रोल्पामा अब प्राकृतिक श्रोत व्यवस्थापन (कृषि) क्याम्पस सञ्चालनले रोल्पालीहरु नेतादेखि जनतासम्म खुशी

मानसिंह विश्वकर्मा
माडीचौर रोल्पा
२०७६ साउन १४ गते
रोल्पा जिल्लामा पहिलो कृषि क्याम्पस सञ्चालन हुने भएको छ । अब रोल्पामा पनि यसै वर्षदेखि वाली विज्ञानमा स्नातकतहको पढाई हुने पक्का भएपछि रोल्पा जिल्लाको शैक्षिक क्षेत्रमा एउटा महत्वपूर्ण क्रान्ति छेडिएको निष्कर्ष निकालिएको छ । क्यापस सञ्चालन हुने कुरा घोषणा भएपछि नेतादेखि जनतासम्म खुशी बनेका छन् ।


केन्द्रीय कृषि क्याम्पस चितवन रामपुरबाट सम्बन्धन प्राप्त कृषिको बाली तथा पुशु क्षेत्रमा अध्यापन गराउने गरी प्राकृतिक श्रोत व्यवस्थापन कलेज माडिचौरको एक बृहत कार्यक्रम गरी सञ्चालनको लागि केन्द्रीय कृषि क्याम्पस चितवनका उपकुलपति डा. इश्वरीप्रसाद ढकालले घोषणा गरेपछि रोल्पा लगायत रोल्पामा देश विदेशबाट पनि बाली विज्ञानमा अध्यापन र अनुसन्धानका लागि आउने ढोका खुलेको छ । प्राकृतिक दृष्टिले समथर भुभाग–रमणीय स्थान माडीचौरमामा अब देशका विभिन्न स्थानका विद्यार्थीहरु अध्यापन गर्ने भएपछि निकै राम्रो भएको रोल्पा जिल्लाबासीहरु बताउँछन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व सभामुख तथा प्रतिनिधीसभा सदस्य ओनसरी घर्तीमगरले रोल्पा जिल्लामा कृषि क्याम्पस निर्माण गर्नका लागि रोल्पामा शिक्षा क्षेत्रमा नमुना योग्य काम गर्नका लागि कृषि क्याम्पस सञ्चालनको प्रस्ताव अगाडी बढाएको हाल सफल भएकोले शिक्षा क्षेत्रमा रोल्पामा ठूलै क्रान्तिभएको बताउनुभयो । उहाँले कृषि क्याम्पस निर्माण गर्नका लागि रोल्पा जिल्लाका सबै नेतृत्वको परिश्रमबाट मात्रै सम्भव भएको दावी गर्दै यसमा विश्व विद्यालयले पनि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
पूर्व सभामुख घर्तीमगर आफु पनि रोल्पा जिल्लाबासी भएकाले रोल्पा जिल्लामा सञ्चालनको खवर सन्देश प्रवाह गर्न पाउँदा जीवनमा सबै भन्दा खुशी भएको व्यक्त गर्नुभयो । साथै पहिले सुरुमा जमिन क्याम्पसलाई दिन उपलब्ध गराउन नसकिने हो कि भन्ने डर भएको बताउँदै हाल सञ्चालन हुने कुरा उपकुलपति ज्यूबाट सुन्दा निकै खुशी भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयोः–“घरको आटोपिठो खाएर नि अध्ययन गर्न पाउने भयौ, रोल्पा जिल्लामा प्राविधिक शिक्षा मध्ये पनि कृषि क्षेत्रबाट मात्रै आमूल परिवर्तन सम्भव छ त्यसैले गर्दा अगाडि बढ्नु पर्दछ । ”
पूर्व सभामुख ओनसरी घर्तीमगरले रोल्पा जिल्लाको मुहरा अब शिक्षामा लगानी गरेर मात्रै सम्भव हुने बताउँदै शिक्षा क्षेत्रको लगानी गर्न र सहयोग बढाउनको लागि आफूहरु तयार भएको बताउनुभयो ।


