लिबाङमा पनि किस्तामा मोबाइल तथा इलेक्ट्रीकल सामान खरिदको व्यवस्था

लिबाङ रोल्पा

असोज ३० गते ।


ग्लोबल आइएमई बैंक लिबाङ र समिप मोबाइल तथा इलेक्ट्रोनिक सेन्टर लिबाङ बीच भ्बकथ द्यगथ भ्बकथ एबथ को लागि रोल्पामा पहिलो पटक मोबाइल, ल्यापटप, क्यामेरा, टि.भि.तथा इलेक्ट्रिकल सामानहरु किस्तावन्दिमा नै खरिदको सेवा सुरुवात भएको छ । जुन सेवाले उपभोक्ताहरुलाई सहज वातावरण सिर्जना भएको छ ।
भ्बकथ द्यगथ भ्बकथ एबथ अन्र्तगत उक्त सामग्री खरिदमा कुनै पनि अग्रीम भुक्तानी निःशुल्क, धितो तथा व्याज लाग्ने छैन । १५ हजारदेखि २ लाखसम्मको सामग्री खरिद गर्न सकिने र उक्त रकम सबै एकै पटक भुक्तानी गर्नु नपर्ने भई मासिक शुन्य प्रति सतव्याज र किस्तावन्दिमा उपलब्ध हुने र किस्तावन्दि ६ महिने, १२ महिने तथा १८ महिने ग्राहकको रोजाइमानै बनाउन पाइने समिप मोबाइलका प्रोपराइटर संगम रोकामगरले बताउनुभयो । सामान खरिदको लागि ग्राहक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड प्रयोगकर्ता भने अनिवार्य हुनु पर्नेछ । यसभन्दा अगाडि पनि कार्ड प्रयोग गरी सकेका प्रयोग कर्ताको लागि यो मान्य रहनेछ भने अन्यको लागिभने क्रेडिट कार्ड आवेदन दिनु पर्नेछ । क्रेडिट कार्ड तथा भ्बकथ द्यगथ भ्बकथ एबथको लागिभने बैंकको आवश्यक मापदण्ड तथा शर्तहरु रहेको र उक्त शर्त भित्र प्रयोग कर्ता परेमा कार्ड उपलब्ध गराउन सकिने ग्लोबल आइएमई बैंक लिबाङ शाखाका शाखा प्रबन्धक प्रविण आचार्यले बताउनुभयो । यससँगै मोबाइल तथा अन्य सामग्री खरिदको लागि ग्राहकलाई सजिलो हुने भएको छ ।

यो सेवा रोल्पामै पहिलो पटक सुरुवात गरिएको भएपनि अन्य केही जिल्लामा ग्लोबल आइएमई बैंकले यो सेवा दिँदै आइरहेको थियो । साथै रहोस् ग्लोबल आइएमई बैंक लिबाङ शाखाले लिबाङ तथा घर्तीगाउँका विभिन्न पसल, होटल तथा रेष्टुरेन्टहरुमा त्तच् एबथmभलत पनि उपलब्ध गराएको छ जहाँ मोबाइल बैङ्किङ सेवाबाट नै रकम भुक्तानी गर्न सकिनेछ । साथै सातदोबाटो स्थित लिलाइन होटल प्रा.लि.मा एयक ःबअजष्लभ उपलब्ध गराएको छ भने समिप मोबाइलमै केही समयमा नै उपलब्ध गराउने प्रबन्धक आचार्यले जानकारी दिनुभयो । पछिल्लो समय ग्लोबल आइएमई बैंक लिबाङ शाखाले पहिलो पटक नयाँ नयाँ प्रविधि मार्फत लिबाङ र घर्तीगाउँलाई प्रविधिमय बनाएको र सबै खुशि भएको समिप मोबाइलका व्यवस्थापक रोका र घर्तीगाउँ बजार व्यवस्थापन समितिका अध्यक्ष कमल घर्तीमगरले बताउनुभयो । पछिल्लो समयमा सेवाग्राहीहरुको सेवालाई मध्येनजर गर्दै ग्लोबल आइएमई बैंक लिबाङ रोल्पाले विभिन्न सेवाहरु विस्तार गर्दै आएको छ । सोही अन्तर्गत पहिलो पटक मोबाइल, ल्यापटप, क्यामेरा, टि.भि.तथा इलेक्ट्रिकल सामानहरु किस्तावन्दिमा नै खरिदको सेवा सञ्चालनमा ल्याएको हो । जुन सेवा विस्तारले आम उपभोक्ताहरुलाई सहज सजिलो वातावरण सिर्जना भएको उपभोक्ताहरुले बताएको छन् । यसरी नै आम उपभोक्ताहरुको आवश्यकहरुलाई आगमी दिनमा पनि यसरी नै मध्येनजर गर्दै यस्ता प्रविधि सेवा विस्तारको तयारीमा रहेको ग्लोबल आइएमई बैंक लिबाङ रोल्पाको शाखा प्रबन्धक प्रविण आचार्यले बताउनुभयो ।

You may also like