“लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा लिन मैले भूमिका निर्वाह गरेको छु । ” —दीपेन्द्र कुमार पुनमगर ‘सिजल’

“लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा लिनका मैले भूमिका निर्वाह गरेको छु । ”
—दीपेन्द्र कुमार पुनमगर ‘सिजल’
रोल्पा समाचारदाता
गंगादेव गाउँपालिका
कात्तिक २५

तत्कालीन् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिट व्यूरो सदस्य एवं रोल्पाका इन्चार्ज दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले जनयुद्धका एक सिर्ष शहीद कोटगाउँ रोल्पाका नरबहादुर पुनमगर (क. ज्वाला)को दाजु र परिवारबाट रातो शहीदको रगत टिका लगाएर चुनावी अभियान शुरु गर्नुभएका पुनम आज रोल्पा गंगादेवमा पुग्नुभएको छ । विद्यार्थी जीवनकालदेखि संयुक्त जनमोर्चाको राजनीतीमा लाग्दै जनयुद्धकालमा भूमिगत जीवन विताउँदै युद्ध मोर्चाको कमाण्ड समालिरहेको बेलामा दायाँ हात गुमाएका पुनमगरले आफ्नो ज्वाईहरु पूर्णबहादुर पुनमगर (क.सुल्तान) माडी ६ गोलबाङ) र सशिराम पुनमगर (निसान) लाई गुमाएका दीपेन्द्र कुमार पुनमगर । घर जल्ला वा परिवारको सदस्य गुम्दा निरन्तर रुपमा अगाडि बढ्नुभएको सिजल २०६४ सालदेखि प्रतक्ष्य रुपमा असोज २३ गतेसम्म जिल्ला इन्चार्जको भूमिकाका निर्वाह गर्दै आउनुभएको थियो । सधै क्रान्तिकारी आन्दोलनमा लागि रहने सिजल यति बेला जनयुद्ध र माओवादी आन्दोलनको रक्षा साथै रोल्पा जिल्लाको दीगो विकासको नारा दिएर धारो चिन्हबाट स्वतन्त्र उमेद्वार बन्नु भएको छ । सधै जनताको घर आगनमा जाने र जनताको सुख दुखमा साथ दिने दीपेन्द्र पुनमगरले यतिबेला आफ्नो चुनावी अभियानलाई तिव्रताका साथ अगाडि बढाउनभएको छ । चुनावी अभियानमा गंगादेवमा पुग्नुभएका मनिमारेमा रहेको सुनिलको शालिकलाई सलाम गर्दै उहाँले आफ्नो फेसबुक मार्फत जनताले हाल लगाई दिएको माला देश र जनताको लागि शहीद हुनुभएका किमबहादुर थापा (क. सुनिल) लाई लगाई दिइ ति शहीदहरु नै जिवनभरी अमर रहुन् । भन्नुभएको छ ।


एवं रोल्पा आफूले आम रोल्पाली जनताको मनोभावनाको कदर गर्दै उमेद्वार दिएको बताउँदै रोल्पालीले जनताले आफूलाई विजयी बनाउन अपिल गर्नुभएको छ । उहाँले भन्नुभयोः–“रोल्पाली जनताको मतबाट जसरी म २०७४ सालमा गोालकार भित्रको हसियाँ हथौडामा भोट हाल्नुभयो, प्राविधिक रुपमा हाल म धारो चिन्न लिएर आएकोछु मानिस उही हुँ तपाइलाई पनि चिन्छु तपाईले पनि चिन्नुहुन्छ, मलाई विजयी बनाउनु हुन्छ । निर्वार्चित भएको थिए, मैले रोल्पाली जनताको शिर उच्च हुने गरी काम गरेको तपाईहरुलाई थाहाँ छ, मलाई, लुम्बिनी प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि संयोजकको जिम्मेवारी दिइएको थियो त्यसमा आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरे अहिल ५ नं.को राजधानी देउखुखुरी भालुबाङ र नाम लुम्बिनी बनेको छ । यस लगायत मैले रोल्पाको जिल्लाको समग्र विकासमा जनताको हित हुने काम गरेको थिए तपाइहरुलाई थाहाँ छ मैले धेरै बाल्नु पदैन । म फेरी पनि जनताको सेवा गर्नेछु ।”


