शितल छहारीमा फलफूल बेच्दै आचार्य 

 

जेठ, ८ गते  राेल्पा

गर्मी समयमा जिल्ला अस्पताल रेउघा स्थित चौतारीको शितल छहारीमा रोल्पा नगरपालका–४ लिबाङ निबासी खुमा आचार्य दैनिक फलफूल बेच्नमै व्यस्त हुनुहुन्छ । फलफूल बिक्रिबाट आचार्यको एक आम्दानीको स्रोत बनेको छ ।
जिल्ला अस्पताल रेउघामा विरामी र विरामी कुरुवाहरुको चहपल हुने स्थान भएको हुँदा खुमा आचार्यले केही महिनादेखि अस्पताल नजिकको चौतारीमा फलफूल बेच्दै आउनुभएको छ ।फलफूल बेच्नकै निम्ति लिबाङदेखि दैनिक अटो रिक्सामा जादा र फर्किदा दैनिक रु एक सय खर्चगरी रेउघामा फलफूल बेच्दै आउनुभएको छ । मानिसको चहपहल भएको बढिभएको अवस्थामा दैनिक एक हजरदेखि एक हजार पाँच सयसम्मको फलपूmल बिक्रि हुँदै आएको आचार्यले बताउनुभयो । खरिद गरेको फलफूल सबै बिक्रि नहँुदा सोचेको जस्तो नाफा हुँदैन तर खाली बस्नुभन्दा फलफुल बेचेर पनि आचार्यलाई थारै आम्दानी भएको छ । आचार्यकी श्रीमानले पनि शिवालय टोलमा पसल सञ्चालन गर्दै आउनुभएको छ । भविष्यका सन्ततिहरुको निम्ति श्रीमान श्रीमती व्यपार व्यवसायीमा सक्रिय बन्नुभएको छ । चौताराको शितल छहारीमुनि फलपूmल बिच्दा आकस्मिक पानी परेको अवस्थामा भने आचार्यको व्यपार समेत प्रभावित हुन्छ । उक्त चौतारीमा आचार्यसँगै थप एक जनाले सोही छहरीमुनि बसी फलफूल बेच्दै आएका छन् । एकै ठाउँमा दुई जनाले फलफूल बिक्रि गर्दा दुवै जनाले सोचे जटि व्यवपार नहुनुपनि स्वभाविकै हो । तर दुबै जनालाई खाली बस्नुभन्दा फलफूल बिक्रिबाट आर्थिक आम्दानीको स्रोत बनेको छ ।

आचार्य शनिबार, सरकारी बिदा, घरमा आस्मिक काम बाहेकको दिन सोही चौतारीमा फलफूल बिक्रिमा नै आचार्यको समय बित्छ । अस्पतालका विरामी, विरामीका आफन्तजनहरुलाई फलफूल खोज्नु पर्ने झमेलाबाट समेत मुक्त भएका छन् । आचार्यको परिवारमा श्रीमान, जेठा छोरा, कान्छो  छोरा, कान्छी बुहारी, नाती संयुक्त परिवार छ । आचार्यको जेठो छोरा मास्तर डिग्री काठमाडौंमा अध्ययन गर्दै हुनुहुन्छ भने कान्छो छोरा वैदेशिक राजगारको शिलशिलामा कुवेत पुग्नुभएको छ । सबै नागरिकहरुलाई विभिन्न व्यपार व्यवसायी बन्ने वातावरण अझै नेपालको सन्दर्भमा बनेको छैन । अब व्यपार व्यवसायीको निम्ति उपयुक्त वतावरण बन्नु पर्दछ जसले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली जनता नारा सार्थकताको पाउन सक्छ । विशेष गरी व्यपार व्यवसायीमा बिचौलियाहरुकै कारण व्यवसायीमा समस्यामा परेको हुँदा अब त्यस्ता विचौलिहरुको अन्तय गरी व्यवसायी जन्य वस्तुहरुमा अनुदानको व्यवस्था सहित आयत गरेको खण्डमा पक्कै पनि व्यपार व्यवसायी समस्याबाट मुक्त बन्न सक्छन् र व्यवपार व्यवसायी निरन्तरताको वातावरण सिर्जना हुन सक्छ । त्यसैले व्यपार व्यवसायीको निम्ति नेपाल सरकार, प्रदेश सरकार र सम्बन्धित स्थानीयतह, वडा कार्यालयहरुले विशेष ध्यान दिएकाे व्यपार व्यवसायीलाइ सहज बन्न सक्छ ।

You may also like