“जगा एकीकरण र प्रदेश राजधानीको गुरु योजना एकैसाथ एक महिनामाा दिनुपर्दछ”


मुख्यमन्त्री केसी
रोल्पा सामाचारदाता
पुष २ देउखुरी

This image has an empty alt attribute; its file name is sonam-sir-ff-724x1024.jpg

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्विनी प्रदेशको राजधानी निर्माणको विषयमा छिटो काम गर्नका लागि सरोकारवालाई निर्देशन दिर्दै राप्ती उपत्यमा देउखुरीमा भइरहेको जग्गा एकीकरणको काम र राजधानीको गुरु योजना एकैसाथ करिव १ महिनामा सार्वजनिक गर्ने गरी काम गर्नका लागि निर्देशन दिनुभएको छ ।
उहाँले यस्तो कुरा राजधानी निर्माणका सन्दर्भमा गठित जग्गाा एकीकरण कार्यदलको बैठकलाई शुक्रबार मुख्यमन्त्री सम्र्पक कार्यालय लालमटियामा बताउनुभएको हो । उहाँले प्रदेशको राजधानी निर्माणको विषयमा जति सकिन्छ युद्ध स्तरमा काम गर्नु पर्ने भएकोले सबैलाई यस कार्यमा सहयोग गर्नका लागि अनुरोध गर्नुभएको थियो । उहाँले राजधानी निर्माणको विषय ख्याल ठट्टाको विषय भन्दा पनि हालको प्रदेशबासीको हित र भावि पुस्तालाई पनि न्याय हुने गरी काम गरिनु पर्ने बताउनुभयो ।
मुख्यमन्त्री केसीले भन्नुभयो–ः“हाम्रो लुम्बिनी प्रदेशले सौभाग्य पाएको छ, एउटा भर्जिन ल्याण्डमा छौँ, हामीले यसलाई विचार पु¥याएर अगाडि बढेमा देशकै सुन्दर प्रदेश राजधानी निर्माण गर्न सक्छौ, त्यसका लागि स्थानीयतहका जनप्रतिनिधीहरुको सहयोग आजसम्म प्राप्त भएको छ अझै निरन्तर रुपमा सहयोग हुनेछ र हामी सबैको सुन्दर राजधानी बनाउँछाँै ।”
मुख्यमन्त्री केसीले लुम्बिनीको राजधानी निर्माणका लागि भित्र र बाहिरी घेरा बनाएर काम गर्नका लागि निर्देशन गर्दै भन्नुभयोः–“हाम्रो राजधानीको निर्माणका लागि पहिलो चरणमा राप्ती गाउँपालिका, गढुवा गाउँपालिका, सितगंगा पहिलो घेरा बनाएर काम गर्ने, दोस्रो चरणका लागि लमही नगरपालिका, कपिलबस्तुको शिवराज नगरपालिका, प्यूठानको सरुमारानी गाउँपालिका लगातयतलाई सहभागी बनाएर अगाडि जानु पर्दछ ।”
मुख्यमन्त्री केसीले राजधानी निर्माणको विषयमा सबैले सहकार्य गरी आगामी प्रत्येक शनिबार कार्यदलको बैठक बसी स्थलगतरुपमा नै अगाडि बढ्नका लागि सबैले हातेमालो गर्नका लागि अनुरोध गर्नुभयो ।
यस्तै बैठकमा कानून, महिला बालबालिका मन्त्री रमा घर्तीमगरले सबै जनतालाई हित हुने गरी काम गरी प्रदेशका राजधानी राम्रो बनाउन गरी कानूनी वाधा अवरोध भएमा पनि त्यसलाई सहजीकरण गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको थियो ।
लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्ले मुख्य न्यायधिबक्ताको श्रीकृष्ण सुवेदीको संयोजकत्वमा ५ सदस्यीय जग्गा एकीकरण कार्यदल निर्माण गरेको थियो । कार्यदलका संयोजक श्रीकृष्ण सुवेदीले आफ्नो समितिलाई प्रदेश सरकारले दिएको कार्यका पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रमा राप्ती गाउँपालिका, सितगंगा गाउँपालिका, लमही नगरपालिका, गढुवा गाउँपालिका लगायतका जनप्रतिनिधीहरुको समेत उफस्थिति रहेको थियो ।
आगामी शनिबारमा समितिको पुन सर्व पक्षीय र सर्व दलिय रुपमा सरोकारवालासँगको अन्तरक्रिया एवं बैठक बस्ने भएको छ ।

You may also like