राेल्पामा पत्रकार महासंघको निर्वाचन कर्यालय उद्घाटन

राेल्पामा पत्रकार महासंघको निर्वाचन कर्यालय उद्घाटन

चैत्र २० गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is p4-1024x768.jpg

नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचनको लागि शुक्रबार जिल्ला जिल्ला निर्वाचन कार्यालयको उद्घाटन भएको छ । निर्वाचन समितिले निर्वाचनको तयारी तीव्र रुपमा अगाडि बढाउँदै छ ।
कार्यक्रमको प्रमुख अतिथि निर्वाचन संयोजक एवम् नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगीले शाखाको भवनमा निर्वाचन कार्यालय उद्घाटन गर्नुभएको हो । उहाँले निर्वाचन समितिलाई निर्वाचन आचार सिंहता कार्यान्वयनमा उम्मेद्वार र साधारण सदस्यहरुले आ–आफ्नो ठाउँबाट सहयोगी भूमिकाका लागि अनुरोध गर्नुभएको थियो । निर्वाचन समितिको औपचारिक कार्यालय उद्घाटन पश्चात् समितिले निर्वाचनको गतिविधिहरु तीव्र रुपमा अगाडि बढाउने उहाँले बताउनुभयो । जिल्ला शाखाको संस्थाक अध्यक्ष काशिराम डाँगीको संयाजकत्वमा दामोरद प्रसाद सेवेदी र हस्तमाली बाठा निर्वाचनमा समितिको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । जिल्ला शाखा रोल्पाले पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकालको अध्यक्ष महेश न्यौपानेको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष दारासिङ डाँगी, उपाध्यक्ष देवी कुमारी गुरुङ, सह सचिव हर्क घर्तीमगर र कमानसिंह पुन मगरलाई निर्वाचन सहयोग समिति गठन समेत गरेको छ । कार्यक्रममा निर्वाचन समितिको संयोजक काशिराम डाँगी, दामोरद प्रसाद सुवेदी र हस्तमाली बाठामगरलाई जिल्ला शाखा रोल्पाको अध्यक्ष महेश न्यौपानेले खादा ओढाएर स्वागत गर्नुभएके थियो भने उहाँले निर्वाचन समितिको संयोजक काशिराम डाँगीलाई निर्वान सामाग्री समेत हस्तान्तरण गर्नुभएको थियो । महासंघले निर्वाचन पहिलो पटक प्रत्यक्ष निर्वाचनको प्रणलीबाट नेतृत्व चयनको तयारी गरेको छ । जिल्लामा केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारीको उम्मेदवारीहरुलाई मतदानको व्यवस्था जिल्लामै महासंघले गरेको छ । निर्वाचन समितिको संयोजक काशिराम डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव हर्क घर्तीमगरले गर्नुभएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष दारासिङ डाँगीले गर्नुभएको थियो ।

You may also like