“शहीदहरुको बलिदानले मात्रै नयाँ नेपाल बनेको हो” –प्रदेश सभा सदस्य दिपेन्द्र पुनगर

रोल्पा समाचारदाता
लिबाङ, रोल्पा
असोज २४ गते


प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले देशको निम्ति बलिदान गर्ने सबै सधैका लागि अमर रहने बताउँदै ती सबैको बलिदानबाट मात्रै नयाँ वर्तमान नेपालको जन्म भएको बताउनुभयो ।
यस्तो विचार जिल्ला प्रहरी कार्यालय रोल्पाको आयोजनामा भएको ६४ आँै प्रहरी स्थापना दिवस शुक्रबार लिबाङमा बताउुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का प्रदेश सदस्य दीपेन्द्र कुमार पुनमगरले नेपाल प्रहरीले आफ्नो कर्तव्य सकुशलतापूर्वक निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा पनि देश र जनताको सुरक्षामा लाग्नका लागि हुनु पर्दछ । नेपाल प्रहरी जनतासंग जोडिएको बताउँदै जनताको सेवामा अगाडि बढि दिनका लागि आग्रह गर्नुभयो । उहाँले अपराज अनुसन्धान, छानवीन लगायतको कार्यक्रमा लगाउनको लागि अनुरोध छ । नेपाल प्रहरीलाई सबैको सहयोगमा सवल बनाउनु पर्ने र संगठन भित्र भएका नराम्रा प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका का.वा. प्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिका नगर उपप्रमुख मनकुमारी घर्तीमगर, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, पूर्व प्रहरी संगठन रोल्पाका अध्यक्ष तेजराज भण्डारीले शुभकामना मनतव्य दिनुभएको थियो ।


यसैगरी सशस्त्र प्रहरी गुल्म रोल्पाका प्रमुख कर्णबहादुर बुढामगर, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका प्रमुख लक्ष्मण चौधरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका का.वा. सभापति किशोर कुमार आचार्य, रोल्पा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष खिमबहादुर घर्ती मगर, ४ नं. का वडा अध्यक्ष नबराज अचार्य, , पूर्व प्रहरी संगठन रोल्पाका अध्यक्ष तेजराज भण्डारी, रोल्पाका नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापति डिवी घर्तीमगर, रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष केशव कुमार आचार्य, सामुदायिक सेवा समिति रोल्पाका अध्यक्ष निमबहादुर सिंह लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निशुल्क जग्गा दान गर्ने देउकुमारी खत्री र समुदाय साझेदारी कार्यक्रममा रोल्पा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवराज आचार्यलाई सम्मान गरिएको थियो । अमर प्रहरीका परिवारहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रम सञ्चालन प्रहरी जवान घनश्याम बुढाथोकीले सञ्चालन भएको थियो भने स्वागत प्रहरी निरीक्षक सुरेन्द्र धमलाले गर्नुभएको थियो ।

You may also like