लिपु लेक फिर्ताको माग गर्दै राष्ट्रिय जनमोर्चा रोल्पाद्वारा मसाल जुलुस

कार्तिक २१ गते
लिबाङ रोल्पा ।


नेपालको सीमा अतिक्रम गर्दै भारत सरकारले आप्mनो नाक्समा कायम गरेको विरोधमा राष्ट्रि जनमोर्चा रोल्पाले आज साझ मसाल जुलुस सहित विरोध गरेको छ ।
राष्ट्रिय जनमोर्चा पार्टीले देशभरि नेपालको लिम्पु धुरी र लिपु लेक भारताको नाक्समा कायम गरेको विरोधमा भारतीय सेना कालापानी छोड, लिम्पु धुरी र लिपु लेक हाम्रै हो, अतिक्रमण ६० हेक्टर भूमि फिर्ता गर, मोदी सरकारको नेपाल हड्प्ने सपना बन्द गर जस्ता नारा सहित विरोध जुलुस निकाल्यो ।

सोही क्रममा राष्ट्रि जनमोर्चा पार्टी रोल्पाले पनि मसाल जुलुस कार्यक्रम सम्पन्न गरेको हो । विरोध जुलुसलाई जिल्ला पार्टी अध्यक्ष मेघनाथ विष्टले सम्बोधन गर्दै भारत सरकारबाट अतिक्रम नेपाली भूमि लिम्पु धुरी र लिपु लेक लगायतका अतिक्रमित भूमिहरु फिर्ता नहुँदासम्म निरन्तर भारतीय सामाज्रजादीको विरोधमा पार्टी उभिने प्रतिवद्धता समेत समेत उहाँले व्यक्त गर्नुभयो ।

राष्ट्रि स्वाधिनतामाथि भारत सरकारको हस्तक्षेपको विरोधमा राष्ट्रियता संरक्षणका लागि देशभक्ति जनतान्त्रिक शक्ति एवं वाम्पन्थि, राष्ट्रवादी शक्तिहरुले एक ठाउँमा उभिएर नेपाली भूमि फिर्ता गर्नुपर्ने आवश्यक औल्याउनुभयो । उहाँले राष्ट्रिय स्वाधिनता रक्षाको समयमा कुनै राजनीतिक शक्तिलाई प्रतिबन्ध लगाउनुको कुनै सार्थकता नभएको भन्दै अब सबै राष्ट्रि भक्ति शक्तिहरु एक ठाउँमा उभिएर भारतीय सामाज्रवादीको विरोधमा उत्रिनुका लागि सबै राजनीतिक दलहरुलाई अनुरोध गर्नुभयो ।

राष्ट्रिय स्वाधिनको रक्षाके निम्ति पार्टीको हरेक कार्यक्रममा सबैलाई साथ सहयोगका लागि समेत उहाँले हार्दिक अपिल गर्नुभयो । अतिक्रमित नेपाली भूमि फिर्ताको निम्ति नेपाल सरकारको राष्ट्रिय जनमोर्चा पार्टी निरन्तर सहयोगी भूमिका निर्वाह गर्ने समेत बताउनुभयो ।

नेपालको लिपु लेक सहितका नेपाली भूमि भारताको नक्सामा कायम गदैै भारत सरकारले पछिल्लो समयमा सार्वजनिक गरेको नक्साको नेपालमा व्यापक विरोध भएको छ । मसल जुलुस राष्ट्रिय जनमोर्चा रोल्पा जिल्लाको पार्टी कार्यालय बिच बाजारबाट निस्किएको जुलुस टुडिखेलमा कोण सभामा परिणत भएको थियो । जुलुसमा राष्ट्रिय जनमोर्चाको नेता, कार्यकर्ता, शुभचिन्तकहरु लगायत राष्ट्रवादीहरुको सहभागिता थियो ।

You may also like