सामाजिक अभियान्तालाई सम्मान गर्दै लैगिक हिंसा विरुद्धको अभियानको समापन


रोल्पा समाचारदाता
मंसिर २५ जु्गार

This image has an empty alt attribute; its file name is tirben-hisla-1024x498.jpg


त्रिवेणी गाउँपालिका रोल्पामा महिला हिँसा बिरुद्धको १६ दिने अभियानको बिहीबार अन्तिम दिन महिला हिँसा बिरुद्धको अभियानमा खटिने अभियान्ताहरुलाई सम्मानसहित विभिन्न कार्यक्रम गरि मनाएको छ ।
“लैङ्िगक हिँसा अन्त्यको प्रतिबद्वताःब्यक्ति समाज र सबैको एक्यवद्धता” भन्ने मुल नाराका साथ यस गाउँपालिकाले नोबेम्वर २५ देखि विभिन्न कार्यक्रम गर्दै आइरहेको थियोे जसमा ‘म हिँसा गर्दिन हिँसा पनि गर्न दिदैन’ भन्ने हेतुका साथ पहिलो दिन सेतो रिवन लगाएर मौन ¥याली सहित बजार परिक्रम गरि मनाएको थियो भने आज अन्तिम दिन डिसेम्बर १० तारिकमा सामाजिक अभियान्ताहरुलाई सम्मान–पत्रसहित र डोसल्ला ओडाएर सम्मान गर्ने कार्यक्रम समेत गरेको छ ।
त्रिवेणी गाउँपालिका रोल्पा र ग्.प्. ब्ष्म ख्क्इ तथा क्ष्ब् को सहकार्यमा माहुरी होमद्वारा सन्चालित सहज परियोजनाको सयुक्त आयोजनामा लैङ्िगक हिँसा बिरुद्वको १६ दिने अभियानको अन्तिम दिन विभिन्न कार्यक्रम गरी समापन गरिएको छ।

This image has an empty alt attribute; its file name is sammn-dhara.jpg


गाउँपालिका अध्यक्ष शान्त कुमार वलीको अध्यक्षतामा शुरु गरिएको कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष कृष्ण बहादुर केसी, नेर्पा प्रहरी चौकि ईन्चार्ज रोम चन्द् घर्ती, माहुरीहोम सहज परियोजना अधिकृत दिनेश कुमार चौधरी, वडा सदस्य कृष्णा बिक सहज परियोजना सामाजिक परिचालक राजेन्द्र घर्ती मगर लगाएतको सहभागिता रहेको थियो । साथै लैङ्िगक हिँसा बिरुद्वको १६ दिने अभियानमा (लयखझदभच द्दछ(मभअझदभच ज्ञण्) को अवसरमा यस गाउँपालिकामा रहेका लैँगिक हिँसा पीडित ब्यक्तिहरुको अधिकारको सुनिश्चितताका लागि हरेक दिन खट्नु हुने सामाजिक अभियान्ताहरु वडा न १ का िनिर्मला घर्ती ,वडा न २ का मिना राना, वडा न ३का पिमा बुढा मगर, वडा न ४ का तेजुमाँया डाँगी, वडा ५ का धरेन्द्र डाँगी, वडा ६ का हिमराज पुन, वडा न ७ का सँगिता चन्दलाई आज गाउँपालिकाले सम्मान गरेको छ ।
लैँङगिक हिँसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम सन्चालन प्रशासन अधिकृत हेमराज उपाध्याय गर्नु भएको थियो भने स्वागत मन्तब्य महिला, बालबालिका तथा समाज कल्याण ईकाइका सहायक महिला निरीक्षक हिरा बुढाले राख्नु भएको थियो। त्यस्तै कार्यक्रममा राजनीतिक दल, समाजसेवी ,कर्मचारी, समाजिक अभियान्ता लगायतको आतिथ्यता रहेको गाउँपालिकाका प्रेस संयोजक प्रतिज्ञा विएमले जुगारबाट जानकारी दिनुभएको छ ।

You may also like