“आफूलाई मन्त्री बनाउने जनताको शहीदको बलिदान र जनताको योगदान हो” – मन्त्री पुनको भनाई



मानसिंह विश्वकर्मा
चैत्र २९ गते दाङ

This image has an empty alt attribute; its file name is korchabang-sewa-samaj-1024x683.jpg


लुम्बिनी प्रदेशका मन्त्री तथा सरकारका प्रबक्ता दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले आफूलाई मन्त्री बनाउने शहीदको बलिदान जनताकै योगदान भएको बताउँदै जनताको शिरउच्च हुने गरी नै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नएको छ । उहाँले भन्नुभयोः–“मलाई जसरी २०७४ मा प्रदेश सभा सदस्य र २०७९ सालको निर्वाचनमा पनि प्रदेश सभामा विजयी गराउनु भयो, यो शहीदको बलिदान, कार्यकर्ताको योगदान र आम जनताको मतबाट भएको हु, मैले तपाईले दिएको मत खेर जान दिने छैन । मन्त्री पुनमगरले आफूहरु जति माथिल्लो पदमा पुगे पनि आफ्नो माटो र भुगोलप्रति मायाँ गर्नुपर्ने बताउनुभयो ।
मन्त्री पुनमगरले यस्तो विचार कोर्चाबाङ सेवा समाजले घोराहीमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा सम्वोधन गर्दै बताउनुभएको हो । उहाँले जसले माटो र भुगोलप्रतिको माया नहुने हो भने आफ्नो अपनत्व नहुने बताउँदै त्यसले आत्मीयता नबढाउने बताउनुभयो । पञ्चायतकालमा माननीय बमकुमारी बुढामगरले शुरुवात गरेको माननीयको क्रममा धेरै समयपछि कोचाबाङबाट आफू मन्त्रीमा नियुक्ती भएपछि मात्रै निरन्तरता पाएको बताउनुभयो । कोर्चाबाङ राजनीतिक र शैक्षिक हिसावले विगतदेखि नै अग्रता भएपनि अब आर्थिक समृद्धी तर्फ अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
मन्त्री पुनमगरले सेवा समाजलाई आम समाजको लागि सेवामुखी कार्यमा लगाउनु पर्ने बताउनुभयो । समाजको एकता नै समृद्धिको आधार भएको बताउँदै त्यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रम कोर्चाबाङ सेवा समितिका अध्यक्ष नन्दबहादुर घर्तीमगरको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव महावीर घर्तीमगरले सञ्चालन गर्नुभएको थियो ।

You may also like