माडी ६ कोर्चाबाङ जातीय छुवाछुतमुक्त घोषणा भयो, समृद्धको यात्रामा अर्काे एक कदम अगाडि बढ्यो

रोल्पा समाचारदाता
जेठ २८ कोर्चाबाङ, रोल्पा


प्रदेश नं. ५ का सांसद दीपेन्द्र कुमार पुनगर ‘सिजल’ ले विगतको शासक वर्ग जातीय छुवाछुत गलत हो भन्ने नबुझेकाले जातीय छुवाछु प्रथा कायम नै रहेको बताउँदै हालका राज्य सञ्चालकहरुले यो प्रथा सामाजिक विकासका लागि बाधक हो भन्ने बुझेपछि मात्रै जातीय छुवाछुत हुने बताउनुभयो ।
यस्तो कुरा प्रदेश सांसद दीपेन्द्र कुमार पुनमरले माडी गाउँपालिका–६ नं. वडा कोर्चाबाङलाई जातीय छुवाछुतमुक्त एवं बालीघरे खलोप्रथा अन्त्य घोषणा गर्ने कार्यक्रममा उद्घाटन गर्दै बताउनुभो । उहाँले समृद्धिको एउटा आधार जातीय विभेद पनि अन्य हुनु पर्ने बताउँदै यसमा सबैले साथ लिएपछि मात्रै सम्भव हुने कुरा बताउनुभएको हो । उहाँले जातीय छुवाछुत सामाजिक रुपको जघन्य अपराध भएको बताउँदै त्यसलाई सबैले हटाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेस साँंसद पुनमगरले कोर्चाबाङलाई जातीय छुवाछुतमुक्त एवं बालीघरे खलोप्रथा अन्त्यको घोषणा गर्नुनएको हो । सपथमा सबैलाई भन्नुभयो भयो ः–“माडी ६ कोर्चाबाङलाई आजैका मितिदेखि नेपालको संविधान, कानून बमोजिम जातीय छुवाछुत एवं बालीघरे खलो प्रथा अन्त्य भएको घोषणा गर्दछु ।”


यस्तै कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले विश्वमा मानवहरु दुइजाती मात्रै हुने बताउँदै अब सँसारका मानिसहरु शिक्षित बन्दै गएमा त्यसरी नै अगाडि बढ्ने बताउनुभयो ।

यसैगरी माडी गाउँपालिका अध्यक्ष नन्दबहादुरले सबैको प्रयासबाट जातीय छुवाछुत वडा निर्मणका लागि सबै गाउँपालिकाबाट लाग्नका लागि अनुरोध गर्नुभयो । साथै आगामी वर्षमत्रि माडी गाउँपालिकाकालाई जातीय छुवाछुतगाउँपालिका निर्माणका गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संयुक्त दलित जनअधिकार मञ्चका संयोजक एवं जिल्ला समन्वन्व समितिका सदस्य कर्मलाल परियारले विगतको राज्यसत्ताले दलितहरुलाई उत्पीडनमा राखेको र हाल अधिकार सम्पन्न बनाउनको लागि सरकार लागि परेको बताउँदै दलित समुदाको विकास एवं समृद्धि बनाउन सबै एकजुत हुनुका लागि अनुरोध गर्नुभयो । उहाँले घोषणा गर्नका लागि सहयोग सबैलाई धन्यवाद दिनुभयो । विगतमा राज्यसत्ताले दलितहरुलाई उत्पीडनमा पारेको बताउँदै त्यसका विरुद्ध संघर्ष आश्यक रहेको बताउनुभयो ।
श्रम र सीपको सम्मान, समाज व्यवहार, छुवाछुत कोर्चाबाङ समृद्धको आधार भन्ने मूल नारा सहित जातिय छुवाछुत र बालिघरे प्रथामुक्त वडा घोषण हुँदै छ । संयुक्त दलित जनअधिकार मञ्च र वडा कार्यालयको सक्रियतामा जातिय छुवाछुत र बालिघरे प्रथामुक्त घोषणा हुँदै छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हिमलाल विश्वकर्माले दलित समुदायको विजयी प्राप्त भएकोले दलित समुदायको विजय भएको बताउनुभयो । यसका लागि गैर दलित समुदायबाट यो पहल भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका सचिव हरिप्रसाद घर्तीमगर, नेपाली कांग्रेस रोल्पा क्षेत्र नं. २ का सभापति गोपाल घर्तीमगर, २ नं. वडा कार्यालयका अध्यक्ष ललित घर्तीमगर, गाउँ कार्यपालिका सदस्य झग्गु परियार, गाउँ कार्यपालिका सदस्य बन्दना घर्तीमगर, नेकपा जिल्ला सदस्य प्रेम घर्तीमगर, नेपाली कांग्रेसका टेकबहादुर घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी ६ का अध्यक्ष कमन बुढामगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समानन्तर कमिटीका प्रतिनिधि भिमबहादुर पुनमगर, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काँशीराम डाँगी, पूर्व अध्यक्ष खेम बुढा, प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, उपाध्यक्ष दारासिंह डाँगी, उपाध्यक्ष देवि गुरुङ, नागरिक दैनिकका सम्वाददाता दिनेश सुवेदी, नयाँ पत्रिकाका रोल्पा सम्वादाता एवं सनस्टार साप्ताहिकका सम्पादक नविन लोचनमगर, रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वली, रोल्पा समाचार साप्ताहिकका कार्यकारी सम्पादक रेशम विश्वकर्मा, कान्तिपुर टेलिभिजनका पहलमान घर्तीमगर, शुसासन साप्ताहिका टेकनारायण विश्वकर्मा, दलित सञ्जाल कोर्चाबाङका अध्यक्ष खर्कबहादुर विश्वकर्मा, श्री सिद्ध कैलास मा.वि.का प्र.अ. शुबहादुर बुढामगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोबहादुर घर्तीमगर लगागातको उपस्थिति रहेको थियो ।


