छरिएर रहेको रकमलाई खाता मार्फत बचत गरौँःशाखा प्रबन्धक आचार्य

समयको विकाससँगै बैंकिङ करोबार वर्तमान समयमा मानवीय जीवनको अनिवार्य बनेको छ । आम मानसिहरुहको बैंकिङ करोबारलाई मध्यनजर गर्दै ग्लोबल आइएमई लिमिटेड नेपालभरीका विभिन्न ठाउँहरुमा बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ । सोही क्रममा लिबाङमा विगत केही वर्षदेखि ग्लोबल आइएमई लिमिडले लिबाङमा शाखा सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । मानवी जीवनमा आर्थिक करोबारमा सहज वातावरण सिर्जना गर्दै गरेका अवस्थामा अब ग्लोबल आइएमई लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बीच समायोजनको प्रक्रियामा अगाडि बढेको छ । अब यि दुई बैंक बीच समायोजनको प्रक्रियामा अगाडि बढेको अवस्थामा बैंकको सेवा प्रवाह, लगानी लगायतको विषयवस्तुमा लिबाङ शाखा रोल्पाका शाखा प्रवन्धक प्रविण आचार्यसँग रोल्पाका समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गर्नुभएको थियो ।


पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
धन्यवाद
जिल्लाको बैंकिङ अवस्थालाई कसरी नियाल्नु भएको छ ?
जिल्लाको बैंकिङ अवस्था पहिलेकोभन्दा अहिले निकै सुधारिएको छ । अन्य जिल्लाको तुलनामा रोल्पाको दुर दराजमा बैंकको बारेमा कारोबारको बारेमा धेरै नै उत्सुकता अनि ज्ञान वृद्धि भएको छ । फेरी केही स्थानियतहबाहेक अन्य सबै तहमा बैंकको पहुँच पुगिसकेको छ । यो नै खुसिको कुरा हो ।
अब ग्लोबल आइएमई बैंक र जनता बैंक बीचको समायोजन हुँदै छ, अब शाखाले कसरी सेवा प्रदान गर्दै छ ?
पक्कै पनि मर्जरमा जाने पहिलो र ठूलो बैंक हुनु हाम्रो लागि गर्वको कुरा हो । एक दृष्टिकोणले भन्ने हो भने अबको मर्जरले सेवा सुविधा अझै छिटो छरिटो नै हुनेमा हामी विश्वस्त छांै । जहासम्म मर्जरको कुरा छ । यो हामीले यहाँबाट गर्ने भन्दापनि केन्द्रीय कार्यालयहरुको निर्देशन एम.ओ.यु सभ्झौता अनुसार नै चल्ने हो ।
केन्द्रीय कार्यालयबाट सेवा प्रदानमा कस्तो निर्देशन छ ?
मर्जरको लागि सहमति भएपनि माथिबाट निर्देशन त्यस्तो भएको छैन । एम.ओ.यु.मा जे जस्तो सहमति दुई बैंक बीच भएको छ । त्यहि अनुसार नै हामी चल्नुपर्छ । फेरी पूर्ण रुपमा समायोजन प्रक्रिया सकाउन अझै केही महिना नै लाग्छ पक्कै ।
अहिलेसम्म बैंकले कुन(कुन सेवा प्रदान गर्दै आइरहेको छ ?
सामान्यतया बैंकले दिने सेवा भनेकै छिटो, छरिटो सेवा प्रवाह हो । बचत, लगानी, सामाजिक सेवामा लगानी समेत हामीले हाल गरिरहेको काम हो ।
दुई बैंकको समयोजनले सेवा प्रवाहमा कस्तो प्रभाव पर्दछ ?
दुई बैंकको मर्जरले बैंकको सेवा सुविधा अझै राम्रो हुनेछ । रोल्पामा लिबाङ, सुलिचौर, होलेरी, घर्तिगाउँ, थबाङ, पुतलाचौर, सुखाओडार, लिबाङ र घर्तिगाउँ दुवैमा मालपोत काउन्टर रहनेछन् । साथै अरु दश स्थानमा शाखा रहित बैंकिङ सेवापनि रहनेछन् । यस दृष्टिकोणमा पनि सेवा सजिलो र प्रभावकारी नहोला भन्नेमा दुईमत छैन । दुई बैंंकमै भएको खाताहरु अब एक बनाउनु पर्छ, एटिएम लगायत अन्य सेवाहरु मिलान गर्न बाँकी नै छ । त्यस्तो बेला केही समस्या पक्कै आउँछ । त्यस्तो समयमा धर्य गर्नको लागि म सबैलाई आग्रह गर्न चाहन्छु अहिले नै । त्यति बेला उत्पन्न हुने समस्याहरु हाम्रै लागि हो ।
यस शाखाबाट खाता सञ्चान लागयतको ऋण उपलब्ध भएका सेवा ग्राहीको निम्ति के हुन्छ ?
