विद्या मन्दिर असहाय बालबालिका कोषबाट दुई विद्यालयका असहाय विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण

विद्या मन्दिर असहाय बालबालिका कोषबाट दुई विद्यालयका असहाय विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण

पौष २४ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is c1.jpg


रोल्पा, त्रिवेणी गाउँपालिका–७ नं. वडामा अवस्थित विद्या मन्दिर असहाय बालबालिका कोषको आर्थिक सहयोगमा गोविन्द माध्यमिक विद्यालय र वीरेन्द्र माध्यमिक विद्यालय गाङमा अध्ययनरत असहाय विद्यार्थीहरुलाई विद्यालय पोशाक, जुत्ता, मोजा र शैक्षिक सामाग्री हस्तारन्तरण कार्यक्रम आज सम्पन्न भएका छन् । यस सहयोगले असहाय विद्यालयहरुको अध्ययनमा थप प्रोत्साहन गरेको छ ।
यस कार्यक्रममा बाल असहाय कोषको संयोजक गीता कुमारी नेपालीले अहिले सीमित असहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग गर्दै आएपनि आगामी धेरै क्षेत्रहरु निर्धारण गरी सहयोग गर्ने योजना तय गरेको बताउनुभयो । यस कोषको सहयोगले त असहाय विद्यार्थीहरुलाई पक्कै पनि पूर्णता नहुने भदै असहायककै कारण विद्यालय छोड्नु पर्ने अवस्थामा पुगेका विद्यार्थीहरुलाई विद्यालय निरन्तरतामा केही सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी समितिको सचिव गंगा चिन्तित बुढामगरले कोष स्थापना गर्नुको उद्वेश्यमाथि प्रकाश पार्दै असहाय बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामाग्री सहयोगले अध्ययनमा थप सहयोग पुग्ने बताउनुभयो । उहाँले यस कोषमा तत्कालीन देश तथा विदेश, स्थानीय संघ संस्थाबाट र विद्यालयको कोषबाट गरी जम्मा रु १ लाखको कोष स्थापना भएको बताउनुभयो । सचिव बुढामगरले आफ्नो फजुल खर्चलाई कटौटी गरी यस कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गर्नुभयो ।

This image has an empty alt attribute; its file name is c1.jpg


त्यस्तै, गोविन्द माध्यमिक विद्यालय दुम्लाका कार्यवाहक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मिलन बुढा र वीरेन्द्र माध्यमिक विद्यालय गाङको विद्यालय व्यवस्थापन समितिको अक्ष्यक्ष खेमबाबु राज डि.सी.ले छिमेकी प्राथमिक विद्यालयले हामीलाई पाठ सिकाएको धारणा व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्तै अभियान चलाउने भनि पहिलो प्रस्ताव ल्याउने बताउनुभएको थियो । साथै विद्यालयका दोय प्रधानाध्यापक नर बहादुर वली र बरमान बुढाले प्राथमिक विद्यालय रानागाउँको सम्मान योग्य काम प्रशंसा गर्नुभएको सचिव गंगा चिन्तित बुढामगरले बताउनुभयो ।

You may also like