माडी गाउँपालिकाको आर्थिक सहयोग, माडी गाउँपालिका–६ नं. वडा कोर्चाबाङ रोल्पाको आयोजना र दलित जनअधिकार मञ्च माडी गाउँपालिका–६ नं. वडा कोर्चाबाङ रोल्पा यतिबेला जातिय छुवाछुत र बालिघरे प्रथामुक्त घोषणा भएको हो । राजनीतिकदल, जनप्रतिनिधि, कर्मचारी, पेशाकर्मी, सरकारी तथा गैर सरकारी संघ संस्था, नागरिक समाज, दलित अधिकारकर्मी, आमा समूह, सञ्चारकर्मी लगायतका सरोकारवाला निकायहरुलाई उफस्थिति रहेको थियो ।
कार्यक्रममा २२ जोडी अन्तरजातीय विवाह गर्ने विवाह जोडीलाई सम्मान गरिएको थियो । दलित र गैर दलितबीचमा विवाह गर्ने विवाहित जोडिलाई पनि सामाजिक सम्मानका लागि सम्मान गरिएको आयोजकले बताएको थियो । यसै गरी कृषि औजार निर्माण गर्ने र सिचाई कटाई पेशा गरी उदाहरणीय काम गरिरहका दलितहरुलाई समेत सम्मान गरिएको थियो ।


यसैगरी कार्यक्रममा दलित र गैर दलित समुदाय बीच सहभोज, परम्परागत सारङ्गे नाच, पैसेरु नाच र मयुर नाच, आमा समूहहरुको गीत र नृत्य प्रस्तुति, विद्यालयहरुको विद्यार्थीहरुको पिटी प्रदर्शनी लगायतको कार्यक्रम गरिएको थियो । उक्त वडामा दलित समुदाय र जनजातिहरुको बाहुल्य बसोबास भएको वडा हो भने पछिल्लो समयमा बसाइसराई गरी आएका न्यून घरधुरी अन्य समुदायहरुको समेत बसोबास हुदै आएको छ । वाडमा जातीय छुवाछुत विगतदेखि नै न्यून हुँदै आएको छ भने यस कार्यक्रमले थप जातिय छुवाछुत र बालिघरे प्रथामुक्तमा टेवा पुग्ने भएको छ । परम्परागत आरन पेशाप्रति दलित समुदायहरुको आकर्षण न्यून भएको बेला बालिघरे प्रथामुक्तले परम्परागत आरन पेशा समेत आधुनिकिकरणमा थप सहयोग पुग्ने भएको छ । बालिघरे प्रथाकै कारण आरन पेशाप्रतिको अकर्षण न्यूनभएको अवस्थामा बालिघरे प्रथामुक्त वडा घोषणासँगै दलित समुदायहरुको समेत कृषि औजार निर्माणमा आकर्षण बढ्ने भएको छ । यस वडामा आधुनिकिकरण व्यवस्थापन सहित गैर दलित समुदायहरुको समेत कृषि औजार निर्माण उद्योग प्रति आकर्षणको पेशा बनेको छ ।


कार्यक्रम वडा अध्यक्ष खर्कबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव तिर्थ घर्तीमगरले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा स्वागत वडा सचिव कविराज घर्तीमगरले गर्नुभएको थियो ।
माडी ६ कोर्चाबाङ समृद्धिको दिशामा निरन्तर अगाडि बढिरहेको छ । राजनीतिक, सामाजिक, साँस्कृतिक, र आर्थिक हिसावले पनि विकसित कोर्चाबाङले विगतको परिवर्तनको आन्दोलनमा पनि आफ्नो भूमिका उदाहरणीय प्रस्तु गरेको विभिन्न व्यक्तिहरुले बताइरहेका छन् । यसैक्रममा पछिल्लो चरणमा पनि खुला दिशामुक्त, साक्षतरतायुक्त, अनिवार्य तथा निशुल्क शिक्षा लगायतको घोषणा भइरहेका छन् । यसैगरी बाल विवाह न्यूनिकरण, मदिरापान विरोधीको अभियानमा पनि निरन्तर लागेको छ । विगतदेखि नै दलित र जनजाती समुदायको मात्रै बसोबास रहेको वडामा जातीय विभेद थिएन त्यसले कानूनी र प्रक्रियागत ढंगले पनि पूर्णता पाएका छ । कोर्चाबाङबासीहरु खुशी र हर्षमा एउटा नयाँ इट्टा थपिएको छ ।

You may also like