मालिकले चोरी भएको बाइक पाउँदा खुसीको सीमा रहेन्

मंगलबार
लिबाङ रोल्पा


चोरी भएको मोटर बाइक प्रदेश नं. ३, ०२००७ प ६३३९ नम्बरको यानएस पल्सर बाइको मालिकलाई आज जिल्ला ट्राफिक कार्यालय रोल्पाद्घारा हस्तारण गरेको छ । चोरी भएको बाइक पाउँदा राजहाङ राईको खुसीको सीमा नै रहने कुरा भएन ।
उक्त बाइक भोजपुर जिल्ला खावा निबासी राजहाङ राईले २०७६ साल असार ४ गतेका दिन काठमाण्डौं लगनशेल कुलिनरी आर्ट कलेजमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको थियो । सुनिल स्मृति गाउँपालिका–४ वडा स्यूरी रोल्पा निबासी बसन्त पुनमगरले असार १६ गते बाइकको बा. ९८ प ५७८ नम्बर प्लेट परिवर्तन गरी नक्ली बिल बुकबाट उक्त बाइक चलाउँदै आएका थिए । पुनमगरलाई साउन महिनाको ८ गते लिबाङ बजारमा जिल्ला ट्राफिक कार्यालय रोल्पाले चेकजाँचको समयमा नियन्त्रणमा लिएको थियो । काठमाडौं किर्तिपुर निबासी विजयराज शिवाकोटीले नक्कली बिल बुकबाट बसन्त पुनमगरलाई बाइक विक्रि गरेको अनुन्धानको क्रममा खुलेको जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्रमुख प्र.ना.नि. अमर थापाले बताउनुभयो । ट्राफिक प्रहरीको नियन्त्रणमा पश्चात् अनुसन्धानका लागि एक दिन जिल्ला प्रहरी हिरासतमा राखिएको थियो भने थप अनुसन्धानबाट पुनमगर तारिखमा छुटेका छन् ।

पुनमगरकै बयानकै आधारमा बाइक चोरीमा संलग्न र नक्ली बिल बुक बनाउने समूह पत्ता लगाई कानुनी कारवाही गर्ने जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्र.ना.नि. थापाले बताउनुभयो । रु ३ लाख १९ हजार मूल्याको बाइकलाई नक्कली बिल बुकबाट रु दुई लाख ८५ हजारमा उक्त मोटर साइकल २०७६ श्रावण १६ गते पास गरेको बिल बुकमा बुकमा उल्लेख गरिएको छ । २०७५ मंसिर २६ गतेदेखि श्रावण ८ गतेसम्म जिल्ला ट्राफिक कार्यालय रोल्पाले चोरी बाइक १३ बाइक नियन्त्रणमा लिएको छ । ती मध्ये यो बाइक सहित तीन बाइक धनीलाई हस्तान्तरण गरी सकेको छ भने बाँकी एक बाइक सम्बन्धित व्यक्तिलाई हस्तान्तरणको प्रक्रिया अगाडि बढेको जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्रमुख प्र.ना.नि. थापाले जानकारी दिनुभयो । बाँकी नौं बाइकको सम्बन्धित व्यक्त पत्ता नलागेको हुँदा ती बाइकहरुको लिलामी प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक कार्यालय रोल्पाको नियन्त्रणमा लिएका बाइकहरु काठमाण्डौंबाट नै चोरी भई जिल्ला भित्रिएका छन् । ट्राफिकको सवारी साधनहरु चेकजाँचको क्रममा निन्त्रणमा लिएका बाइक चालकहरुले लाइसेन्स, बिल बुल घरमै छुटेको पुनः ल्याउने भन्दै बाइक छोडि लिन आउने प्रवृतिले दोषि पत्ता लगाउन प्रहरीलाई गाह्रो परेको ट्राफिकलाई समस्या भएको छ । जिल्लामा पछिल्लो समयमा चोरी बाइक लाइन्सेस बिनानै चलाउनेको संख्या वृद्धि भएको छ । जिल्ला ट्राफिक कार्यालयको अभियानमा आम नागरिक सजक बन्ने सकेको अवस्थामा ज्यान र धन सुरक्षित हुन सक्छ होइन ज्यान र धन उत्तिकै जोखिमा  पर्ने कुरामा कुनै दुविडा नै छैन ।

You may also like