राष्ट्रपति रनिङ शिल्डमा विजय खेलाडीलाई विद्यालयद्वारा सम्मान

खुमबहादुर सुनार,
माघ ७ ठूलो नम्जा, रोल्पा

This image has an empty alt attribute; its file name is g2-1.jpg

लुङग्री गाउँपालिकामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजय खेलाडीहरुलाई गौरी शंकर माध्यमिक विद्यालय ठूलो नम्जाले सम्मान गरेको छ ।
पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा विद्यालयले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । सोही अवसरमा अयोजित कार्यक्रमको प्रमुख अतिथि तथा लुंग्री गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष वीरवल खड्काले विद्यालयले विगतको तुलनामा पठन पाठनका साथै खेल क्षेत्रमा समेत सुधार गर्दै लगेकोे बताउनु भयो । विद्यार्थीलाई स्वस्थ, गतिशिल र अनुशासित राख्न खेल क्षेत्रको अहम भूमिका रहने बताउदै स्वस्थ, गतिशिल र अनुशासित विद्यार्थीले मात्रै राम्रोसंग पठनपाठन गर्न सक्ने वताउनु भएको थियो । यसरी नै विद्यालयलाई सबै पक्ष मिलेर अगाडी बढाउन सकेको खण्डमा विद्यालयको नाम र विद्यार्थीहरुको पनि नाम उच्च हुने बताउदै सबैले सक्दो मेहनत गरेर जिल्लाकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित गर्दे लैजान विद्यालय परिवारलाई आग्रह समेत गर्नुभएको थियो ।
खेलाडीको सम्मान कार्यक्रममा विभिन्न विधामा सहभागि भएका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित हुने खेलाडीहरूमा ३ हजार मिटर दौडमा स्वर्ण पदक विजेट कक्षा ७ का सन्तोष वि.क, हाईजम्पमा स्वर्णपदक विजेता कक्षा १० का विपना बानियाँ, ज्यावलिङ थ्रोमा स्वर्णपदक विजेता कक्षा १० का वर्षा जिसी रहेका छन । त्यसैगरी सम्मानित हुने अन्य खेलाडीहरूमा लङजम्पमा स्वर्णपदक विजेता कक्षा ८ का भुपेन्द्र विक, छात्र २ सय मिटर दौडमा स्वर्ण पदक विजेता कक्षा ८ का ममता खडका, छात्रा पन्ध्र सय मिटर दौडमा स्वर्ण पदक विजेता कक्षा ९ का होलिका विक रहेका छन । त्रिपल जम्प प्रतियोगितामा रजत पदक विजेता र २ सय मिटर दौडमा रजत पदक विजेता कक्षा ८ छात्र भुपेन्द्र वि.क., हाईजम्पमा कास्य पदक विजेता कक्षा ९ का झकेन्द्र वि.क. का साथै कास्य पदक विजेता कक्षा १० का सागर खडका, लालचन जिसी, दिपक खडका, कक्षा ९ का सन्तोष विक कक्षा ७, एउटै समुहमा चारजना रिले दौड विजेता र प्रतियोगितामा सहभागी विद्यार्थीहरू सबैलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुलाई प्रतियोगितामा सफल बनाउनका लागि अहोरत्र खटि सक्रिय रहेको भनि शिक्षकहरु माणिराम गोराथोकी, लेखनाथ विष्ट, डिल्ली खड्का र योगेन्द्र जिसीलाई पनि सम्मान गरिएको थियो ।

This image has an empty alt attribute; its file name is g1-2.jpg


गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यपक तुलबहादुर खड्काको अध्यक्षता रहेको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका शिक्षिका नौसरा थापाले गर्नु भएको थियो भने सञ्चालन शिक्षक तथा सुचना अधिकारी यामबहादुर रोकाले गर्नुभएको थियो । कार्यक्रममा गौरीशंकर माध्यमिक विद्यालय ठुलो नम्जाका शिक्षक, शिक्षिका, स्थानीय समाजसेवी, बुद्धीजिवी लगायतको सहभागिता रहेको थियो ।

You may also like