रोहित पुनको हत्याको विरोधमा अनिश्चितकाली बन्द हुने पुनमगरलाई शहीद घोषणा गर्नुपर्ने माग

रोल्पा समाचारदाता
रोल्पा लिबाङ
भाद्र २५ गते
रोल्पाको सुलिचौरमा गोली हानेर  मृत्यु भएका २९ वर्षिय रोहित पुनमगरको हत्याको विरोधमा आज रोल्पा जिल्ला बन्द भएको छ । रोल्पा रोल्पा न.पा. १० धबाङका देबबहादुर घर्तीमगरले प्रहार गरेको गोलीबाट पुनमगरको मृत्यु भएपछि विरोध स्वरुप नेपाल तरुणदलले आज बन्दको आयोजना गरेको हो । बन्द सरकारले घटनाका आरोपितहरुलाई लिएर सार्वजनिक नगर्दा सम्म बन्द अनिश्चित हुने समेत नेपाल तरुणदल रोल्पालेब ताएको छ ।


कोणसभामा बोल्दै पूर्व साँसद नेपाली लेखनाथ आचार्यले हत्याकारलाई कारवाहीको काम गर्नुभएको छ । यस्तै निवर्तमान सभापति कृष्णबहदाुर घर्तीमगरले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखले ध्यान दिएर छिटा नियन्त्रणमा लिनका लागि अनुरोध गर्नुभयो । यस्तै आरोपितहरु नेपाल तरुणदलका अध्यक्ष जितविक्रम मल्लले सरकारकै संरक्षणमा रहेको समेत दावी गर्नुभयो । यस्तै नेविसंघ रोल्पाका अध्यक्ष शेरबहादुर थापाले फकाई फकाई गोली हानी हत्या गरिएको दावी गर्दै तुरुन्त सरकाले कारवाही गर्नका लागि अुरोध गर्दै पुनलाई शहीद घोणाको माग गर्नुभएको छ ।
यस्तै नेपाल महिला संघ रोल्पाका अध्यक्ष पुष्षा श्रेष्ठले स्वर्गीय रोहित पुनमगरलाई शहीद घोषणा र हत्याराहरुलाई कारवाहीको काम गर्नुभएको छ ।
आज दिनभरी भएको बन्द भएपछि रोल्पाबाट बाहिर जाने र आउने यातायाताका सवारी साधन, बजार सबै बन्द भएका छन् रोल्पा जिल्लाका घर्तीगाउँ, सुलिचौर, होलेरी थबाङ लगायतका सबै बजारहरु बन्द भएका छन् । तरुण दल नेपाल जिल्ला कार्यसमितिले आज ५ बजेबाट मात्रै बन्द खुल्ने जानकारी दिएपनि अनिश्चतकालीन बन्द गरिने आयोजकले बताएको छ । लिबाङबजार परिक्रम गर्दा ¥यालीमा सहभागिहरुले रोहित पुनमगरलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारालाई कारवाही गर्नुपर्ने लगायतका नाराहरु लगाएका थिए ।
करिव ५ बजेतिर गरेको ३ राउण्डको गोलीबाट करिव २९ वर्षिय रोहीत पुनमगरको मृत्यु भएको हो । सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलिचौरमा रहेको रेशप्वाइन्ट होटेलमा दुवैे जनारहेका बेलामा विगतदेखिको केही मनमुताव भएपछि होटेलमै गोली हानी हत्या गरेका हुन सक्ने प्रहरी श्रोतले बताएको छ ।
गोली लागेर मृत्यु हुने रोहित पुनमगर नेपाल तरुणदलका रोल्पा नगर अध्यक्ष समेत रहेका छन् । रोहितपुनमगर केही दिनको भ्रमणपछि सुलिचौरमा आएको र देवबहादुर पनि त्यही सुलिचौरमा भएको बेलामा झडव भएको हो । कि गोली हानेको भन्ने प्रारम्भिक बयानमा देवले आफूलाई केही समूहले आक्रमण गरेको र आफूले प्रतिरक्षाका लागि गोली हानेको मात्रै बयान दिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख दिपक खड्काले केही समयपछि पत्रकार सम्मेलनको आयोजना गरी घटनाको सार्वजनिक गरिने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुखले सुरक्षा समितिको बैठकपछि पत्रकार सम्मेलन गरी जानकारी दिने बताउनुभयो । उहाँले कानून अनुसार अगाडि बढीनेसमेत बताउनुभो । पुनको शव जिल्ला अस्पताल रेउघामा रहेको छ ।
अनिश्चितकाली बन्दले रोल्पा जिल्लाका जनजीवन निकै प्रभावति हुने सम्भावना रहेको छ । त्यसैले सरोकारवालाहरु बसेर यस विषयमा गम्भिररुपमा छलफल गरी सामाधान खोज्न आवश्यक देखिन्छ ।

You may also like