रोल्पामा शिक्षा तथा स्वास्थ्य समितिका सभापति घर्तीद्वारा ५० वटा आइसोलेशन बेड सहित भारीमात्रामा स्वास्थ्य सामाग्री

मानसिंह विश्वकर्मा
असार ३ गते लिबाङ


संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले ५० वटा आइसोलेशन बेडसहित विभिन्न स्वास्थ्य सामाग्री लिएर आफै रोल्पामा आएर हस्तातरण गर्नुभएको छ । बुधबार रोल्पा अस्पतालमा पुगेर जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, रोल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्य र अस्पतालका प्रमुख धनमाया घर्तीमगरलाई प्रदान गर्नुभएको हो ।


सभापति घर्तीले स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पुरै सेटसहित ५० थान आइसोलेशन बेड, १ हजार थान आरडीटी कीट र अक्सीजन कन्सेन्टर १ थान, औषधी ट्रली ५० थान, पि.पी.ए. सेट १०० पिस, सेनिटाइजर ३ एम.एल। २० बोटल, एन नाइटी फाइभ माक्स ५० थान, सर्जिकल माक्स ५ हजारवटा, २ सय जोड पञ्जा, गम बुट २० सेट, आर। आर थर्ममिटर २ थान, डिजिटल थर्मलगन २० सेट, पल्स अक्सिभिटर २ थान रोल्पा जिल्लाका लागि लिनुभएको छ ।
यसैगरी रोल्पा जिल्लाका लागि आइशोलेशन बेडका लागि सिरानी ५० थान, कम्वल ५० थान, साइड रेलिङ १०० थान, बेडको ह्यान्डील १०० थान, लगायतको सामान प्रदान गर्नुभएको थियो ।
सामाग्री हस्तान्तरण गर्दै सभापति घर्तीले नेपालमा पछिल्लो चरणमा कोरोनाको संक्रमणले आक्रान्त पारेपनि सबै नेपालीको एकताले त्यसका विरुद्धमा लडिएको बताउनुभएको छ । पहिलो कुरा एकता र आत्मबल नै रहेको बताउनुभयो ।
उहाँले यसमा सबै लागेमा नेपाल सरकार, जनप्रतिनिधी, स्वास्थकर्मी, सुरक्षाकर्मी, पत्रकारहरुको पनि यस नियन्त्रणमा लागेको बताउनुभयो ।
रोल्पामा पछिल्लो समय कोरोना संक्रमण फैलिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो उहाँले भन्नुभयो–‘सुरुमा नदेखिएपनि रोल्पामा पछिल्लो समय कोरोना संक्रमण अलि छिटै बढ्यो । यसले हामीलाई चिन्तित बनायो । यो चुनौति पार गर्नका लागि हामीले नयाँ योजना बनाएर जानुपर्ने भयो । ’जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको सकृयताले व्यवस्थापनमा राम्रो भईरहेको भन्दै प्रशंसा समेत गर्नुभयो ।
रोल्पामा कोरोना संक्रमित बढ्दै गएपछि बेड तथा औषधीजन्य स्वास्थ्य सामाग्रीको अभाव भएको थियो । आइसोलेशन केन्द्रले सार्वजनिक विज्ञप्ति निकालेरै सहयोगका लागि आग्रह गरेको थियो ।
सभापति घर्तीले कोरोना संक्रमण देखिन थालेपछि सुरुदेखि नै रोल्पामा स्वास्थ्य सामाग्री पठाएको बताउनुभयो । लकडाउन सुरु हुने वित्तिकै सुनिलस्मृति गाँउपालिकाका अध्यक्षको हातबाट स्वास्थ्य सामाग्री पठाएको र पछिपनि २ हजार आरडीटी किट लगायतका सामाग्री स्वास्थ्य मन्त्रालयमा समन्वय गरेर पठाएको जानकारीदिनुभयो । उहाँले कोरोना संक्रमण विरुद्ध लड्न आफूले सबै किसिमका पहल गर्ने जानकारी दिनुभयो । उहाँले भन्नभयोेः–मैले यसै जिल्लाबाट राजनीति शुरुवात गरे मलाई यो जिल्लाबासीले पु¥याउनुभयो । म सधै जिल्लाको पक्षमा रहनेछु ।
सामाग्री हस्तान्तरण कार्यक्रमका प्रदेश ५ का प्रदेश सांसद दीपेन्द्रकुमार पुन, लुंग्री गाँउपालिकाका अध्यक्ष दुर्गबहादुर खड्का, सुनछहरी गाँउपालिकाका अध्यक्ष आसबहादुर पुन लगायत स्थानीय राजनीतिक दलका स्थानीय नेता, प्रशासक सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।
सामाग्री जिल्ला संकट व्यवस्थापन केन्द्र रोल्पाका संयोजक प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले सभापति जयपुरी मगरलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । जयपुरी घर्तीमगरको पहलमा पहिले पनि २ हजार आर.डी.टी. किट, स्वास्थ्य सामाग्री, काठमाण्डौबाट मानिसहरु लिनका लागि निकै पहल गर्नुभएको थियो ।

You may also like