राष्ट्रिय जनगणना २०७८ सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठी

मंसिर १९ गते
लिबाङ रोल्पा ।


राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठी आज लिबाङमा सम्पन्न भएको छ । जनगणना सम्बन्धि जिल्लाका सरोकारवाला निकार्यले जानकारी पाएक छन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं रोल्पा नगरपालिका नगर प्रमुख पूर्ण के.सी.ले स्थानीयतहरुले आफ्नो प्रयोजनका लागि घरधुरी, जनसंख्या लगायतका आवश्यक पक्षहरुलाई संकलन गरी नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । स्थानीयतहरुलाई आवश्यक तथ्यङ्कहरु संकलन भएपपनि धेरै तथ्यङ्कहरु २०६८ सालको जनगणनाको तथ्यङ्कहरुको प्रयोग आइरहेका छन् । जसले देशको वर्तमान जसंख्याको वास्ताविक विवरण नहुँदा संघी सरकार, प्रेदश सरकार र स्थानीयतहहरुको नीति तथा कार्यक्रम प्रभाव परेको धारणा व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय जनगणना प्रभावकारी कार्यन्वयनका लागि रोल्पा नगरपालिकाको तर्फबाट सक्पदो सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । २०७८ सलामा सम्पन्न हुने राष्ट्रिय जनगणनाबाट नेपालको वास्ताविक जनसंख्याले संघीय सरकार, प्रदेश सरकार र स्थानीतहहरुलाई नीति तथा कार्यक्रममा थप सहयोग बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानेले विगतको राष्ट्रिय जनगणनाभन्दा २०७८ सालको राष्ट्रिय जनगणनामा १४ औं विषयवस्तु समावेश गरेको बताउनुभयो । जसबाट धेरै तथ्याङ्क संकलन हुने भएकोले नेपाली नागरिकलाई समेत आवश्यक तथ्याङ्क अध्यायनमा थप सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । विगतको जनगणनामा शिक्षकहरुको परिचालनबाट विद्यार्थीको पढाईमा समेत प्रभाव परेको अवस्थामा २०७८ सालको जनगणनामा शिक्षक परिचालन नगर्ने सरकारको नीति स्वागत योग्य भएको बताउनुभयो । जनगणनाको क्रममा नेपाल सरकारले तय गरेको सुपरिवेक्षक स्नातकतहको शैक्षिक योग्यता निर्धारणले हिमाली र पहाडी जिल्लामा समस्या हुने भएकोले निर्धारित शैक्षिक योग्यताप्रति पुर्नर विचार गर्नुपर्ने समेत सुझाव व्यक्त गर्नुभयो ।

कार्यक्रममा तथ्याङ्क कार्यालय प्यूठानको तथ्याङ्क अधिकृत रोचक सुवेदीले २०७८ सालको जनगणनाको सम्बन्धि कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथ्याङ्क कार्यालय प्यूठानको सुपरिवेक्षक देवु प्रसाद अर्यालले गर्नुभएको भियो भने स्वागत कार्यालयको खरिदार सावित्रा पराजुलीले गर्नुभएको थियो ।

You may also like