरी घर्तीमगरले रोल्पा जिल्लामा कृषि क्याम्पस निर्माण गर्नका लागि रोल्पामा शिक्षा क्षेत्रमा नमुना योग्य काम गर्नका लागि कृषि क्याम्पस सञ्चालनको प्रस्ताव अगाडी बढाएको हाल सफल भएकोले शिक्षा क्षेत्रमा रोल्पामा ठूलै क्रान्तिभएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयोः–“घरको आटोपिठो खाएर नि अध्ययन गर्न पाउने भयौ, रोल्पा जिल्लामा प्राविधिक शिक्षा मध्ये पनि कृषि क्षेत्रबाट मात्रै आमूल परिवर्तन सम्भव छ त्यसैले गर्दा अगाडि बढ्नु पर्दछ । ”
कृषि क्याम्पस चितवन रामपुरका उपकुलपति प्रा.डा. इश्वरी प्रसाद ढकालले २०७३ साल असारको मन्त्री परिषद्ले प्रस्ताव गएको र २०७४ साल जेठ २६ गते पारित भएपछि अगाडि बढेको बताउनुभएको थियोे । उहाँले यस जिल्लाकै मन्त्री वर्षमान पुनको पहलमा यो क्याम्पस स्थापना गरिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयोः“–पहिले उहाँले फोनबाट मापदण्द पठाई दिनका लागि अनुरोध गर्नुभयो, पछि मलाई नै बलाउनुभयो अनि जसरी पनि बनाई दिनु प¥यो हामी सरकारबाट हुने सबै पहल गर्दछौँ त्यसरी करिव २ वर्षको अन्तरालमा यो सम्भव भयो रोल्पाली नेताहरु सबैलाई धन्यवाद छ ।” उपकुलपति ढकालले यसै वर्षको असोज देखि विद्यार्थी अध्यापनका लागि शुरु गरिने जानकारी दिदै त्यस बेलासम्म अति आवश्यक भौतिक पूर्वाधारहरुको तयारी गरि दिनका लागि समेत अनुरोध गर्नुभएको छ । उहाँले ५ वर्षे बाली विज्ञान, ४ वर्षे भेटनरी, ४ वर्षे माछाको विषयमा अध्यापन गराईने र आवश्यकताका आधारमा थप गर्दै जाने बताउनुभयो । उहँले अध्यापन र अनुसन्धान समेत हुने भएकाले गर्दा सबै हिसावले नमुना बनाउनको लागि आफूहरु लाग्ने र स्थानीयवासी, जनप्रतिधिहरु समेत लाग्नका लागि अनुरोध गर्नुनयभो ।
यसैगरी प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगर राम्रो देश बनाउने हो भने शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने बताउँदै यो सबैको खुशीको विषय भएको बताउनुभो । देशको समृद्धी शिक्षा क्षेत्रबाटै मात्रै सम्भव हुने कुरा बताउँदै आफूले पनि कृषि क्याम्पसका लागि आफ्नो केही बारी समेत निशुल्क प्रदान गरेको घोषणा गर्नुभएको थियो ।
यसैगरी रोल्पा नगरपालिका नगर प्रमुख पूर्ण केसीले रोल्पा नगरपालिकालाई शैक्षिक हव निर्माण गर्नका लागि लागि परेको बताउँदै त्यसमा नयाँ इट्टा थपिएकोले विगतदेखि सहकार्य गर्दै आई रहेको र आगामी दिनमा पनि पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कृषि क्याम्पस माडीचौर व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले कलेजका लागि १०० रोपनी जमिन पु¥याउन निकै कठिन भएको बताउँदै जमिनको सबै प्रक्रिया पूरा गरि सकेको र कृषि कलेजको नाममा रजिष्टेशन गरि दिएको बताउनुभभयो ।
उहाँले जग्गादाताहरुलाई पनि धन्यवाद दिदै आगामी दिनमा पनि स्थानीयहरुको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।रोल्पा जिल्लामा रोल्पा प्राविधिक शिक्षालयमा करिव २ वर्ष अगाडि देखि पशु तर्फको अध्यापन भइरहेको छ । यसै रोल्पा जिल्लामा कृषि तर्फ प्रमाणपत्र तह पनि भइरहेको छ । यो कलेज स्थापना हुनुले रोल्पा जिल्लामा देश विदेशमा पनि अध्ययन गर्ने आउने भएपछि अब शैक्षिक क्षेत्रमा रोल्पा फेरी अर्काे नयाँ यात्रामा पाइला चालेको छ । यसबाट रोल्पा जिल्लाबासीहरु धेरै खुशी व्यक्त गरेका छन् । यसमा स्थानीयबासीहरुले जनप्रतिनधीहरुलाई समेत धन्यवाद व्यक्त गरेका छन् ।
मन्त्री पुनमगरसंग पूर्व सभामुख ओनसरी घर्तीमगर, संघीय सांसद देवेन्द्र पौडेल र कमला रोकामगर, प्रदेश सांसद दिपेन्द्र कुमार पुनगर पनि आउनु हुने भएको छ । आज मन्त्री वर्षमान पुनमगर आज लुंङग्री गाउँपालिका वडा नं. ७ हार्जङमा आयोजित युुवा क्लबको वार्षिकोत्सवमा उद्घाटनमा पनि सरिक हुनु हुनेछ ।

You may also like