मर्जर पछि बैंकको नाम ग्लोबल आइएमई बैंक रहनेछ । समायोजनमा ग्लोबल बैंकले जनता बैकंलाई प्राप्ति गरेको हो । यसर्थमा दुवै शाखाबाट सञ्चालन भएका खाताहरु र ऋण लगानी कर्ताहरुमा कुनै फरक पर्ने छैन ।
शाखाले कुन(कुन क्षेत्रमा लगानी गर्दै आएको छ ?
हाम्रो लगानी राम्रो नै छ । कृषि कर्जा, व्यक्तिगत कर्जा, शैक्षिक कर्जा, सहुलियत कर्जा तथा सवारी साधनमा समेत हामीले लगानी गरेका छांै । ग्लोबल बैंक लिबाङ शाखाबाट हामीले लिबाङ, थबाङ, बागमारा, कोर्चाबाङ, होलेरी, गजुल, घर्तिगाउ, जुगार, नुवागाउँ, ओत, घोडागाउका साथै अन्य धेरै क्षेत्रमा लगानी गरेका छौं ।
कति जना सेवाग्राहीहरुलाई शाखाबाटकृषि कर्जा उपलब्ध गराएको छ ?
अहिलेसम्म करिब ४० देखि ५० जनालाई कृषिमा लगानी गरेका छौं । अन्य क्षेत्रको तुलनमा यो निकै राम्रो हो ।
सहुलियतपूर्ण कर्जा लगानी तथा यसका समस्या पनि बताइदिनुहोस्, न ?
कृषिमा लगानीको लागि समस्या त्यति छैन तर यहाँ कृषिकै लागि भनेर ऋण लाने केही बर्षमै पेशा छोड्ने चलन पनि व्याप्त छ । यो हाम्रो ठाउँमा मात्र नभएर समग्र नेपालको समस्याहो । फेरी अर्को कुरा बैंक अनुसार आफ्नो–आफ्नो नियम परिधी हुने भएकोले पनि प्रक्रियागत रुपमा त्यति सजिलो भने महशुस गर्दैनन् कृषकहरुले । सहुलियत कर्जाको समस्या पनि यस्तै खालको नै रहेको छ ।
कर्जाको निम्ति सेवाग्राहीहरुले कुन(कुन प्रक्रिया पूरा गर्नुपर्दछ ?
कर्जाको लागि सेवा ग्राहीहरुले लालपुर्जा, नागरिकता, मुल्यांकन, स्थानीतयतहबाट विभिन्न सिफारिस, आम्दानीको उपयुक्त श्रोत ल्याउनु पर्दछ । हाम्रो भौगोलिक अवस्था दुरीले पनि कागज पत्र जुटाउन केही गाह्रो नै पर्छ । ऋण लिनको लागि सहि उद्धेश्य, ऋण केका लागि लिने हो र त्यसको सहि उपभोग र कार्यान्वयनको स्पष्ट योजना हुनु पर्दछ ।
बैंकबाट कर्जाको अनुगमन कसरी हुँदै आएको छ ?
कर्जाको अनुगमनमा हामी अगाडि नै छौ । एक पटक कर्जा प्रवाह भएपछि त्यसको अनुगमनको पाटो बैंकले नै हेर्ने हो । त्यसको प्रभावकारिता र सदुपयोगको बारेमा हामी चनाखो हुन निकै आवश्यक छ । अहिलेसम्म हाम्रो शाखामा यस्ता प्रवाहमा समस्या नभएकोले त्यति गाह्रो छैन तर बेला–बेलामा अनुगमन गरि राखेका छौं ।
बंैकले परियोजनामुखिभन्दा धितोमुखी कर्जा धेरै लगानी गर्दै आएको छ, किन ?
बैंकले सुरक्षित लगानि गर्नु प¥यो । फेरी राम्रो योजना लिएर आउनुस् बैंकले ऋण नदिने भन्ने हुँदैन । हामी कहाँ प्रोफेसनललोन छ जो विनाधितो पनि गरिरहेका छौं, कृषि पेशा राम्रो तवरले गरिरहेका कृषकहरुलाई गोरेटो बाटोले छोएको जग्गालाई समेत लगानी गरेका छौं । मैले अगाडि पनि उल्लेख गरेको छु कि प्रक्रियागतमा निकै झन्झटिलो भएको महसुश गर्दछन् सेवाग्राही तर हामीले नियमभित्र रहेर काम गनुपर्ने नै हुन्छ । सेवा मुखिमा जोखिम बहनको फाइदाले पनि केही असर गरेको हो कि जस्तो लाग्छ । राष्ट्र बैंकले कडाई गरेर सबैलाई नियामन गर्ने हो भने यो समस्या सँधै दोहोरीएला जस्तो लाग्दैन ।
यस शाखाबाट कर्जा नपाएको धेरै सेवा ग्राहकिो गुनाँसो छ, खासमा के हो ?
