सुवर्णावती गाउँपालिकाद्वरा अग्नी पीडितलाई राहत प्रदान

रोल्पा समाचारदाता
घोडागाउँ– रोल्पा,

 


सुवर्णावती गाउँपालिका–१ घोडागाउँ पञ्चिकोटका शनिबार अग्नी पीडित परिवारलाई आज सुवर्णावती गाउँपालिकाले घोडागाउँ पञ्चिकोटमा राहत विवतरण कार्यक्रम सम्पन्न भएको छ ।
अग्नी पीडित सात घर परिवारलाई गाउँपालिका अध्यक्ष गुनेन्द्र घर्तीमगर ‘विज्ञान’ले खाद्यन्न लगायतका आवश्यक सामाग्री हस्तान्तरण गर्नुभयो । साथै शहीद स्मृति युवा क्लव घोडागाउँ रोल्पाले पनि सोही ठाउँका अग्नी पीडित परिवारलाई समेत राहत हस्तातरण गरेको थियो । राहत हस्तारण कार्यक्रममा सुवणार्वती गाउँपालिकाका प्रमुुख प्रशासकीय प्रमुख लेखनाथ न्यौपाने, गाउँपालिका सदस्य तुल्सी सुनार, १ नं वडा अध्यक्ष केशलाल कवँर, सोही वडा सचिव ऋषिकेश पोख्रेल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंंह बि.क, नेपाल पत्रकार महासंघको केन्द्रीय पार्सद नारायण के.सी लगायतका सरोकारवाला निकायको आतिथ्यता थियो ।

You may also like