किसानहरुलाई हाते ट्याक्टर वितरण


सुलिचौर, रोल्पा
जेष्ठ, ११ गते
सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले शनिबार किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । हाते ट्याक्टर वितरणले किसानहरुलाई कृषि व्यवसायीमा सहज हुने भएको छ ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले अब सुनिलस्मृति गाउँपालिका हरेक क्षेत्रबाट अगाडि बढ्नुपर्ने उद्घोष गर्नुभयो । हिजोका दिनहरुमा हलो, जुवा गोरुको भरमा खेतिपाति गर्नुपर्ने भएको हुदाँ किसानहरुलाई धेरै वस्तुहरु संकलन गर्न कठिन हुने महशुस गाउँपालिकालाई भएको हुँदा यो अभियानलाई सञ्चालन गरेको बताउनुभयो ।

अब हामी समय, परिस्थित र प्रवृद्धि अनुसार चल्नुपर्ने भएकोेले यस्ता अभियानलाई अगाडि बढाउनुपर्ने अध्यक्ष घर्तीले जोड दिनुभयो । किसानहरुको माग अनुसार हामी अझै प्रवृद्धिमय सामाग्रिहरु उपलब्ध गराउदै जाने छौ र किसानहरुलाई आवश्यक पर्ने सामाग्रिहरु के के रहेका छन् स्थानिय सरकारसँग माग गर्न समेत गाउँपाकिला अध्यक्ष घर्तीले अनुरोध गर्नुभयो । हामी कृषि क्षेत्रलाई देशकै नमूना गाउँपालिका बनाउन चाहान्छौ त्यो अध्यक्ष एक्लैले वा उपाध्यक्षले मात्रै न त प्रमुख प्रशासकिय अधिकृत एक्लै सोचेर हुने होइन तपाई हामि सबै एक जुट भएर कृषि क्षेत्रलाई अगाडि बढायौँ भने हाम्रो यो अभियानलाई पनि देशकै नमूना गाउँपालिका बन्नलाई कसैले रोक्न नसक्ने उद्घोष गर्नुभयो । तपाई हामी सबैको एकता र उर्जाले हुने कुरा भएको अध्यक्ष घर्तीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशाकीय अधिकृत लेखनाथ न्यौपानेले कृषि क्षेत्रमा लाग्नुहुने सबै किसानहरुलाई आवश्यक पर्ने बीउ विजन तथा कृषि औजारहरु हामिले मनै खोलेर सहयोग गर्न चाहान्छौ त्यसैले जति किसानहरुको माग, सल्लाह सुझाव आउँछ त्यसैलाई नै हाम्रो मार्ग निर्देशिका मानेर हामी अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख बासुदेव उपाध्ययाले गर्नुभएको थियो भने व्यवस्थापन झलकराज खड्काले गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like