रोल्पामा ९ औँ लोकवार्ता सम्मेलनको तयारी तीव्र हुँदै

रोल्पा समाचारदाता
भाद्र ३० रोल्पा


लोकवार्ता परिषद् ९ औँ राष्ट्रिय सम्मेलनको सर्वपक्षीय बैठक समन्न भएको छ । रोल्पा जिल्लामा कात्तिक ४ देखि ७ गतेसम्म रोल्पा जिल्लामा हुने भएको छ । त्यस सम्मेलन सम्मेलन गर्नका लागि तयारी बैठक बसेको हो ।
बैठकमा लोकवार्ता परिषद् ९ औँ राष्ट्रिय सम्मेलनका स्थानीय संयोजक भिमबहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा लोकवार्ता परिषद नेपालका केन्द्रीय अध्यक्ष बमकुमारी बुढामगरले रोल्पा जिल्लामा रहेका लोक सँस्कृतिलाई उजागर गर्नका लागि यो सम्मेलनको आयोजना गरिएको बताउनुभयो । बुढामगरले लोकवार्ता भनेको रोल्पा जिल्लाका सबै नागरिकका लागि लोक जीवनका अवस्थालाई नेपाल र विश्वमा चिनाउनको लागि आयोजना गरिएकोले सहयोग गर्नका लागि सबैलाई आग्रह गर्नुभयो ।


बैठकमा रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसी, जिल्ला समन्वय समिति रोल्पाका का.वा. प्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतको उपस्थिति रहेको थियो । अतिथिहरुले सम्मेलन सफल पार्नका लागि अगाडि बढाउनको लागि आफूहरुको सहयोग हुने कुरा बताउनुभयो ।
बैठकमा स्थानीय संयोजक भिमबहादुर बुढामगरले भएका गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । बुढामगरले केन्द्रिय अध्यक्ष बमकुमारी बुढामगरसहित कार्यक्रमको जाकारी गर्नका लागि परिर्वतन गाउँपालिका, माडी त्रिवेणी रुन्टीगढी गाउँपालिका र काठमाण्डौँमा विभिन्न विशिष्ट व्यक्तिहरुसमेतसंग भेटघात सम्पन गरेको समीक्षा गरिएको थिया ।
कार्यक्रमलाई सफल बनाउन गरिने आर्थिक कार्यमपन्न गर्न केन्द्रीय समितिको निर्देशन वमोजिम केन्द्रीय संयोजक बमकुमारी बुढामगर, स्थानीय संयोजक भिम बहादुर बुढा र स्थानीय आर्थिक संयोजक ओम प्रकाश खत्रीको संयुक्त संचालन हुने गरी नेपाल बैंक लि. रोल्पामै चल्ती खाता सञ्चालन गर्ने, सम्मेलनलाई सफल सफल बनाउन स्थानीय रेडियो र पत्रपात्रिका मार्फत निशुल्क सूचना संम्पे्रसणका लागि अनुरोध गर्ने, साथै प्रचार प्रशारको लागि भाद्र ३१ गते बिहान ७ः३० बजे जि.स.साको हलमा पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको संयोजक भिमबहादुर बुढामगरले बताउनुभयो ।
सम्मेलनलाई प्रचार–प्रचार गर्नका लागि रोल्पा जिल्ला स्थिति संचालन मिडियाहरु तथा सञ्चारकर्मीहरुलाई प्रचार समितिमा राख्ने निर्णय गरेको छ । पत्रकार महासंघ रोल्पाका प्रथमक कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्माको संयोजकत्वमा प्रशार–प्रचार समितिमा गठन गएिको छ । जसमा रोल्पा समचार साप्ताहिक, जुनकिरी सञ्चार साप्ताहिक, सनस्तार साप्ताहिक, जनआकांक्षा साप्ताहिक, सामुदायिक रेडियो रोल्पा, सामुदायिक रेडियो जलजला, सामुुदायिक रेडियो सामुदायिक मालश्री, सामुदायिक रेडियो सुनछहरी, सामुदायिक रेडियो माडी आवाज, रेडियो होलेरी, सामुदायिक रेडियो पल्लबी, रोल्पा अनलाई, रोल्पा टुडे अनलाई, रोल्पा समाचार अनलाईन लगायत रोल्पा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरु रहेको प्रचार समिति गठन गरिएको सदस्य सचिव दामोदर सुवेदीले बताउनुभयो ।
सम्मेलनलाई सफल गर्नका लागि लोकवार्ता परिषदको सहयोग रसिद छपाई गर्ने, अन्य सबै कार्यालय टिमले बैठक बसेर विभिन्न विषयमा छलफल गर्दै अगाडि बढ्ने र सबैलाई सम्मेलन सफल पार्नका लागि अनुरोध गर्ने, प्रमुख अतिथिहको टुङ्गो लगाउने लगायतको निर्णय भएको प्रचार समितिका संयोजक समिति मानसिंह विश्वकर्माले बताउनुभयो । साथै कात्तिक ३ गते रोल्पाको लिबाङमा केन्द्रीय टिम आउने, ४ गते उद्घाटन गरी कार्यपत्र प्रस्तुत गर्ने, ५ गते परिवर्तन गाउँपालिका, ६ गते माडि गाउँपालिका र रुन्टीगढी हुँदै ७ गते प्यूठानको स्वर्गद्वारीमा भएर समापन गरिने समेत प्रचार विभाग प्रमुख मानिसंह विश्वकर्माले बताउनुभयो ।

You may also like