“थबाङ र रोल्पाको समृद्धिका लागि प्रदेश सरकार तयार छ” मुख्यमन्त्री शंकर पोख्रेल

 

मुख्यमन्त्री पोख्रेलसंग १५ सैयाको अस्पतालसहित विकासमा पहिलो प्राथमिकता दिन माग
मानसिंह विश्वकर्मा
थबाङ, रोल्पा
मंसिर ६ गते

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलेले नेपालको परिवर्तनको आन्दोलनमा रोल्पा निरन्तर अगाडि बढिरहेको बताउँदै योगदान उच्च कदर गर्दै सिंगो रोल्पालाई र थबाङ थाउँपालिकालाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि आफूहरु निरन्तर लागि परिरहेको बताउनुनयभो ।


यस्तो विचार रोल्पाको थबाङमा शुक्रबार थबाङ गाउँपालिकाले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बताउनुभएको हो । थबाङ गाउँपालिका विगतको आन्दोलनको बेला गरेको योगदानका कारणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा परिर्चाको विषय बनेको गाउँपालिका भएकाले थबाङ गाउँपालिकालाई नमूना गाउँपालिका निर्माण गर्नु पर्ने बताउनुभयो ।
सो अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोख्रेलेले राजनीतिक क्रान्तिको केही भाग पूरा भइसकेको बताउँदै अब जनतालाई समृद्धको यात्रातर्फ अगाडि बढाउनुपर्ने बताउनुभयो ।
थबाङ गाउँपालिका प्रवेश गर्दा मुख्यमन्त्रीलाई पञ्चेबाजासहित भव्य स्वागत गरिएको थियो । थबाङ प्रवेश गरेपछि फूलमालाले स्वागत गरेपछि मन्त्रीको टोली गाउँपालिकाले आयोजना गरेको संक्षिप्त कार्यक्रममा सरिक हुनु भयो । गाउँपालिकाका अध्यक्ष विरबहादुर घर्तीमगरले मुख्य मन्त्रीसमक्ष रोल्पा र पूर्वी रुकुम नागरिकहरुले सेवा लिइरहेको यस थबाङ जलजला अस्पताललाई १५ सैयाको अस्पतालको सम्बन्धनका लागि टुङ्गो लगाई दिन, गाउँपालिकाको भवन नभएकोले भाडामा कार्यालय सञ्चालन गर्नु परेको वाध्यता सुनाउँदै भवन निर्माण गरि दिन, थबाङमा सञ्चालित क्याम्पसलाई आगिंक बनाई दिन, शहीदमार्ग कालो पत्रे गरि दिने, बिद्युत र खानेपानी लगायतको समस्या राख्नुभएको थियो ।
साथै प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीले गाउँपालिकामा कर्मचारीको अभाव अपेक्षा अनुसारको काम गर्न नसकिएको, कर्मचारी समायोजनले गर्दा सबै कर्मचारी आफ्नो स्थानमा गएको र थबाङ गाउँपालिका आउन नचाहेको, लेखापालकोको व्यव्यवस्था नभएकोले काम गर्न कठिनाई भएको बताउनुभयो । साथै गाउँपालिकाकाले जलजला पर्यटन क्षेत्र, ततबन्धन लगायतको समस्याहरु राख्नुभएको थियो ।
कार्यक्रममा प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी ‘सोनाम’, प्रतिनिधी सभा सदस्य सुजिता शांक्य, प्रदेश नं. ५ का सांसद दीपेन्द्र कुमार पुनमगर ‘सिज’, जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगर, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेकपा प्रदेश कमिटीका सदस्य कुमार दसौदी, जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, जिल्ला सचिव हरिप्रसाद घर्ती लगायत आतिथ्यता रहेको थियो ।
गाउँपालिकाको विकासको लागि गाउँपालिकाको तर्फबाट अध्यक्षले विभिन्न शिर्षकमा बजेट मागपत्र मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नु भएको हो ।

You may also like