कृषि क्याम्पस चितवन रामपुरका उपकुलपति प्रा.डा. इश्वरी प्रसाद ढकालले २०७३ साल असारको मन्त्री परिषद्ले प्रस्ताव गएको र २०७४ साल जेठ २६ गते पारित भएपछि अगाडि बढेको बताउनुभयो । उहाँले यस जिल्लाकै मन्त्री वर्षमान पुनको पहलमा यो क्याम्पस स्थापना गरिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयोः“–पहिले उहाँले फोनबाट मापदण्द पठाई दिनका लागि अनुरोध गर्नुभयो, पछि मलाई नै बलाउनुभयो अनि जसरी पनि बनाई दिनु प¥यो हामी सरकारबाट हुने सबै पहल गर्दछौँ त्यसरी करिव २ वर्षको अन्तरालमा यो सम्भव भयो रोल्पाली नेताहरु सबैलाई धन्यवाद छ ।” उपकुलपति ढकालले यसै वर्षको असोज देखि विद्यार्थी अध्यापनका लागि शुरु गरिने जानकारी दिदै त्यस बेलासम्म अति आवश्यक भौतिक पूर्वाधारहरुको तयारी गरि दिनका लागि समेत अनुरोध गर्नुभएको छ । उहाँले ५ वर्षे बाली विज्ञान, ४ वर्षे भेटनरी, ४ वर्षे माछाको विषयमा अध्यापन गराईने र आवश्यकताका आधारमा थप गर्दै जाने बताउनुभयो । उहँले अध्यापन र अनुसन्धान समेत हुने भएकाले गर्दा सबै हिसावले नमुना बनाउनको लागि आफूहरु लाग्ने र स्थानीयवासी, जनप्रतिधिहरु समेत लाग्नका लागि अनुरोध गर्नुनयभो ।

यसैगरी प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगर राम्रो देश बनाउने हो भने शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने बताउँदै यो सबैको खुशीको विषय भएको बताउनुभो । देशको समृद्धी शिक्षा क्षेत्रबाटै मात्रै सम्भव हुने कुरा बताउँदै आफूले पनि कृषि क्याम्पसका लागि आफ्नो केही बारी समेत निशुल्क प्रदान गरेको घोषणा गर्नुभयो ।
कार्यक्रममा रजिष्टार मनराज कोलाजपतिले यो निर्माणका लागि क्याम्पस पुरै लागेको बताउँदै यसमा छिटै अगाडि बढाउनको लागि सम्पूणृ तयारी भईरको जानकारी दिनभयो ।


यसैगरी रोल्पा नगरपालिका नगर प्रमुख पूर्ण केसीले रोल्पा नगरपालिकालाई शैक्षिक हव निर्माण गर्नका लागि लागि परेको बताउँदै त्यसमा नयाँ इट्टा थपिएकोले विगतदेखि सहकार्य गर्दै आई रहेको र आगामी दिनमा पनि पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कृषि क्याम्पस माडीचौर व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले कलेजका लागि १०० रोपनी जमिन पु¥याउन निकै कठिन भएको बताउँदै जमिनको सबै प्रक्रिया पूरा गरि सकेको र कृषि कलेजको नाममा रजिष्टेशन गरि दिएको बताउनुभभयो । उहाँले जग्गादाताहरुलाई पनि धन्यवाद दिदै आगामी दिनमा पनि स्थानीयहरुको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रा.डा. जयप्रकाश दत्त, लगाययत जनप्रतिनधीहरुका सहभागिता रहेको थियो । स्थानीयवासीले आफ्नो गाउँका कलेज स्थानापना हुने भएपछि खुसियालीमा कृषि क्याम्पस र जनप्रतिनिधीहरुको टोलीलाई अविर मालाले स्वागत समेत गरेको थियो । आफ्नो वडामा कृषि क्याम्पस सञ्चालन भएपछि निकै राम्रो भएको रोल्पा न.पा ७ का वडा अध्यक्ष गणसिंह पुनमगरको भनाई छ । आफूले पढ्न नपाएपनि आफ्नो पुस्ताहरुलाई पढाउन सकिन त्रिपनी घर्तीमगरको भनाई छ ।


रोल्पा जिल्लामा रोल्पा प्राविधिक शिक्षालयमा करिव २ वर्ष अगाडि बखि पशु तर्फको अध्यापन भइरहेको छ । यसै रोल्पा जिल्लामा कृषि तर्फ प्रमाणपत्र तह पनि भइरहेको छ । यो कलेज स्थापना हुनुले रोल्पा जिल्लामा देश विदेशमा पनि अध्ययन गर्ने आउने भएपछि अब शैक्षिक क्षेत्रमा रोल्पा फेरी अर्काे नयाँ यात्रामा पाइला चालेको छ । यसबाट रोल्पा जिल्लाबासीहरु धेरै खुशी व्यक्त गरेका छन् । यसमा स्थानीयबासीहरुले जनप्रतिनधीहरुलाई समेत धन्यवाद व्यक्त गरेका छन् ।

You may also like