“मलाई तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेल र आन्तरिक मामिला मन्त्री एवं वर्तमानका कुलप्रसाद केसीले स्थायी राजधानी र नामाकरण समितिको संयोजकको जिम्मेवारी प्रदान गर्नुभयो, २ वर्षसम्म धेरै अध्ययन गरीयो सबै राजनीतिक दलहरुका माननीयसंग छफल गरियो, बहुमतले पारित गरियो यस्ता रोल्पाली जनताको हितमा अन्त्य काम गरेको पति तपाईहरुले देख्नु भएको छ ।” उहाँको थप भनाई थियो ।
आज यस्तो विचार स्वतन्त्र उमेद्वार दीपेन्द्र कुमार पुनमगरले ‘सिजल’ले गंगादेव गाउँपालिका बसारेचौरमा भएको चुनावीसभालाई सम्वोधन गर्दै बताउनुभएको हो । उहाँले विद्यार्थी जीवनदेखि जनताको सेवा निरन्तर गरिरहेको बताउँदै आगामी दिनमा पनि जनताको सेवा गर्ने बताउनुभयो ।
उहाँले २०७४ सालमा आफूलाई यहीका जनताले विजय बनाई जनताको सेवा गर्ने जिम्मा दिएपछि प्रदेशको संरचना नयाँ भएकोे प्रदेशको संरचना जग निर्माण गरेको र आफ्नो पहलमा धेरै काम शुरुवात गरेको बताउँदै ती नै सडक, पुल, पुलेसा, विद्युत, भौतिक संरचना, कृषि क्षेत्र, पशुपालन लगायतको गरेको उल्लेख गर्दै ति अधुरा कार्यलाई आगामी दिनमा पूरा गर्नका लागि आफूलाई विजयी बनाउनको लागि अपिल गर्नुभयो ।
निवर्तमान प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले भन्नुभयोः–“रोल्पा जिल्लाको संघ र प्रदेशसभा माओवादी केन्द्रलाई दिने भन्ने थियो भने पछि नेपाली कांग्रेसलाई आयो त्यसपछि गत स्थानीयतहमा माओवादीलाई हराउन अन्य राजनीतिक दलहरुसँग गठबन्धन गरी हराउने भन्दै हामीलाई कार्यकर्ता, घाइते,अपाङ्गहरुले जिल्ला इन्चार्ज भएको नाताले फोन गरेर उमेद्वार दिनुपर्ने भन्ने भयो मैले दिए अब विजय गराउने जिम्मेवारी हो तपाइहरुले आफ्नो कतव्र्य निर्वाह गर्नुहुनेछ ।”
रोल्पाली जनताको सेवाका लागि विगत विद्यार्थी राजनीति देखि नै सेवा गरेको बताउँदै जनताको सुख दुखमा साथ दिदैँ आएको र यस बसारे चौरको बिद्यालयमा केही समय अगाडि आउँदा विद्यालय र मञ्च राम्रो थिएन, तिरपाल हाल्नुभएको थियो हाल बजेट हालेको थिए, राम्रो गर्नुभएको रहेछ खुसी लागेको छ ।”
उहाँले कसैको केही प्रलोभवनमा नपरी आफूले कार्यका आधारमा र आगामी मंसिर ४ गतेको निर्वाचनमा आफ्नो जीत सबैको सल्लाह अनुसार दिएको उमेद्वारीले पनि गरेको बताउँदै ढुक्क भएर मतदान गर्नका लागि अनुरोध गर्नुभयो ।
सो कार्यक्रममा गंगादेव गाउँपालिका विभिन्न पार्टीका राजनीतिक कार्यकर्ता, समर्थक, मतदाता लगायतको सहभागीता थिए । जनताले पनि आफ्नो गाउँको विकास गरेको स्वतन्त्र उमेद्वारलाई मत प्रदान गर्ने गर्ने प्रतिक्रिया दिएका छन् ।

You may also like