थबाङ गाउँपालिकाको प्रेस संयोजक जिनाबाङका डाँगी नियुक्त गरेपछि

रोल्पा समाचारदाता
लिबाङ रोल्पा
२०७६ साउन १३


थबाङ गाउँपालिकाले गंगादेव गाउँपालिका जिनाबाङका विमलराज डाँगीलाई प्रेस संयोजक नियुक्ति गरेको छ । साउन १२ गते गाउँपालिका अध्यक्ष विरबहादुर घर्तीमगरको अध्यक्षतामा बसेकोे गाउँ कार्यपालिकाको बैठले विमलराज डाँगीलाई प्रेस संयोजकमा नियुक्त दिने निर्णय गरेको हो ।
थबाङ गाउँपालिका साविकका थबाङ, मिरुल, उवा गाविससलाई समेटिएर निर्माण गरिएको छ । थबाङ गाउँपालिकाका प्रेस संयोजकका रुपमा गंगादेव गाउँपालिका विमलराज डाँगीलाई नियुक्ती गरेपछि प्रेस सेन्टर रोल्पाका सदस्यहरुले आक्रोस व्यक्तगरेका छन् । प्रेस सेन्टर रोल्पाले विगतदेखि नै प्रेस संयोजक राख्दा संगठनको आधिकारिक निर्णय र रिफारिस हुनुपर्ने पार्टी र जनप्रतिनिधीहरुलाई ध्यान आकर्षण गर्दै स्मरण गराउदा गराउँदा पनि कुनै पनि सोधपुछ नगरी संयोजक राखेकोमा संगठनले आपत्ति प्रकट गरेको छ । यस विषयमा गाउँपालिका अध्यक्ष विरबहादुर घर्तीमगरले बिमलराज डाँगीले आफूलाई भेटेर प्रेस संयोजक राख्नका लागि प्रस्ताव लिएपछि गाउँ कार्यपालिकाबाट नियुक्तीको निर्णय गरेको बताउनुभयो । अध्यक्ष घर्तीमगरले भन्नुभयोः–“विमलराज डाँगी मेरो घरमा आउनुभएको थियो, उहाँले प्रेस संयोजकमा खाली छ रे मलाई राखिदिनु प¥यो भनेपछि थबाङ गएर गाउँ कार्यपालिको निर्णय गरिएको हो । ” घर्तीले विमलराज डाँगीसँग धेरै चिनजान नभएको र प्रस्ताव आएपछि सहज रुपमा राखिएको समेत बताउनुभयो । अध्यक्ष घर्तीमगरले मासिक तलव दिने निर्णय नभएपनि केही सुविधा दिन सकिने गरी राखिएको बताउनुभयो ।
गाउँपालिकाका एक जनप्रतिनिधीले यस विषयमा आफूलाई थाहाँ नभएको बताए राख्दा सकेसम्म आफ्नै गाउँपालिको राखेको भए राम्रो हुने प्रतिक्रिया दिए ।
गाउँपालिका अध्यक्षको घर भएको उवाबाटै विमलराज डाँगीले विवाह गरेको र सोही भरमै गाउँपालिकाको प्रेस संयोजक बनाएको एक श्रोतले बताएको छ ।
केन्द्रीय, प्रदेश र जिल्ला स्तरमा प्रेस संयोजक राख्दा संगठनहरुबाट निर्णय र आधिकारिक रिफारिस गरेर पठाउनको लागिसमेत संगठले परिपत्र समेत गरेको थियो । रोल्पा जिल्लामा प्रेस संगठन क्रियाशील रहेपछि पछिल्लो चरणमा प्रेस संगठनलाई कुनै पनि राय सुझाव र निर्णयको कुनै वास्ता नगरी प्रेस संयोजक राख्दै गएपछि यो समस्या निम्तिएको प्रेस सेन्टरका केन्द्रीय सदस्य मानसिंह विश्वकर्माले बताउनुभयो । उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भन्नुभयोः“संगठन के का लागि ? के पत्रकार सम्मेलनको आयोजना गर्नका लागि, के पार्टी, जनप्रतिनिधीलाई संकट पर्दा मात्रै संंगठन चाहिने ? संगठनले आधिकारिक निर्णय गरेर पठाएमा काम गर्न राम्रो हुने कुरा बताउनुभयो । यस विषयमा थबाङ निवासी एवं प्रेस सेन्टर नेपाल ५ नं. प्रदेशका संयोजक मौसम रोकाले पनि कुनै छलफल नभएको र विमलराज डाँगीलाई राखेको प्रेस सेन्टर रोल्पाबाट रिपोटिङ भएपछि मात्रै थाहाँ पाएको बताउनुभयो ।

You may also like