यहाँलाई पनि अवगत नै छ । सबै सेवाग्राहीहरु पूर्ण रुपमा सन्तुष्ट हुन सक्दैनन् । एउटा न एउटालाई चित्त दुःखेकै हुन्छ । तपाईले पाएको प्रतिफलमा तपाईलाई चित्त बुझ्नसक्छ तर मलाई नबुझ्न सक्छ । मलाई बुझेको कुरामा तपाईलाई चित्तनबुझ्न सक्छ । लगानी गर्दा सबै प्रक्रियागत रुपमा पुग्दा उहाँहरुको केही नपुगेको पनि हुन सक्छ । बैंकले मागेको प्रक्रियागत कागजातहरु, अन्य श्रोतहरु नपुग्नपनि सक्छ । त्यस्तो अवस्थामा मात्र हो ऋण प्रवाह नगरिएको नत्रभने हामीलाई त्यति धेरै गुनाँसो भएको झै लाग्दैन तर अगाडि भनेझै सबै कुरामा चित्त बुझाउन पनि सकिने अवस्था हुँदैन कहिलेकाहि । कतै न कतै खोट त भेटिहाल्छ । अर्को कुरा हामीले लगानी प्रवाहगर्दा त्यस्तो बाध्यात्मक सर्तहरु पनि राखेको छैनौै । हामीले यहाँ रहेका अन्य बैकंहरुभन्दा लगभग दोब्बर लगानि गरेका छौं, यसर्थमा पनि गुनाँसो कसरी आयो भन्ने हो ?
धितो सुरक्षित गर्न ऋणीहरुले के–के कुरामा ध्यान दिनुपर्दछ ?
ऋण लिदै हुनुहुन्छ भने बुझेर लिनुस् । के कालागि, किनर सदुपयोगता कहाँ भनेर ? पारिवारिक सल्लाह, स्पष्ट लगानिको योजना, ऋण प्राप्ति पश्चात् त्यसबाट लाभ, आम्दानि के हुन्छ त्यसको स्पष्ट खाकाबनाएर मात्र अगाडि बढ्नुस् ऋणको प्रक्रिायका लागि । त्यसपछि बैंकबाट ऋण रकम प्राप्त पश्चात् ऋणीले बंैकमा बुझाउनुपर्ने किस्ता रकम नै समयमा नै बुझाएमा धितो सुरक्षित रहन्छ ।
ग्राहकहरुलाई के भन्नु हुन्छ ?
ग्लोबल आइएमई बैंकले जनता बैैैंकलाई गाभे पश्चात हामी नेपालकै ठूलो चुक्ता पुजि भएको बैंक बन्ने छौं । समायोजन पश्चात् सेवाको गुणस्तरीयतामा हामी अझ बलियो सफल बन्नेछौ भन्नेमा ढुक्क रहनुहोला । ग्राहक हाम्रो भगवान हुन् हामी सदैव यहाँहरुको सेवामा तत्पर नै छौं । गुनाँसो सल्लाह सुझावले मात्र हामीलाई अझ बलियो बनाउँछ । काम कार्यमा कुनै त्रुटिहरु भेटिएमा सुझाव पेटिका नभए सिधै शाखाप्रवन्धक (मलाई) नै भेटेर भन्न पनि सक्नुहुन्छ । यहाँहरुको साथ र सहयोग, सुझाव सल्लाह नै हाम्रो मार्गदर्शक हुन् । समायोजन पश्चात् हामी अझै उत्कृष्ट गुणस्तरीयतामा अडिग रहनेछौं भन्नेमा विश्वस्त दिलाउन चाहन्छु । अब रोल्पामा ग्लोबल बैंक धेरै ठाउँमा हुनेछ । यसले सेवाको लागि ग्राहकलाई निकै सजिलो बनाउनेछ । हाल हाम्रो शाखा सुलिचौर, लिबाङमा रहेको छ । घर्तिगाउँमा एक्सटेन्सन काउन्टर रहेको छ साथै होलेरीमा केही महिनाभित्र एक्सटेन्सन काउन्टर सञ्चालन हुँदैछ । रोल्पाका दुवै मालपोत काउन्टरमा राजश्व संकलन काउन्टर राख्दैछौ । इरीबाङ, थबाङ, घर्तिगाउँमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा छन् । केही महिनामै पाँच ठाउँमा शाखा रहित बैंकिङ सेवा सुचारु गदैछांै भने अहिले चलिरहेका जनता बैंक नेपाल लिमिटेडको शाखा भएका क्रमस् लिबाङ शाखा, थबाङ शाखा, सुकिदह शाखा र परिवर्तन गाउँपालिको शाखाहरु प्नि समायोजन पश्चात् ग्लोबल आइएमई बंैक लिमिटेडको नाम र यसको सिस्टमबाट सेवादिने भएकोले रोल्पालि जनताहरुको लागि मात्र नभएर समग्र नेपाली जनताको लागि खुशिको खबर भएको अवगत गराउदछु ।
अन्तिममा भन्नु पर्ने महत्वपूर्ण कुरा छन्, कि ?
हाम्रो संस्थाको तर्फबाट मलाई महत्वपूर्ण विचार राख्न दिनुभएकोमा यहाँ लगायत सबैलाई धन्यवाद । अन्तमा यहाँ लगायतयहाँको पत्रिका परिवारको सफलताको उच्च कामना गर्दछु ।

You may also like