मातृ र शिशु मुत्युदर घटाउन सुनिल स्मृति गाउँपालिकामा ‘गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम’ सुभारम्भ

पुष १२ गते
सुलिचौर रोल्पा ।


सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पामा गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम शुक्रबार सुभारम्भ भएको छ । कार्यक्रमले गर्भवती आमाहरुलाई स्वास्थ्य, पोषण, पारिवार भूमिका आवश्यकता सम्बन्धि ज्ञानवृद्धि थप सहयोग पुग्ने भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तिले कार्यक्रमको प्रमुख उद्घाटन गर्दै भन्नुभयो,‘गर्भवती आमाहरुको समस्याहरुलाई गाउँपालिकाले विशेष प्राथमिकता दिँदै गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम गाउँपालिकाले तय गरेको हो ।’ यो कार्यक्रम सुभारम्भबाट गाउँपालिकाका गर्भवती आमा र सम्बन्धित परिवार सदस्यहरुलाई गर्भवती आमाको स्याहार, पोषण, स्वास्थ्य बारेको ज्ञान अभिवृद्ध गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । ‘गर्भवती आमाहरुको अभिभावकत्व भूमिका निर्वाह गर्न तयार छ, गर्भवती आमाहरुमा कुनै समस्या भए गाउँपालिकामा सम्पर्क गर्ने होस् गाउँपालिकाले कुनै कसुर बाँकी राख्दैन’,प्रमुख अतिथि घर्तिले भन्नुभयो । नेपाल सरकारबाट निःशूल्क प्राप्त हुने सेवा सुविधा बाहेक अन्य सेवा सुविधा अब सम्पूर्ण खर्च गाउँपालिकाले व्यवस्था गरेको हुँदा आर्थिक अवस्था कम्जोर भएर स्वास्थ्य जाँच गर्नबाट बञ्चित हुनु नपर्ने गाउँपालिका अध्यक्ष घर्तिले उद्घोष गर्नुभयो ।
‘अब स्वास्थ्य संस्थामा गर्भवती जाँच गरे बापत आठ प्याकेट आयोडिन नुन र पाँच वटा हात धुने सावुन, अनिवार्य चौथो महिना र नौ महिनामा गरिने भिडियो एक्सरे निःशुल्कको व्यवस्था छ,’उहाँले भन्नुभयो । गर्भवती महिलासँग उपाध्यक्ष तथा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको लागि करीव ६ लाख बराबरको नियोजित गरिएको समेत गाउँपालिका अध्यक्ष घर्तिले बताउनुभयो ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनीले भन्नुभयो,‘हिजोका दिनहरुमा घरमा बच्चा जन्माउने आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने गरी घरमै बच्चा जन्माउने परिपाटीलाई अन्त्य गर्नका लागि गर्भवाती आमासँग उपाध्यक्ष कार्यक्रम तय गरेको हो ।’ गाउँपालिकाबासीहरुको निम्ति तय भएका सेवा सुविधाहरु अधिकतम प्रयोग गर्न गाउँपालिका उध्यक्ष क्षेत्रीनीले अनुरोध गर्नुभयो । ‘यो कार्यक्रमबारे तपाईहरुले तपाईको गाउँ घर छरछिमेकमा रहेका सम्पूर्ण गर्भवती आमाहरुलाई जानकारी गराई सुविधा लिनका लागि सहयोगी भूमिका निर्वाह गर्नुहोस्,’ उहाँले भन्नुभयो । कार्यक्रमको फाइदाहरु तथा लक्ष्यहरु– स्वास्थ्य संस्थामा गर्भवती जाँच र संस्थागत सुत्केरी भई आईपर्ने खतरबाट बच्न, नियमित गर्भवती जाँच गरी आमा र शिशुको अवस्था पत्ता लगाई व्यवस्था तथा सेवा उपलब्ध हुने ठाउँमा रिफर गर्न, गर्भ शिशुको वृद्धि विकास, संख्या धड्कन र आशन पत्ता लगाउन, गर्भ शिशुुको र आमाको सम्भावित खतरा पहिचान गर्न, बच्चा आमाको पाठेघरमा बसेको छ वा छैन पत्ता लगाउन, गर्भपतन दरमा कमी ल्याउने, शिशुको विकताङ्गा अवस्था पत्ता लगाई समयमै व्यवस्थापन गर्ने, पोषणको अवस्था पत्ता लगाई समयमै व्यस्थापन गर्ने, बच्चाको २ वर्षमा ८० प्रतिशत दिमागको विकासमा सहयोग पु¥याउने, उचित स्वास्थ्य शिक्षा दिई ज्ञान तथा व्यवहारमा परिवर्तन गर्ने, मातृ मृत्युदर दर शिशु मृत्युदर घटाउन यो कार्यक्रम गाउँपालिकाले सञ्चालन गाउँपालिकाले गरेको हो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, ४ नं. वडा अध्यक्ष गञ्ज क्षेत्री, सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. प्रकृति भट्टराई र स्वास्थ्य संयोजक मोतिम आलमले शुभकामना मनतव्य राख्नुभयो । गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वास्थय सह संयोजक सावित्रा कुमारी थापाले गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like